नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6232 · वि.सं. २०५३

नि.नं. 6232 — जग्गा श्रेस्ता कायम गरी दाखिल खारेज समेत गरी पाउं ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ दुई थरीका वीचमा एकै कित्ता जग्गाको सम्वन्धमा स्वामित्वको प्रश्न उठी दर्ता श्रेस्ता बनाई जग्गाधनी प्रमाणपुर्जा पाउन उजुर परेकोमा त्यस्तोमा सवुत प्रमाणको मुल्याकंन गरी जग्गाको स्वामित्वको विवादको टुंगो लगाई एउटा जग्गाधनी र अर्का पक्षलार्ई मोही कायम गर्न अधिकार समेत मालपोत कार्यालयलार्ई कानूनले अधिकार प्रदान गरेको नपाइने । (प्र.नं. १३) § अधिकार क्षेत्रको प्रश्न कानूनी प्रश्न भएमा विवाद देखिन्न । कुनै पक्षले अधिकार क्षेत्रको वारेमा विरोध नगरे पनि अधिकार क्षेत्रको प्रश्न विशुद्ध कानूनी प्रश्न भएको हुनाले त्यस्तो कानूनी प्रश्नको सम्वन्धमा अदालत आफैले पनि जानकारी लिनू पर्दछ । यस्तो कानूनी प्रश्नको अदालत आफैले जानकारी लिई कानून वमोजिम जो हुनु पर्ने हो यथोचित निर्णय गर्न सक्ने । (प्र.नं. १३) § पक्ष विपक्षका वीचमा एकै कित्ता जग्गाको स्वामित्वलार्ई लिएर विवादको सिर्जना भएपछि त्यस्तो हकको निरोपण गर्न हकवेहकमा अदालत जानु भनी सुनाउनु पर्ने र मोही कायम गर्ने अधिकार समेत मालपोत कार्यालयलार्ई नभएकोमा एउटा पक्षलार्ई जग्गाधनी र अर्का पक्षलार्ई मोही कायम गर्ने गरी भएको मालपोत कार्यालयको मिति २०४९।१।९ को निर्णय अधिकार क्षेत्र विहिन हुंदा र सो निर्णयलार्ई सदर गर्ने गरेको पुनरावेदन अदालत हेटौंडाको इन्साफ समेत मिलेको नदेखिंदा मालपोत कार्यालय रौतहटको निर्णय र निर्णयलाई सदर गरेको पुनरावेदन अदालत हेटौंडाको फैसला समेत वदर हुने । (प्र.नं. १३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6232
मुद्दाको विषयजग्गा श्रेस्ता कायम गरी दाखिल खारेज समेत गरी पाउं ।
निर्णय वर्ष / मिति2053/06/04
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री त्रिलोक प्रताप राणा | माननीय न्यायाधीश श्री गोविन्द वहादुर श्रेष्ठ
उद्धरण सन्दर्भने.का.प. २०५३, नि.नं. 6232
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्