नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8944 · वि.सं. २०७०

नि.नं. 8944 — कर्तव्य ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ साविती बयान अन्य स्वतन्त्र प्रमाणहरूबाट पुष्टि र समर्थित नभएसम्म प्रहरीमा भएको साविती बयानलाई मात्र प्रमाणमा लिई कसूरदार ठहर्‍याउनु न्यायोचित् नहुने । (प्रकरण नं.५) § ज्यान लिने मनशायले कुटपीट गरी मारेका हुन् भनी तथ्यपूर्ण एवं शंकारहित प्रमाणबाट पुष्टि गर्न सकेको नदेखिएबाट प्रहरीमा साबित भएको एकमात्र कारणबाट प्रतिवादीहरूलाई ज्यानसम्बन्धीको १३(३) नं बमोजिम कसूरदार ठहर्‍याई सजाय गर्न नमिल्ने । (प्रकरण नं.६) § लखेट्दै जाँदा खोलामा खसी पानीमा डुबेर मृत्यु होला भनी नसोचेको अवस्थामा भवितव्य पर्न गई मृतकको मृत्यु हुन पुगेको अवस्थामा ज्यानसम्बन्धीको ६ नं. बमोजिम सजाय हुने । (प्रकरण नं.९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8944
मुद्दाको विषयकर्तव्य ज्यान
निर्णय वर्ष / मिति2069/09/01
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री रामकुमार प्रसाद शाह | माननीय न्यायाधीश श्री सुशीला कार्की
मुद्दा नं.२०६६-CR-००७६
उद्धरण सन्दर्भने.का.प. २०७०, नि.नं. 8944
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्