सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)

सर्वोच्च अदालतका ने.का.प. नजिर तथा सिद्धान्त सार सूची

निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।

कुल १०,५५३ नजिर अभिलेखमध्ये पृष्ठ १२२ / ४४०

नि.नं. 8607वि.सं. २०६८पूर्ण इजलास

जग्गा खिचोला अस्थायी दर्ता बदर, दर्ता ।

§ २०३७ सालदेखिको अदालती कारवाहीको निरन्तरतामा भएको मालपोत कार्यालयको मिति २०४२।२।३१ को निर्णय बदरसमेतको माग गर्दै जग्गा नाप जाँच ऐन, २०१९ को दफा ६, ७ तथा जग्गा मिच्नेको १८ नं. समेतको हदम्याद लगाई फिराद दायर भएको अवस्थामा २०२४ सालमा निवेदन दिएको नै नदेखिएको भन्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8606वि.सं. २०६८विशेष इजलास

उत्प्रेषणसमेत

§ सरकारले स्थानीय निकायको स्वायत्तताभित्रको कुनै विषयमा नियामक, नियन्त्रक वा हस्तक्षेपकारी भूमिका निर्वाह गर्न खोज्यो भने त्यस्तो कार्य विकेन्द्रीकरण एवं अधिकार निक्षेपणको मान्यताप्रतिकूल भई पुनः अधिकारको केन्द्रीकरणमै रुपान्तरण हुन जाने र स्थानीय स्वायत्तता र…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8605वि.सं. २०६८संयुक्त इजलास

उत्प्रेषण परमादेश

§ जमानतसम्बन्धी करारको स्रोत वा सन्दर्भको रुपमा मूल करार रहन सक्तछ तर जमानत पत्र जारी गर्ने बैंकले हितग्राही पक्ष (Beneficiary) को नाममा जमानत पत्र जारी गरिसकेपछि यसले स्वतन्त्र र भिन्न करारको रुप धारण गर्दछ र मूल करारका पक्षहरू बीचको विवादसँग यो जमानतसम्बन्धी…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8604वि.सं. २०६८संयुक्त इजलास

फैसला बदर दर्ता बदर ।

§ सामाजिक एवं सांस्कृतिक परम्परा के कस्तो छ भन्ने कुरा निर्धारण गर्ने आधार ताडपत्र भोजपत्र, गुठीपत्र, शिलालेख, सनद, सवाल, इस्तिहार र विवादका निर्णय जस्ता ऐतिहासिक लिखत हुन् । तर हरेक अवस्थामा यस्ता लिखत फेला नपर्न पनि सक्दछन् । यस्तो अवस्थामा विद्वानहरूद्वारा…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8603वि.सं. २०६८संयुक्त इजलास

अंश दपोट हक कायम

§ अंश मुद्दा चल्दाका अवस्थामा विवादित जग्गा दर्ता नै भई नसकेको ऐलानी प्रकृतिको देखिन्छ । ऐलानी जग्गा दर्ता हुन्छ नै भन्ने प्रत्याभूति हुँदैन । भोगमा रहेको जग्गा तायदातीमा देखाउनै नहुने होइन । तर, दपोट जस्तो देवानी कसूर मानिएको दपोट गर्नेले नपाउने भनी सजाय सरहक…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8602वि.सं. २०६८संयुक्त इजलास

परमादेश

§ लोक कल्याणकारी राज्यले नागरिकहरूलाई अनुकूलतामा मात्र अधिकार उपभोग गर्न सक्षम बनाउने होइन । सरकारले नागरिकहरूलाई समानरुपले अधिकार उपभोग गर्न सक्ने बनाउन पूर्वावस्थाको प्रबन्ध गर्नुपर्ने । (प्रकरण नं.७) § शारीरिक अपाङ्गहरूलाई कानूनले प्रदान गरेको सुविधा प्रदान…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8601वि.सं. २०६८संयुक्त इजलास

बाबुको अंश छुट्याई वकसपत्रबमोजिम चलन समेत गरिपाऊँ ।

§ बकसपत्र पाएको र भोग स्वामित्वमा चलन गरेको कुरामा अंशियाराले अन्यथा भनी म्यादभित्र नालेस उजूर नगरेको अवस्थामा बकसपत्रको लिखतमा हक नभएको भन्न नमिल्ने । § विवाहित छोरीहरू भए पनि बकसपत्र प्राप्त गर्दाकै अवस्थामा दाताकै घरमा रही बृद्ध पिताको सेवा पालनतालन गरेको र…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8600वि.सं. २०६८संयुक्त इजलास

अंश दपोट हक कायम

§ कागज गर्नु भन्नुको तात्पर्य कुनै घोषणा गर्नु हो, अर्को शब्दमा कुनै कुरामा आफ्नो प्रतिवद्धता जाहेर गर्नु हो । कुनै पक्षले अर्को पक्ष समक्ष कुनै कवुल गर्दछ र त्यो कवुल कानूनसम्मत छ भने त्यसले कागज गर्ने र गराउने दुवै पक्षलाई करारीय हक र दायित्व पनि सिर्जना गर्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8599वि.सं. २०६८संयुक्त इजलास

जबर्जस्ती करणी

§ जवरजस्ती करणीको वारदात स्थापित हुन योनीको जाली च्यातिनै पर्ने पूर्वशर्त रहेको हुँदैन । कन्याजाली च्यातिएको अवस्थाले अपराध स्थापित गर्न थप पुष्टि गर्नेसम्म हो । करणी भएको यकीनसाथ भन्न नसकिने भन्ने शारीरिक परीक्षण प्रतिवेदनले उल्लेख गरेको देखिए पनि सो परीक्षण…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8598वि.सं. २०६८संयुक्त इजलास

उत्प्रेषणसमेत  ।

उत्प्रेषणसमेत

§ जनताप्रति उत्तरदायी निकायले आमजनताको हितलाई मध्यनजर गरी काम गर्नुपर्नेमा सोको प्रतिकूल हुने गरी तत्काल सिर्जित समस्या समाधान गर्ने परिस्थितिलाई मात्रै मध्यनजर राखी सम्झौता गर्नु कानूनसम्मत् तथा विधिसम्मत् मान्न नमिल्ने । (प्रकरण नं.७) § यातायात व्यवसायी राष्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8597वि.सं. २०६८संयुक्त इजलास

अंश चलन

§ मुद्दा दर्ता भई पक्षले हक परित्याग गरेको वा अन्य कतिपय कारणले न्याययोग्य नभएको अवस्थामा पनि मुद्दा फछ्र्यौट हुन पुग्दछ वा सो गर्नुपर्ने हुन्छ मुद्दामा पक्षले तारेख गुजार्नु, दावी पुग्न सक्दैन भन्नु रीत नपुर्‍याई दर्ता गरेको देखिनु, कोर्टफी नै नपुग हुनु वा ति…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8596वि.सं. २०६८संयुक्त इजलास

उत्प्रेषण परमादेश

§ विद्यालयको सञ्चालन रेखदेख र व्यवस्थापनको लागि प्रचलित कानूनबमोजिम विद्यालय व्यवस्थापन समितिको गठन गर्नुपर्ने हुँदा कानूनको उचित प्रक्रिया पूरा नगरी वा कानूनद्वारा निर्धारित योग्यता तथा शर्तको परिपालन नगरी गठन गरिएको विद्यालय व्यवस्थापन समितिले वैधता पाउन नसक…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8595वि.सं. २०६८संयुक्त इजलास

उत्प्रेषणयुक्त परमादेशसमेत

§ श्रम ऐन, २०४८ को दफा १५ अनुसार अनिवार्य अवकाश दिंदा कुनै निश्चित प्रक्रिया पूरा गर्नुपर्ने भनी कुनै कार्यविधिको व्यवस्था नगरेको अवस्थामा अनिवार्य अवकाश भन्ने उक्त दफामा प्रयोग भएको शब्दबाटै ५५ वर्ष उमेर पूरा भएपछि स्वतः अवकाश हुने भन्ने देखिन्छ । यस्तो अवकाश…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8594वि.सं. २०६८संयुक्त इजलास

उत्प्रेषणयुक्त प्रतिषेधसमेत

§ प्रजातान्त्रिक राज्य व्यवस्थामा हरेक सरकारी काम कारवाहीको जनताले जस्ताको तस्तै Censor नगरी थाहा पाउने हक राख्दछन् र थाहा पाएको हुनुपर्छ । सरकारले आफूले गरेको काम कारवाहीको प्रतिक्रिया (Feedback) जनताबाट अभिव्यक्त विचारबाट नै थाहा पाउने हुँदा जनता सुसूचित हुन…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8593वि.सं. २०६८संयुक्त इजलास

उत्प्रेषण परमादेशसमेत

§ विभूषण प्रदान गर्ने राज्यको अधिकार हो । जवकि विभूषित गरिपाउने कसैको पनि अधिकार होइन । विभूषण दिने नेपाल सरकारको निर्णयको न्यायिक पुनरावलोकन गर्दा विभूषण पाउने व्यक्तिको सम्बन्धमा Judicially Manageable Standard को विषय बन्न उचित नहोला । तर विभूषण प्रदान गर्ने…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8592वि.सं. २०६८संयुक्त इजलास

उत्प्रेषणयुक्त परमादेशसमेत

§ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सजाय किटान नगरी कारवाहीको निर्देशनसम्म गर्न पाउने र अख्तियारवालाले व्यक्तिलाई उसको क्रियाको आधारमा कुन सजाय प्रस्ताव गर्न उपयुक्त हुन्छ सो सजाय प्रस्ताव गरी स्पष्टीकरण सोध्ने र सजाय गर्न पाउने गरी अधिकारको विभाजन गरेको हो भ…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8591वि.सं. २०६८विशेष इजलास

उत्प्रेषण परमादेशसमेत ।

§ राज्यले कानून बनाई कुनै उद्देश्य प्राप्तिको लागि Intelligible Differentia को आधारमा समान र समानलाई एक व्यवहार र असमान र असमानलाई अर्को प्रकारको व्यवहार गर्न सक्छ । यस्तो गर्न पाउने राज्यको पूर्ण अधिकार हो । राज्यले गरेको वर्गीकरण उपयुक्तता र औचित्यतामा आधारि…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8590वि.सं. २०६८पूर्ण इजलास

भ्रष्टाचार ।

§ एकाको नामबाट अर्कैको लागि ओ.आई.टी. जस्तो टेलिफोन लाइन जडान गर्ने कार्यमा वद्‌नियत देखिएको र जानीजानी उनाउ व्यक्तिको नामबाट ओ.आई.टी. टेलिफोन जडान गर्ने आदेश गरेको कार्यबाट नेपाल दूर सञ्चार संस्थानलाई आर्थिक क्षति हुन गएकोले जानीजानी टेलिफोन जडान गर्ने आदेश दि…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8589वि.सं. २०६८विशेष इजलास

उत्प्रेषणसमेत

§ भैरहेको कानूनी व्यवस्थाले मौलिक हकउपर अनुचित वन्देज लगाएको वा अन्य कुनै कारणले कुनै कानून संविधानसँग बाझिएको अवस्था भए असाधारण अधिकारक्षेत्र ग्रहण गरी यस अदालतले अमान्य र बदर घोषित गर्ने हो । कानून प्रणाली एवं सामाजिक संरचना परिवर्तन गर्ने वा भैरहेको कानूनमा…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8588वि.सं. २०६८विशेष इजलास

नेपालको अन्तरिम संविधान, २०६३ को आठौं संशोधन खारेज गरिपाऊँ ।

§ नियमावलीले निर्दिष्ट गरेको न्यूनतम् संख्यामा नघट्ने गरी अधिकतम् कति माननीय न्यायाधीशहरू रहेको विशेष इजलास तोक्ने भन्ने कुरा सर्वोच्च अदालत नियमावली, २०४९, नियम ९ बमोजिम प्रधान न्यायाधीशको स्वविवेकमा निर्भर रहने देखिन्छ । कुनै मुद्दाको विषयवस्तु र त्यसको गाम्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8587वि.सं. २०६८संयुक्त इजलास

लिखत दर्ता बदर, दर्ता कायम

§ लेनदेन व्यवहारको १० नं.ले अंशबण्डाको कानूनी प्रावधानहरूसँग अन्योन्याश्रित सम्बन्ध राख्दछ । कुनै अंशियार अर्को अंशियारको दुराशयका कारणबाट अंश हकबाट बञ्चित नहोस् भन्ने मूल मर्म नै लेनदेन व्यवहारको १० नं. को चुरो हो । लेनदेन व्यवहार को १० नं. ले आफूखुशी गर्न पा…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8586वि.सं. २०६८संयुक्त इजलास

उत्प्रेषण

§ विगो भरी भराउ गर्ने क्रममा विगो भराई पाउने व्यक्तिको निवेदनमा उल्लेख गरेका बाहेक अन्य सम्पत्तिबाट विगो भराई दिने काममा अदालत अग्रसर नहुने हुँदा प्रतिवादीको नामको सम्पत्तिमध्ये कुन सम्पत्तिबाट अदालतले विगो भराउने हो भन्ने कुरा प्रतिवादीले रोज्न पाउने अधिकार ह…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8585वि.सं. २०६८संयुक्त इजलास

परमादेश ।

§ कुनैपनि ऐन तर्जुमा गर्ने कार्य विधायिकाले गर्ने र सोको कार्यान्वयनको उचित व्यवस्था मिलाउने कर्तव्य र दायित्व कार्यपालिकामा निहीत रहनेमा कार्यपालिकाले तत्सम्बन्धी दायित्वप्रति उदासीन भएर बस्ने हो भने विधायिकाले बनाएका कुनै पनि ऐनको प्रभावकारी कार्यान्वयन एउटा…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8584वि.सं. २०६८संयुक्त इजलास

लिखत दर्ता बदर दर्ता ।

§ पहिलो पुस्ताका मूल अंशियारहरू सगोलमा रहँदाको अवस्थामा घर व्यवहार चलाउनेले अचल सम्पत्ति बिक्री गर्नु पर्दा आफ्नो समकक्षी सोही पुस्ताका अंशियारहरूको मात्र सहमति वा मञ्जूरी लिनुपर्ने । § आफ्नो समान पुस्ताका अंशियारहरूको अतिरिक्त आफूभन्दा मुनिको दोस्रो वा तेस्रो…

नजिर सार पढ्नुहोस् →