सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)

सर्वोच्च अदालतका ने.का.प. नजिर तथा सिद्धान्त सार सूची

निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।

कुल १०,५५३ नजिर अभिलेखमध्ये पृष्ठ १०७ / ४४०

नि.नं. 8966वि.सं. २०७०संयुक्त इजलास

उत्प्रेषण परमादेश

§ २०३१ सालदेखि कार्यान्वित सार्वजनिक सडक ऐनद्वारा प्राप्त हक सुविधालाई २०४५ सालमा जारी पछिल्लो कानूनले जग्गा प्राप्ति ऐन, २०३४ समेतका प्रावधानको प्रतिकूल नियन्त्रित गर्न नसक्ने । (प्रकरण नं.४) § कुनै पनि ऐनले स्पष्ट शब्दमा अतीतप्रभावी प्रावधान राखेकोमा बाहेक त…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8965वि.सं. २०७०संयुक्त इजलास

उत्प्रेषण

§ अवकाश पाइसकेको कर्मचारीका हकमा आचरणसम्बन्धी व्यवस्थाले नियमन र नियन्त्रण गर्न नमिल्ने । (प्रकरण नं.४) § असहमतीहरूका बीच सहमती र प्रतिस्पर्धात्मक सोचहरूलाई सहकारितामा परिणत गर्न रचनात्मक सोच र संस्कार विकास गरी सर्वस्वीकार्य वातावरण खडा गर्न हरेकले मद्दत गर्न…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8964वि.सं. २०७०संयुक्त इजलास

अंश दर्ता ।

अंश दर्ता

§ समान अंशियारबीच कुनै एउटै मापदण्डको आधारमा बराबर अंशबण्डा गर्नुपर्ने बाध्यात्मक कानूनी व्यवस्था नभई एकापसमा नरमगरम मिलाई असल कमसल घटबढी गरी व्यावहारिक रूपमा मिलाई अंशबण्डा गर्न सक्ने नै देखिंदा दोस्रो पुस्ताका अंशियारहरूबीच जग्गा घटीबढी भएको भन्ने कारणले मात…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8963वि.सं. २०७०संयुक्त इजलास

निर्णय बदर ।

निर्णय बदर

§ सगोलका एकै घर परिवारको नाममा रहेको जग्गामा सगोलकै अर्को कुनै एक सदस्य मोहीको हैसियतमा रहन नसक्ने भन्ने ऐनको मनसाय रहेको देखिन्छ । तर घर परिवार बाहिरको अन्य कुनै जग्गाधनीको नाममा रहेको जग्गामा एकै घर परिवारको कुनै एक सदस्य साविकदेखि मोही कायम रही आएकोमा पछिबा…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8962वि.सं. २०७०संयुक्त इजलास

रैकर लगत कट्टा ।

रैकर लगत कट्टा

§ विवादित जग्गामा स्वामित्वको दावी गर्नेले हालै प्राप्त गरेको जग्गाधनी प्रमाणपूर्जा पेश गर्नु मात्र पर्याप्त हुँदैन । सो प्रमाणपूर्जा वैधानिक रूपमा प्राप्त गरेको हो भन्नलाई सोको हकको स्रोतहरूबाट विवादित जग्गामाथिको स्वामित्वको अधिकार स्थापित भएको हुनुपर्ने । §…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8961वि.सं. २०७०संयुक्त इजलास

लिखित बेइज्जती

§ गाली बेइज्जतीसम्बन्धी मुद्दामा पीडित पक्षको इज्जत प्रतिष्ठामा पुग्न गएको क्षति वा हानि नोक्सानीबापत पीडित पक्षलाई प्राप्त हुने उपचार मनोवैज्ञानिक प्रकृतिको हुन्छ । यस क्रममा प्रतिवादी पक्षलाई साङ्केतिक प्रकृतिको सजाय गरी पीडित पक्षको इज्जत र प्रतिष्ठामा पुगे…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8960वि.सं. २०७०संयुक्त इजलास

उत्प्रेषणमिश्रित परमादेश

§ राज्यका हरेक अङ्ग तथा पदाधिकारीहरूका कामकारवाही र क्रियाकलाप कानूनसम्मत हुनु पर्दछ । कोही पनि कानूनभन्दा बाहिर जान सक्दैन । कुनै पनि निकायले जतिसुकै राम्रो परिणाम आउने काम गरे पनि यदि त्यो काम गर्ने अधिकार त्यो निकायलाई छैन अर्थात् नभएको अधिकार प्रयोग गरी नि…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8959वि.सं. २०७०संयुक्त इजलास

उत्प्रेषण समेत

§ साधिकार निकायबाट अनुमती प्राप्त गरी व्यवसाय सञ्चालन गरी तोकिएको समयमा नवीकरण समेत गरिएको अवस्थामा व्यवसाय सञ्चालन गर्ने व्यक्तिको अधिकार स्वतः सिर्जना हुन जाने र त्यस्तोमा व्यवसाय सञ्चालनका वैध अपेक्षाहरू जागृत हुनुलाई अस्वाभाविक भन्न नमिल्ने । (प्रकरण नं.४)…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8958वि.सं. २०७०पूर्ण इजलास

उत्प्रेषण परमादेश

§ सामान्यतः आय गरिन्छ भने त्यसमा कानूनबमोजिम कर लाग्दछ भन्ने कुराको अनुमान गरिनु पर्दछ । त्यसमा पनि कर लाग्ने र नलाग्ने भन्ने कुरामा कानूनमा भएका दुई व्यवस्थाबीच असमाञ्जस्यता देखिन्छ भने अन्यथा प्रमाणित नभएसम्म कर लाग्दछ भन्ने व्यवस्थाको पक्षमा अनुमान गर्नुपर्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8957वि.सं. २०७०विशेष इजलास

उत्प्रेषण परमादेश

§ सूचनाको अवधिभित्र जग्गा बाँडफाँड गरी पाउन निवेदन नदिई करिव चार वर्षपछि तोकिएको अवधि व्यतीत गरी दिइएको निवेदन दरपीठ गर्ने गरी भएको निर्णयलाई कानूनविपरीतको भन्न नसकिने । (प्रकरण नं.१२) § भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६घ१ र २६घ३ संशोधन गर्ने गरी जारी भएको भूमिस…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8956वि.सं. २०७०विशेष इजलास

उत्प्रेषण, परमादेशसमेत

§ बढुवा समितिको निर्णयउपर चित्त नवुझाउने निजामती सेवा एवं नेपाल टेलिभिजन संस्थानका कर्मचारीले उजूरी गर्ने र सो उजूरी झूठा ठहरिएमा उजूरीकर्ताको अङ्क कट्टा गर्ने सम्बन्धमा सबै प्रकारका वा सबै तहका कर्मचारीलाई समान रूपले लागू हुने गरी व्यवस्था गरिएको कानूनी प्राव…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8955वि.सं. २०७०पूर्ण इजलास

कर्तव्य ज्यान

§ कुरूप अनुहारको छाला मिलाउनका लागि गरिएको अपरेशनसित सम्बन्धित एनेस्थेसिया समेतको औषधिहरूका कारण मृत्यु भएको अवस्थामा त्यसलाई एक महिनाअगाडि एसीड फालेको वारदातसँग जोडी सोही जरियाबाट मृत्यु भएको भन्ने निष्कर्षमा पुग्न नसकिने । (प्रकरण नं.६) § कुरूपतालाई ठीक पार्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8954वि.सं. २०७०विशेष इजलास

उत्प्रेषणसमेत

§ विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा ५ ले कुनै प्रकारको विदेशी मुद्रालाई नेपालभित्र ल्याउन, बाहिर लैजान वा बैंकिङ कारोवारसमेत गर्न नपाउने गरी निषेध गर्ने गरी सूचना प्रकाशित गर्नसक्ने अधिकार नेपाल सरकारलाई दिएको अधिकार प्रयोग गरी अर्थ मन्त्रालयले सूचन…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8953वि.सं. २०७०पूर्ण इजलास

उत्प्रेषण समेत

§ मोही हक कानूनबमोजिम मात्र प्राप्त र समाप्त हुने हक हो भन्नेमा विवाद छैन । कुनै पनि व्यक्तिका नाममा कायम भएको मोहीको लगत कट्टा गर्नको लागि भूमि सम्बन्धी ऐन, २०२१ र भूमि सम्बन्धी नियमावली, २०२१ मा निर्दिष्ट अवस्था र आधारहरूको विद्यमानता अपरिहार्यता हुने । § गु…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8952वि.सं. २०७०पूर्ण इजलास

लेनदेन जालसाज ।

लेनदेन जालसाज

§ पछि भएका लिखतहरूमा अघिल्लो लिखतको व्यवहारलाई समेत खुलाई सम्पूर्ण हिसाब किताब मिलान गरिएको भन्ने व्यहोरा पारी कागज भएपछि अघिल्लो लिखतको अस्तित्व कायमै रहिरहेको मान्न उचित र कानूनसंगत हुन नसक्ने । (प्रकरण नं.५)

नजिर सार पढ्नुहोस् →
नि.नं. 8951वि.सं. २०७०संयुक्त इजलास

बहुविवाह

§ आफूले जेठी श्रीमतीलाई पनि अंशसमेत दिई मिलापत्र गरिराखेको छु सल्लाहले नै विवाह गरेको भने पनि दोस्रो विवाह गर्न पाउने अवस्थाभन्दा बाहिर गएर कसूर गरिसकेपछि त्यसलाई उन्मुक्ति दिन कानूनले नमिल्ने भएकोले निजले गरेको कसूरजन्य अपराधबाट सफाई पाउने आधार अंश मुद्दाको म…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8950वि.सं. २०७०संयुक्त इजलास

चेक अनादर

§ रीतपूर्वक चेक खिच्ने “ड्रअर“ ले आफूले तिर्नु नपर्ने व्यक्तिलाई त्यसरी रकम र मिति सबै उल्लेख गरी आफ्नो सहिछापसमेत गरी चेक त्यतिकै दिएको रहेछ भनी मान्न नमिल्ने । (प्रकरण नं.४) § चेक खिच्ने (ड्रअर) सँग सम्पर्क राख्नु (Refer to drawer) भन्नुको अर्थ खातामा पर्याप…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8949वि.सं. २०७०संयुक्त इजलास

उत्प्रेषण समेत

§ अपराध अनुसन्धानको कार्यको लागि प्रहरीको व्यवस्था हुन्छ र प्रमाण केलाउने, मुद्दा चलाउने अदालतमा प्रतिरक्षाको लागि सरकारले आफ्नो पक्षबाट वकीलसमेत व्यवस्था गरी दिएको हुन्छ र अन्तिम अवस्थासम्म सरकारबाटै पीडितको तर्फबाट मुद्दामा प्रतिरक्षालगायतको काम गरिन्छ । पीड…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8948वि.सं. २०७०संयुक्त इजलास

वैंक ठगी ।

वैंक ठगी

§ कानूनमा निषेध गरेको कार्य आपराधिक कार्य हो । त्यस कार्यबाट परिणाम निस्केको हुनुपर्दछ र त्यसबाट निस्कने परिणाम कानूनले निषेध गरेको हुनुपर्दछ । आपराधिक मनसाय भन्नाले कुनै पनि आपराधिक कार्य गर्दा वा सो कार्य गर्ने सम्वन्धमा कर्ताले राखेको सोच अथवा विशेष मष्तिष्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8947वि.सं. २०७०संयुक्त इजलास

जीउ मास्ने बेच्ने

§ मिसिल संलग्न प्रमाणबाट कुनै पनि अपराधमा प्रतिवादीले सो अपराध गर्नमा निर्वाह गरेको भूमिका र निजको संलग्नतासमेतलाई विचार गरी अदालतले कानूनले दिएको तजविजी अधिकारको प्रयोग गरी कसूर कायम गर्ने र सजाय निर्धारण हुने । § सजायको प्रयोजन सम्बन्धित व्यक्तिलाई अपराध वोध…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8946वि.सं. २०७०संयुक्त इजलास

उत्प्रेषणयुक्त परमादेश

§ समाचारपत्रहरूमा प्रकाशित समाचार युक्तियुक्त र सत्यतथ्यमा आधारित हुनु अनिवार्य हुन्छ । अनुमान, अड्कल र आधारहीन समाचार प्रकाशित गर्नुले आमनागरिकहरूप्रति गलत सूचना प्रवाह हुन गई सुसूचित हुने हकमाथि नै अतिक्रमण हुने अवस्था आउन सक्ने हुँदा समाचार सम्प्रेषणमा संलग…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8945वि.सं. २०७०संयुक्त इजलास

बन्दीप्रत्यक्षीकरण

§ यौनाङ्गको हिसावले शारीरिक रूपको पहिचान एउटा भए पनि यौनिक अभिमुखीकरणको हिसावले शारीरिक पहिचानभन्दा फरक प्रवृत्ति रहेको छ भने त्यस्तो अभिमुखीकरण वा प्रवृति स्वयं निषेध गर्न नमिल्ने । (प्रकरण नं.२) § संविधानले उपलब्ध गराएका हकहरू तेस्रो लिङ्गी वा समलिङ्गीको हकम…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8944वि.सं. २०७०संयुक्त इजलास

कर्तव्य ज्यान

§ साविती बयान अन्य स्वतन्त्र प्रमाणहरूबाट पुष्टि र समर्थित नभएसम्म प्रहरीमा भएको साविती बयानलाई मात्र प्रमाणमा लिई कसूरदार ठहर्‍याउनु न्यायोचित् नहुने । (प्रकरण नं.५) § ज्यान लिने मनशायले कुटपीट गरी मारेका हुन् भनी तथ्यपूर्ण एवं शंकारहित प्रमाणबाट पुष्टि गर्न…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8943वि.सं. २०७०संयुक्त इजलास

परमादेश समेत

§ संविधानले विधायिकालाई प्रदान गरेको संवैधानिक अख्तियारीभित्र रही विधायिकाले एउटा निश्चित् विधायिकी नीति वा सिद्धान्त बनाई त्यसलाई कार्यान्वयन गर्न कानून निर्माण गर्ने कार्य विधायिकाको क्षेत्राधिकारभित्रको विषय हो । कुन उद्देश्य प्राप्तिका लागि के कस्तो कानून…

नजिर सार पढ्नुहोस् →