नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6213 · वि.सं. २०५३

नि.नं. 6213 — उत्प्रेषणयुक्त परमादेशको आदेश जारी गरी पाउँ ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

निकासी पैठारी ऐन, २०१३ अन्तर्गत बनेको निकासी पैठारी नियमहरु, २०३४ नियम २ को खण्ड (ग) मा "इजाजतपत्र भन्नाले तोकिएको मालबस्तु पैठारी गर्न नियम ४ बमोजिम जारी गरिने इजाजत पत्र सम्झनु पर्छ" भनी परिभाषा गरिएको र नियम ४ मा पैठारीको निमित्त अनुसूची ४ बमोजिमको ढाँचा तोकिएको व्यवस्था देखिन आई सोही तोकिएको ढाँचामा निवेदकले आयात इजाजत पत्र प्राप्त गरेको र तोकिएको माल बस्तु पैठारीको लागि जहाजमा चढाउने अवधि Period of Shipment ६ महिना भएकोमा समेत विवाद देखिएन । उल्लेखित ६ महिनाको अवधि भित्र माल वस्तु पैठारी गर्न नसकेमा नियम ९ मा अर्को ६ महिनाको अवधि थप गर्न सकिने र सो अवधि भित्र पैठारी गरिने मालवस्तु चलान नभएमा त्यस्तो आयात इजाजत पत्र स्वतः बदर हुने व्यवस्था छ । यसरी आ.ई.प. को कानूनद्वारा प्रदत्त उक्त उल्लेखित अवधि छँदाछँदैको अवस्थामा श्री ५ को सरकारले (ओ.जी.एल) खुला व्यवस्था गरी पैठारी गर्न लगाउँदा निवेदकले कानून बमोजिम पाएको सुविधामा आघात पुग्न गएको देखिने। (प्र.नं. १२) जुन बोलकबोल शर्तमा पैठारी गर्न आ.ई.प. वापत राखिएको प्रिमियम दस्तुर हो सो शर्त अनुसार आ.ई.प. मा उल्लेख गरेको अवधिमा तोकिएको माल बस्तु पैठारी गर्न श्री ५ को सरकारबाट भएको खुला व्यवस्थाबाट बाधा पुग्न गै पैठारी गर्न नपाएपछि उक्त प्रिमियम बुझाउनुको कुनै अर्थ नै रहँदैन र सो आ.ई.प. खुला इजाजतपत्रको व्यवस्थामा परिणत भई आ.ई.प. को कुनै अस्तित्व रहन नजाने भई आ.ई.प. नै नभए सरहको हुन जाने स्थितिको हुन गएको देखिने । (प्र.नं. १३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6213
मुद्दाको विषयउत्प्रेषणयुक्त परमादेशको आदेश जारी गरी पाउँ ।
निर्णय वर्ष / मिति2053/02/28
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा | माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह
उद्धरण सन्दर्भने.का.प. २०५३, नि.नं. 6213
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्