नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8948 · वि.सं. २०७०

नि.नं. 8948 — वैंक ठगी ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ कानूनमा निषेध गरेको कार्य आपराधिक कार्य हो । त्यस कार्यबाट परिणाम निस्केको हुनुपर्दछ र त्यसबाट निस्कने परिणाम कानूनले निषेध गरेको हुनुपर्दछ । आपराधिक मनसाय भन्नाले कुनै पनि आपराधिक कार्य गर्दा वा सो कार्य गर्ने सम्वन्धमा कर्ताले राखेको सोच अथवा विशेष मष्तिष्कीय अवस्थालाई बुझाउने । § यो अपराधकर्ताको दोषपूर्ण मानसिक अवस्था (Guilty state of mind) हो । ठगी जस्तो फौजदारी कसूरमा मनसाय तत्वको महत्वपूर्ण भूमिका रहेको हुन्छ । कर्ताले आफूले गर्न लागेको कार्यको परिणाम के हुन्छ भन्ने कुरा पहिले नै देखेको सोचेको वा पूर्वजानकारी राख्नु पर्ने । (प्रकरण नं.६) § ठगी गरिएकै रकमबाट आर्जित भनी अभियोग लागेपछि ठगी गरिएको रकम बाहेक अन्य रकमबाट ती सम्पत्ति आर्जन भएको देखाउने प्रमाण भार यस्तो जिकीर लिने प्रतिवादीमै रहने । (प्रकरण नं.८) § दसी प्रमाण अमूर्त भईकन पनि धेरै कुरा बोलिरहेका हुन्छन् । दसी सामानले अपराधलाई पुष्टि गर्ने मात्र नभई अपराधीहरूको परिचय पनि खुलाउने । (प्रकरण नं.९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8948
मुद्दाको विषयवैंक ठगी ।
निर्णय वर्ष / मिति2069/06/23
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सुशीला कार्की | माननीय न्यायाधीश श्री प्रकाश वस्ती
मुद्दा नं.०६६-CR-०६२८
उद्धरण सन्दर्भने.का.प. २०७०, नि.नं. 8948
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्