नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8955 · वि.सं. २०७०
नि.नं. 8955 — कर्तव्य ज्यान
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ कुरूप अनुहारको छाला मिलाउनका लागि गरिएको अपरेशनसित सम्बन्धित एनेस्थेसिया समेतको औषधिहरूका कारण मृत्यु भएको अवस्थामा त्यसलाई एक महिनाअगाडि एसीड फालेको वारदातसँग जोडी सोही जरियाबाट मृत्यु भएको भन्ने निष्कर्षमा पुग्न नसकिने । (प्रकरण नं.६) § कुरूपतालाई ठीक पार्ने उद्देश्यले गरे गराएको अपरेशनको क्रममा भएको मृत्युको सम्बन्ध मृत्यु हुनु भन्दा एक महिना अगावै एसीड फालिएको घटनासँग जोडेर दोषी र मृत्युको कारक बनाउनु औचित्यपूर्ण, तर्कसंगत, कानूनसम्मत र न्यायपूर्ण नहुने । (प्रकरण नं.८) § एसीडको प्रभाव वा कारणबाट मृत्यु भएको नभई अपरेशनको क्रममा प्रयोग भएको “विभिन्न औषधिको Side Effect वा Toxic Effect तथा भेन्टिलेटरले स्वास नलीमा सुजन भएको कारण समेतबाट मृत्यु भएको” भन्ने विशेषज्ञ चिकित्सकहरूको प्रतिवेदन र अदालतमा भएको बकपत्र समेतबाट देखिएको अवस्थामा ज्यान सम्बन्धीको १४ नं. अनुसार सजाय गर्न नमिल्ने । (प्रकरण नं.१०) § साधारण लाठी, ढुङ्गा, लात मुक्काको प्रहार नगरी एसीड अनुहारमा फालेको र निज उपचार गरी निको भई डिस्चार्ज भैसकेपछि अनुहारको जलेको भाग पूर्व रूपमा ल्याउने प्रयासस्वरूप अपरेशन गर्दा ऐनले तोकेको समयावधि २१ दिनपछि मृत्यु भएकाले ज्यान सम्बन्धीको १४ नं. अनुसार कुटपीटको घटनाबाट थला परेको नभएमा वा ऐनले तोकेको २१ दिनपछि मरेको अवस्थामा ज्यान सम्बन्धी महलअन्तर्गत ज्यान मारेको भनी सजाय गर्न कानूनअनुकूल नहुने । (प्रकरण नं.११)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 8955 |
|---|---|
| मुद्दाको विषय | कर्तव्य ज्यान |
| निर्णय वर्ष / मिति | 2069/05/21 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री रामकुमार प्रसाद शाह | माननीय न्यायाधीश श्री वैद्यनाथ उपाध्याय | माननीय न्यायाधीश श्री कमलनारायण दास | माननीय न्यायाधीश श्री ताहिर अली अन्सारीको राय । | माननीय न्यायाधीश श्री भरतराज उप्रेतीको राय । |
| मुद्दा नं. | ०६७-CF-००२० |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७०, नि.नं. 8955 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
