नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8958 · वि.सं. २०७०

नि.नं. 8958 — उत्प्रेषण परमादेश

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ सामान्यतः आय गरिन्छ भने त्यसमा कानूनबमोजिम कर लाग्दछ भन्ने कुराको अनुमान गरिनु पर्दछ । त्यसमा पनि कर लाग्ने र नलाग्ने भन्ने कुरामा कानूनमा भएका दुई व्यवस्थाबीच असमाञ्जस्यता देखिन्छ भने अन्यथा प्रमाणित नभएसम्म कर लाग्दछ भन्ने व्यवस्थाको पक्षमा अनुमान गर्नुपर्ने (प्रकरण नं.१०) § अवकाश भुक्तानीबापत दिइएको अतिरिक्त सहुलियत रकममा पन्ध्र प्रतिशत वा पाँच प्रतिशतमध्ये के कति कर लाग्ने हो भन्ने सम्बन्धमा द्विविधा भएको भए सोही प्रक्रियाबमोजिम स्पष्ट हुन सकिनेमा कर प्रशासन गर्ने कर कार्यालयलाई विपक्षी नै नबनाई सिधै रिट क्षेत्रमा प्रवेश गरेको समेत कानूनसम्मत देखिँदैन । (प्रकरण नं.१३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8958
मुद्दाको विषयउत्प्रेषण परमादेश
निर्णय वर्ष / मिति2070/01/12
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री गिरीश चन्द्र लाल | माननीय न्यायाधीश श्री प्रकाश वस्ती | माननीय न्यायाधीश श्री वैद्यनाथ उपाध्याय
मुद्दा नं.०६९-WF-०००८
उद्धरण सन्दर्भने.का.प. २०७०, नि.नं. 8958
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्