नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8953 · वि.सं. २०७०

नि.नं. 8953 — उत्प्रेषण समेत

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ मोही हक कानूनबमोजिम मात्र प्राप्त र समाप्त हुने हक हो भन्नेमा विवाद छैन । कुनै पनि व्यक्तिका नाममा कायम भएको मोहीको लगत कट्टा गर्नको लागि भूमि सम्बन्धी ऐन, २०२१ र भूमि सम्बन्धी नियमावली, २०२१ मा निर्दिष्ट अवस्था र आधारहरूको विद्यमानता अपरिहार्यता हुने । § गुठी कार्यालयलाई गुठी जग्गाको प्रशासन र व्यवस्थापन गर्ने अधिकार गुठी संस्थान ऐन, २०३३ ले प्रदान गरेको भएपनि मोहीको हक समाप्त हुने गरी मोही लगत कट्टा गर्ने अधिकार प्रदान नगरेकाले मोही लगत कट्टा गर्ने गरी गुठी संस्थानबाट र सो बमोजिम स्रेस्ता पूर्जा बनाउन लेखी पठाउने गरी गुठी संस्थान शाखा कार्यालयबाट गरिएका निर्णय गैरकानूनी हुने । (प्रकरण नं.६) § मोहीको हक प्राप्ति र समाप्तिसँग जोडिएका उपरोक्त प्रमाणहरूको विश्लेषण गरी मोहीको विवादमा निर्णय गर्ने अधिकार गुठी संस्थानलाई नभएकोले सम्बन्धित भूमिसुधार कार्यालयबाटै निर्णय निरूपण हुनुपर्ने । (प्रकरण नं.८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8953
मुद्दाको विषयउत्प्रेषण समेत
निर्णय वर्ष / मिति2070/01/05
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री वैद्यनाथ उपाध्याय | माननीय न्यायाधीश श्री ज्ञानेन्द्रबहादुर कार्की
मुद्दा नं.०६७-NF-०००९
उद्धरण सन्दर्भने.का.प. २०७०, नि.नं. 8953
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्