नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6211 · वि.सं. २०५३
नि.नं. 6211 — कर्तव्य ज्यान
सिद्धान्त / नजिर सार (Headnote Summary)
पहिले देखि नै अंश मुद्दा चली रहेको प्रतिवादीले बन्दुक लिई कोठाबाट निस्किएको भन्ने मृतककी छोरी सोभाले गरी दिएको बकपत्र प्रतिवादीको आमाले गरेको बकपत्र समेतबाट तत्काल उठेको रिस थाम्न नसकी प्रतिवादीले आफ्नो साथमा रहेको बन्दुक चलाएको अवस्था देखिन आउने। (प्र.नं. २०) अ.बं. १८८ नं. आकर्षित हुनको लागि अपराध गरेको अवस्था विचार गर्दा कसूरदारलाई ऐन बमोजिमको सजाय दिँदा चर्को हुने भई घटी सजाय हुनु पर्ने देखिन आउनु पर्ने हुन्छ । प्रस्तुत मुद्दामा माथि विवेचना गरिए अनुसार मृतक कृष्ण बहादुर र पुनरावेदक प्रतिवादीका बीच अंश मुद्दाको विषयलाई लिएर मनमोटाव समेत भई रहेको पुनरावेदक प्रतिवादीले आफ्नो सहोदर भाईलाई बन्दुक जस्तो जोखिमी हतियार प्रयोग गरी गोली हानी मारेको र भाई मरेपछि प्रायश्चितको भावना समेत निजमा देखिन नआएकोबाट अ.बं. १८८ नं. प्रयोग गरी प्रतिवादीलाई सजाय घटाउन पर्ने प्रकृतिको वारदात समेत देखिन नआउने। (प्र.नं. २०) पुनरावेदक तर्फबाट – विद्वान वरिष्ठ अधिवक्ता श्री गणेशराज शर्मा र विद्वान अधिवक्ता श्री विष्णु प्रसाद भट्टराई विपक्षी तर्फबाट- विद्वान सरकारी अधिवक्ता श्री नरेन्द्र प्रसाद पाठक
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6211 |
|---|---|
| मुद्दाको विषय | कर्तव्य ज्यान |
| निर्णय वर्ष / मिति | 2053/01/13 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी | माननीय न्यायाधीश श्री अरविन्द आचार्य | माननीय न्यायाधीश श्री उदयराज उपाध्याय | माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठको राय सदर हुने ठहर्छ । मिसिल नियमानुसार गरी बुझाई दिनु । |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५३, नि.नं. 6211 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
