नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6209 · वि.सं. २०५३
नि.नं. 6209 — उत्प्रेषण लगायत जो चाहिने आदेश जारी गरी पाउँ ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
श्री पुर्वाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालय श्री शिक्षा संस्कृति तथा समाज कल्याण मन्त्रालय लिखित परिक्षा सम्पन्न भै त्यसको नतिजा प्रकाशित हुनु भन्दा अगावै मिति २०४९।५।२३ को शिक्षा, संस्कृती तथा समाज कल्याण मन्त्रालयको परिपत्रबाट अन्तरवार्ताको पुर्णाङ्क हेरफेर भएको देखिन्छ । सो पुर्णाङ्क हेरफेर पश्चात लिखित परिक्षाको नतिजा प्रकाशन भै सो आधारमा सम्पन्न अन्तरवार्तामा यी निवेदक सम्मिलित भै प्रकाशित अन्तरवार्ताको नतिजा आफु असफल भएपछि मात्र प्रस्तुत रिट निवेदन दायर गरेको देखिँदा निवेदक स्वच्छ विचारले अदालतमा प्रवेश गरेको मान्न नमिल्ने। (प्र.नं. १३) निवेदक तर्फबाट – विद्वान अधिवक्ता श्री हरिप्रसाद उप्रेती विपक्षी तर्फबाट- विद्वान सरकारी अधिवक्ता श्री नरेन्द्रराज पाठक
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6209 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण लगायत जो चाहिने आदेश जारी गरी पाउँ । |
| निर्णय वर्ष / मिति | 2053/03/27 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री केशव प्रसाद उपाध्याय | माननीय न्यायाधीश श्री नरेन्द्र बहादुर न्यौपाने | माननीय न्यायाधीश श्री इन्द्रराज पाण्डे |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५३, नि.नं. 6209 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
