नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8601 · वि.सं. २०६८

नि.नं. 8601 — बाबुको अंश छुट्याई वकसपत्रबमोजिम चलन समेत गरिपाऊँ ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ बकसपत्र पाएको र भोग स्वामित्वमा चलन गरेको कुरामा अंशियाराले अन्यथा भनी म्यादभित्र नालेस उजूर नगरेको अवस्थामा बकसपत्रको लिखतमा हक नभएको भन्न नमिल्ने । § विवाहित छोरीहरू भए पनि बकसपत्र प्राप्त गर्दाकै अवस्थामा दाताकै घरमा रही बृद्ध पिताको सेवा पालनतालन गरेको र पिताको मृत्युपश्चात् पनि निरन्तररुपमा दान बकस पाएको सोही घरमा बसी भोगचलन गरी आएको परिप्रेक्ष्यमा भोगै गर्न नपाएको अवस्थामा २ बर्षभित्र भोग र चलनका लागि नालिस दिनुपर्ने भन्ने दानबकसको ५ नं. को व्यवस्थित हदम्याद आकर्षित हुन्छ भन्न नमिल्ने । § बकसपत्रका घर र जग्गाको क्षेत्रफलतर्फ यकीन गर्ने प्रयोजनका लागि फिराद गर्नु स्वाभाविकै भएको र यस्तो स्थितिमा बकसपत्रको लिखतको वैधतामाथि प्रश्न उठाउन पाइने दान बकसको ५ नं. दफाको हदम्याद आकर्षित हुन्छ भन्न कानून र न्यायको रोहमा उपयुक्त नहुने । (प्रकरण नं.२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8601
मुद्दाको विषयबाबुको अंश छुट्याई वकसपत्रबमोजिम चलन समेत गरिपाऊँ ।
निर्णय वर्ष / मिति2068/01/07
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री प्रेम शर्मा
उद्धरण सन्दर्भने.का.प. २०६८, नि.नं. 8601
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्