नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8607 · वि.सं. २०६८

नि.नं. 8607 — जग्गा खिचोला अस्थायी दर्ता बदर, दर्ता ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ २०३७ सालदेखिको अदालती कारवाहीको निरन्तरतामा भएको मालपोत कार्यालयको मिति २०४२।२।३१ को निर्णय बदरसमेतको माग गर्दै जग्गा नाप जाँच ऐन, २०१९ को दफा ६, ७ तथा जग्गा मिच्नेको १८ नं. समेतको हदम्याद लगाई फिराद दायर भएको अवस्थामा २०२४ सालमा निवेदन दिएको नै नदेखिएको भन्ने आधारमा हदम्याद नाघी दर्ता भएको भन्न नमिल्ने । (प्रकरण नं.४) § तीन अलग अलग चारकिल्ला देखाई दावी गरेकोमध्ये केही किल्ला मिल्दैमा दावीको चार किल्लाभित्रको सबै जग्गा वादीकै हकको स्रोतभित्रको भई वादीको हकको हो भनी अनुमान गर्न नमिल्ने । (प्रकरण नं.११) § हकको स्रोतमा विवाद नभएपछि लिखतमध्येको जग्गा नरघटी भएर नपुगेको भन्नु युक्तिसंगत र न्यायपूर्ण हुँदैन । एउटै चारकिल्लाभित्रको एउटै कित्ता पछि सर्वे नापी हुँदा नरबढी भएर हो वा पहिलेको लिखतमा नापी नै नगरी अनुमानको आधारमा उल्लेख गरिएको क्षेत्रफल नापी हुँदा नरघटी भई यति थोरै क्षेत्रफल देखिएको भन्ने अवस्था नहुँदा हकको स्रोतभित्र भिन्नाभिन्नै चार किल्लाभित्र अनेक कित्ताका जग्गाहरू भएकाले समष्टिमा नरघटी भएको भन्न नमिल्ने । (प्रकरण नं.१४) वादीका तर्फबाट विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भु थापा र विद्वान अधिवक्ताहरू श्री लोकभक्त राणा र श्री ईन्द्र खरेल

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8607
मुद्दाको विषयजग्गा खिचोला अस्थायी दर्ता बदर, दर्ता ।
निर्णय वर्ष / मिति2067/12/03
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री रामकुमार प्रसाद शाह | माननीय न्यायाधीश श्री ताहिर अली अन्सारी | माननीय न्यायाधीश श्री अवधेशकुमार यादव | माननीय न्यायाधीश श्री प्रेम शर्माको राय | माननीय न्यायाधीश श्री प्रेम शर्माज्यूको रायसँग सहमत हुन सकिएन | माननीय न्यायाधीश श्री प्रकाश वस्तीको फरक रायसहित यस अदालतको सँयुक्त इजलासबाट मिति २०६६।३।३० मा भएको फैसला | माननीय न्यायाधीश श्री प्रेम शर्माको राय सदर हुनुपर्दछ भन्नेसमेत बहस गर्नुभयो | माननीय न्यायाधीश श्री प्रकाश वस्तीको राय सदर हुनुपर्दछ भन्ने समेत बहस गर्नुभयो | माननीय न्यायाधीश श्री प्रकाश वस्तीको राय सदर हुनुपर्दछ भन्नेसमेत बहस गर्नुभयो | माननीय न्यायाधीश श्री प्रकाश वस्तीबाट व्यक्त भएको राय सदर हुने ठहर्छ
मुद्दा नं.२०६६-DF-००११
उद्धरण सन्दर्भने.का.प. २०६८, नि.नं. 8607
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्