नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8962 · वि.सं. २०७०

नि.नं. 8962 — रैकर लगत कट्टा ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ विवादित जग्गामा स्वामित्वको दावी गर्नेले हालै प्राप्त गरेको जग्गाधनी प्रमाणपूर्जा पेश गर्नु मात्र पर्याप्त हुँदैन । सो प्रमाणपूर्जा वैधानिक रूपमा प्राप्त गरेको हो भन्नलाई सोको हकको स्रोतहरूबाट विवादित जग्गामाथिको स्वामित्वको अधिकार स्थापित भएको हुनुपर्ने । § जग्गाको स्वामित्वको प्रमाणस्वरूप जग्गाको लगत, भोग र तिरो समेतका प्रमाणहरूको अभावमा फिल्डवुकमा किसानले लेखाएको व्यहोराले मात्र जग्गाको स्वामित्वको सिर्जना हुन नसक्ने । (प्रकरण नं.६) § गुठीको जग्गा कारणवस हैसियत परिवर्तन भई रैकरमा दर्ता भएको रहेछ भने गुठी संस्थानको प्रशासकले जग्गाको हैसियत परिवर्तन भई दर्ता हुन गएको प्रमाणित हुन आएमा साविकअनुसार नै जग्गा दर्ता गर्न सक्ने र गलत रूपमा दर्ता भएको लगत कट्टा गर्ने अधिकार प्रदान गरेकोले यस्तो महत्वपूर्ण अधिकार गुठीको प्रशासन, संरक्षण र नियमन गर्ने गुठी संस्थानलाई ऐनद्वारा प्रदत्त हुने । § कुनै ऐन संविधानसँग बाझिएको ठहर भई बदर भएको वा कानूनका मान्य सिद्धान्तविपरीत भई लागू गर्न नसकिने भएको अवस्थामा बाहेक विधायिकाले बनाएको कानूनलाई अदालतले कार्यान्वयन गर्नुपर्ने । § गुठी संस्थानको प्रशासकलाई प्रदान भएको न्यायिक अधिकार आत्मगत रूपमा र स्वेच्छाचारी रूपमा प्रयोग हुन सक्दैन । यो अधिकारको प्रयोग गर्दा सदैव प्रचलित कानून तथा वस्तुगत प्रमाणहरूको निष्पक्ष मूल्याङ्कन गरी न्यायिक मनको प्रयोग गरी निर्णय गर्नुपर्ने । गुठी संस्थानले गरेको निर्णयमा कानून तथा प्रमाणहरूको मूल्याङ्कन गरी न्यायिक मन लगाई निर्णय भएको देखिएमा यस अदालतबाट गुठी संस्थानका प्रशासकले निर्णय गरेको आधारले मात्र स्वेच्छाचारी भन्न नमिल्ने । (प्रकरण नं.८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8962
मुद्दाको विषयरैकर लगत कट्टा ।
निर्णय वर्ष / मिति2069/11/28
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री दामोदरप्रसाद शर्मा | माननीय न्यायाधीश श्री गिरीश चन्द्र लाल
उद्धरण सन्दर्भने.का.प. २०७०, नि.नं. 8962
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्