नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6219 · वि.सं. २०५३
नि.नं. 6219 — कर्तव्य ज्यान
सिद्धान्त / नजिर सार (Headnote Summary)
अपराधबाट बच्न र कानूनी सजायबाट उम्कन प्रतिवादीले अदालतमा जे जस्तो झुठो कुरा पनि गर्न सक्ने परिप्रेक्ष्यमा निजहरुको इन्कारी बयानलाई मुद्दाको समुचित तथ्यसँग भिडाएर हेर्नु पर्ने । (प्र.नं. १८) प्रहरीमा गरेको सावितीलाई बरामदी मुचुल्का समेतबाट समर्थित भएको स्थितिमा सो साविती र त्यसबाट स्वाभाविक रुपले देखिएको कुराहरु प्रमाणमा लिन मिल्ने नै देखिने । (प्र.नं. १८) पुनरावेदक तर्फबाट – विद्वान वैतनिक अधिवक्ता श्री मुरली पौडेल विपक्षी तर्फबाट- विद्वान सरकारी अधिवक्ता श्री शंकर कुमार श्रेष्ठ
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6219 |
|---|---|
| मुद्दाको विषय | कर्तव्य ज्यान |
| निर्णय वर्ष / मिति | 2053/02/07 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय | माननीय न्यायाधीश श्री इन्द्रराज पाण्डे |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५३, नि.नं. 6219 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
