नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8584 · वि.सं. २०६८
नि.नं. 8584 — लिखत दर्ता बदर दर्ता ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ पहिलो पुस्ताका मूल अंशियारहरू सगोलमा रहँदाको अवस्थामा घर व्यवहार चलाउनेले अचल सम्पत्ति बिक्री गर्नु पर्दा आफ्नो समकक्षी सोही पुस्ताका अंशियारहरूको मात्र सहमति वा मञ्जूरी लिनुपर्ने । § आफ्नो समान पुस्ताका अंशियारहरूको अतिरिक्त आफूभन्दा मुनिको दोस्रो वा तेस्रो पुस्ताका अंशियारहरूको पनि सहमति वा मञ्जूरी लिनुपर्ने भन्ने अंशबण्डाको १९ नं. को देहाय १ र २ एवं लेनदेन व्यवहारको १० नं. को कानूनी व्यवस्थाको प्रयोजन र उद्देश्य नभएको । (प्रकरण नं.३) § ऐनको व्याख्या सहज, स्वाभाविक र व्यवहारिक ढङ्गले गर्नुपर्छ । ऐनमा प्रयुक्त शब्दहरूको अर्थ ऐनको उद्देश्यमा निहीत हुन्छ । ऐनको उद्देश्य र आसयविपरीत ऐनमा प्रयुक्त शब्दको अर्थलाई अनावश्यक किसिमले तन्काउनु वा विस्तारित गर्नु कानूनसम्मत र न्यायोचित नहुने । (प्रकरण नं.४)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 8584 |
|---|---|
| मुद्दाको विषय | लिखत दर्ता बदर दर्ता । |
| निर्णय वर्ष / मिति | 2067/10/17 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री ताहिर अली अन्सारी | माननीय न्यायाधीश श्री तर्कराज भट्ट |
| मुद्दा नं. | २०६४-CI-०२७८ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६८, नि.नं. 8584 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
