नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8604 · वि.सं. २०६८
नि.नं. 8604 — फैसला बदर दर्ता बदर ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ सामाजिक एवं सांस्कृतिक परम्परा के कस्तो छ भन्ने कुरा निर्धारण गर्ने आधार ताडपत्र भोजपत्र, गुठीपत्र, शिलालेख, सनद, सवाल, इस्तिहार र विवादका निर्णय जस्ता ऐतिहासिक लिखत हुन् । तर हरेक अवस्थामा यस्ता लिखत फेला नपर्न पनि सक्दछन् । यस्तो अवस्थामा विद्वानहरूद्वारा लेखिएका पुस्तक तथा लेखमा व्यक्त तथ्यलाई आधार बनाउनु पर्ने । (प्रकरण नं.५) § देवतागुठीको सम्पत्तिको संरक्षण, सम्बर्धन, तथा विकास निर्माण गर्ने कार्य परम्परागत रुपमा चलिआएबमोजिम गर्नुपर्ने । (प्रकरण नं.१०) § फैसलामा मिति उल्लेखनको क्रममा भएको त्रुटिलाई फिरादको दावी र फैसलाको पेटबोलीका कारणबाट हुँदै नभएको निर्णय लेखिनुलाई सामान्य त्रुटि मान्नुपर्ने हुन्छ । यस्ता सामान्य त्रुटिलाई आधार लिई बदर भैसकेका निर्णय कायमै छ भनी मान्यता दिने गरी गरिएको रौंचिरा तर्कलाई मान्यता दिन नमिल्ने । (प्रकरण नं.११) § परम्परा र प्रचलनबाट पनि देवता गुठीको जग्गा जुनसुकै व्यक्तिको नाममा रहे पनि निजहरूको निजी सम्पत्ति नहुने, अंशबण्डा नलाग्ने, विक्री व्यवहार र लिलामलगायत कुनै प्रक्रिया र पद्धतिबाट हस्तान्तरण नहुने प्रकृतिको सामूहिक हक र सरोकारको सम्पत्ति भई कसैले मास्ने नास्ने कार्य गरे धर्मलोप हुने समेत देखिँदा जुनसुकै व्यक्तिको नाममा राखे पनि तात्विक अन्तर नपर्ने । (प्रकरण नं.१३)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 8604 |
|---|---|
| मुद्दाको विषय | फैसला बदर दर्ता बदर । |
| निर्णय वर्ष / मिति | 2067/12/15 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री प्रकाश वस्ती | माननीय न्यायाधीश श्री तर्कराज भट्ट |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६८, नि.नं. 8604 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
