नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6230 · वि.सं. २०५३
नि.नं. 6230 — उत्पे्रषण मिश्रीत परमादेश लगायत जो चाहिने उपयुक्त आदेश जारी गरी पाउं ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ निजामती सेवा ऐन, २०४९ को दफा ७५ मा यस ऐनको उद्देश्य कार्यान्वयन गर्नको लागि श्री ५ को सरकारले सवै निजामती सेवाहरुमा सामान्य रुपले लागु हुने नियमहरु बनाउन सक्नेछ भन्ने उल्लेख भए वमोजिमको अधिकार प्रयोग गरी श्री ५ को सरकारले नेपाल आर्थिक योजना तथा तथ्याङ्क सेवा (गठन समुह तथा श्रेणी विभाजन र नियुक्ति) नियमहरु २०५१ मिति ०५१।५।१३ देखि लागु हुने गरी बनाइएको र सो बमोजिम निर्धारीत गरीएको शैक्षिक योग्यताको शर्त वन्देज लागु हुने भनी लोक सेवा आयोगले उपयुक्त सूचना प्रकाशित गरेको देखिन्छ । विना कानूनी आधार स्वेच्छाले सूचना प्रकाशित गरेको देखिंदैन । कानूनले निर्दिष्ट गरेको मार्ग अवलम्वन गरी कानूनी प्रकृया पुरा गरी गरिएको काम कारवाही अमान्य हुंदैन । कानूनद्वारा शैक्षिक योग्यता तोकीएको भेदभावपुर्ण देखिन आउदैंन । समान परीस्थितिमा समान व्यवहार गरिने भन्ने संविधानको मनसाय शैक्षिक योग्यता भएका र नभएकालाई समान तहमा राख्ने भन्ने होईन एकपटक कुनै पदका लागि शैक्षिक योग्यता निर्धारण भएकोमा सदा सोही कायम रहनू पर्छ आवश्यक भएपनि त्यस्मा परिवर्तन ल्याउन हुंदैन भन्नेकुरा तर्क एवं विवेक सम्मत नदेखिंने । (प्र.नं. १२) § निजामती सेवा ऐन, २०४९ मा निवेदकको विरोध नभएको र सोही ऐनको दफा ७५ ले दिएको अधिकार प्रयोग गरी नियमहरु बनेको र संविधानको धारा ११(१) (२) ले प्रत्याभुत गरेको समानताको हक धारा १२(२)(ङ) ले प्रत्याभुत गरेको कुनै पेशा रोजगार उद्योग र व्यापार गर्ने स्वतन्त्रता र धारा १७ ले प्रत्याभुत गरेको सम्पत्तिको हकको प्रतिकूल हुने गरी शैक्षिक योग्यता तोकेको नदेखिंदा निवेदक जिकिरका नियमहरुलाई संवैधानिक एवं गैरकानूनी भन्न नमिल्ने । (प्र.नं. १२) § खुल्ला र आन्तरीक परीक्षाको लागि छुट्टाछुट्टै पाठ्यक्रम हुनु पर्ने औचित्यपुर्ण आधार निवेदकले खुलाउन सकेको देखिंदैन । स्नातकोत्तर स्तरको परीक्षामा उतीर्ण भएकोले खुल्ला मा र स्नातक स्तरको परीक्षामा उतीर्ण भएकाले आन्तरीक प्रतियोगितात्मक भाग लिन पाउने विज्ञापित सूचना भएपनि खुल्ला र अन्तरीक प्रतियोगितात्मक परिक्षण बेग्लाबेग्लै संचालित हुने अवस्थामा भेदभावपुर्ण हुने अवस्था नदेखिंने । (प्र.नं. १२) § खुल्ला प्रतियोगितामा स्नातकोत्तर चाहिने र वढुवामा स्नातक मात्र हुनेलाई तोकीए वमोजिमको अनूभव समेत चाहिने भई एउटै पदका लागि योग्य व्यक्ति छान्न लिइने परीक्षामा बेग्लाबेग्लै पाठयक्रम नराखिएको औचित्यपुर्ण नै देखिने । (प्र.नं. १२)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6230 |
|---|---|
| मुद्दाको विषय | उत्पे्रषण मिश्रीत परमादेश लगायत जो चाहिने उपयुक्त आदेश जारी गरी पाउं । |
| निर्णय वर्ष / मिति | 2053/07/22 |
| अदालत / इजलास | विशेष इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय | माननीय न्यायाधीश श्री उदय राज उपाध्याय | माननीय न्यायाधीश श्री कृष्ण कुमार वर्मा |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५३, नि.नं. 6230 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
