नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8595 · वि.सं. २०६८
नि.नं. 8595 — उत्प्रेषणयुक्त परमादेशसमेत
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ श्रम ऐन, २०४८ को दफा १५ अनुसार अनिवार्य अवकाश दिंदा कुनै निश्चित प्रक्रिया पूरा गर्नुपर्ने भनी कुनै कार्यविधिको व्यवस्था नगरेको अवस्थामा अनिवार्य अवकाश भन्ने उक्त दफामा प्रयोग भएको शब्दबाटै ५५ वर्ष उमेर पूरा भएपछि स्वतः अवकाश हुने भन्ने देखिन्छ । यस्तो अवकाशलाई श्रम ऐन, २०४८ को दफा ५२ अन्तर्गतको कारवाही गरेको र दफा ५३ को कार्यविधि पूरा नगरेको भनी अर्थ गर्न नमिल्ने । § दफा ५३ को कार्यविधि दफा ५२ अनुसारको सजाय गर्दा अपनाउनु पर्ने बाध्यात्मक कार्यविधिअनुसार दिएको अवकाश दफा ५२ अनुसार कारवाही गरेको नभई दफा १५ अनुसार अनिवार्य अवकाश दिएको हुँदा यस्तो अवकाशउपर पुनरावेदन लाग्न सक्ने व्यवस्था श्रम ऐनले गरेको नदेखिने । (प्रकरण नं.७) § प्रतिष्ठानको कार्य सञ्चालनको निमित्त नभई नहुने कामदार वा कर्मचारीको सेवा अवधि अरु ५ वर्षसम्मको लागि थप गर्न सक्नेछ भन्ने व्यवस्थाअनुसार कुनै कम्पनीले ५५ वर्ष पूरा गरी अनिवार्य अवकाश पाउने अवस्थाको कर्मचारीलाई पनि अरु ५ वर्षसम्म सेवा अवधि थप गर्न सक्ने व्यवस्था भएकोमा त्यसरी सेवा अवधि थप गरेको भन्ने नदेखिएको अवस्थामा त्यसलाई बाध्यात्मक रुपमा ५ वर्ष थप हुने भनी अर्थ गर्न नमिल्ने । § ५ वर्षसम्म भन्नुको अर्थ ५ वर्षभन्दा बढी सेवा अवधि थप गर्न नपाइने, तर ५ वर्षभन्दा कम जतिसुकै सेवा अवधि थप गर्न सकिने भन्ने हो । तसर्थ उक्त व्यवस्थालाई ५ वर्ष नै थप्न पर्ने बाध्यात्मक व्यवस्था हो भनी अर्थ गर्न नमिल्ने । (प्रकरण नं.८) § Confirmation Letter दिई एक वर्ष सेवा पूरा भएको भनी लेखिएको व्यहोरालाई सेवा अवधि थप गरिएको भनी अर्थ गर्न नमिल्ने । § सेवा अवधि थप गर्दा दुवै पक्षको मुख मिलेको अवस्थामा बाहेक अवधि किटान गरी सेवा अवधि थप गरिएको कुरा स्पष्ट उल्लेख गरिएको हुनुपर्छ, अन्यथा सेवा अवधि थप गरिएको भनी अर्थ गर्न नमिल्ने । (प्रकरण नं.९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 8595 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषणयुक्त परमादेशसमेत |
| निर्णय वर्ष / मिति | 2067/12/09 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री बलराम के.सी | माननीय न्यायाधीश श्री तर्कराज भट्ट |
| मुद्दा नं. | २०६६-WO-१३६७ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६८, नि.नं. 8595 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
