नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8964 · वि.सं. २०७०

नि.नं. 8964 — अंश दर्ता ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ समान अंशियारबीच कुनै एउटै मापदण्डको आधारमा बराबर अंशबण्डा गर्नुपर्ने बाध्यात्मक कानूनी व्यवस्था नभई एकापसमा नरमगरम मिलाई असल कमसल घटबढी गरी व्यावहारिक रूपमा मिलाई अंशबण्डा गर्न सक्ने नै देखिंदा दोस्रो पुस्ताका अंशियारहरूबीच जग्गा घटीबढी भएको भन्ने कारणले मात्र रीतपूर्वकको अंशबण्डा भएको छैन भन्न मिल्ने अवस्थाको विद्यमानता नदेखिने । (प्रकरण नं.६) § मुद्दाका पक्षहरूको बीच समय–समयमा भएका विभिन्न घटनाक्रमबाट नै अलग–अलग व्यवहार भएको तथ्य स्थापित हुने हुँदा त्यसरी अलग–अलग व्यवहार तथा कारोवार भएको देखिनु नै अंशबण्डा भएको कुरामा अदालत विश्वस्थ हुने आधार हुने । (प्रकरण नं.८) § आफ्ना हाँगाका अन्य दाजुभाइहरूबाट अंश पाउनु पर्ने भए त्यस्तो दावी लिई सबूद प्रमाणसहित अंशमा दावी लिन सक्ने र अंश नपाएको भए आ–आफ्नो हाँगा र पुस्ताका अंशियाराहरूबाट कानूनबमोजिम अंशबण्डा गरी पाउने । § दोस्रो पुस्ताहरूबीच नै अंशबण्डा नभएकोले सो पुस्ता तथा निजहरूको हाँगाका अंशियाराहरू समेतबाट अंश पाऊँ भनी लिएको अंशतर्फको वादी दावी पुग्न नसक्ने । (प्रकरण नं.११)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8964
मुद्दाको विषयअंश दर्ता ।
निर्णय वर्ष / मिति2069/08/12
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री दामोदरप्रसाद शर्मा | माननीय न्यायाधीश श्री कमलनारायण दास
मुद्दा नं.२०६६-CI-०६७५ | २०६७-CI-१२९०
उद्धरण सन्दर्भने.का.प. २०७०, नि.नं. 8964
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्