नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8963 · वि.सं. २०७०

नि.नं. 8963 — निर्णय बदर ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ सगोलका एकै घर परिवारको नाममा रहेको जग्गामा सगोलकै अर्को कुनै एक सदस्य मोहीको हैसियतमा रहन नसक्ने भन्ने ऐनको मनसाय रहेको देखिन्छ । तर घर परिवार बाहिरको अन्य कुनै जग्गाधनीको नाममा रहेको जग्गामा एकै घर परिवारको कुनै एक सदस्य साविकदेखि मोही कायम रही आएकोमा पछिबाट सो जग्गा मोहीको घर परिवारको अर्को कुनै सदस्यले खरीद गरी लिई जग्गाधनी बन्न गएको अवस्थामा मोहीसँग हालवाला जग्गाधनीको नाता परेको कारण देखाई साविकदेखिको मोहीलाई आघात पर्ने गरी मोही निष्काशनको दावी लिन नपाउने । § छुट्टिभिन्न भई बसेको दाजु र भाई कुनै जग्गाको जग्गाधनी र मोही हुन नसक्ने भन्ने नदेखिएको अवस्थामा घरको दाजुले केवल पछिबाट खरीद गरी लिएकै आधारमा साविकदेखि मोही कायम रहेका व्यक्तिको मोही हक समाप्त हुन्छ भन्नु विवेकसम्मत र न्यायसम्मत नहुने । (प्रकरण नं.५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8963
मुद्दाको विषयनिर्णय बदर ।
निर्णय वर्ष / मिति2069/05/19
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री दामोदरप्रसाद शर्मा | माननीय न्यायाधीश श्री कमलनारायण दास
मुद्दा नं.०६७-CI-११७६
उद्धरण सन्दर्भने.का.प. २०७०, नि.नं. 8963
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्