नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8946 · वि.सं. २०७०
नि.नं. 8946 — उत्प्रेषणयुक्त परमादेश
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ समाचारपत्रहरूमा प्रकाशित समाचार युक्तियुक्त र सत्यतथ्यमा आधारित हुनु अनिवार्य हुन्छ । अनुमान, अड्कल र आधारहीन समाचार प्रकाशित गर्नुले आमनागरिकहरूप्रति गलत सूचना प्रवाह हुन गई सुसूचित हुने हकमाथि नै अतिक्रमण हुने अवस्था आउन सक्ने हुँदा समाचार सम्प्रेषणमा संलग्न निकाय, व्यक्ति तथा पदाधिकारीहरू यसतर्फ गम्भीर हुनुपर्ने । (प्रकरण नं.३) § भौगोलिक बनावटसमेत समरूप नभै अग्लो र होचो भएको कारण सबै ठाउँमा उपलब्ध पानीको वितरण पनि समान र सहज नहुन सक्तछ । तर, जनतासमक्ष खानेपानी पुर्याउने अहम् दायित्व र जिम्मेवारी बोकेको उपत्यका खानेपानी लिमिटेडले विभिन्न कारण र वहानामा त्यो दायित्वबाट पन्छिन नहुने । § आफूले वितरण गर्ने पानी उपभोक्ताहरू समक्ष के कुन हिसावले पुगेको छ वा पुगेको छैन, उपभोक्ताहरूको धारामा वितरीत पानी स्वास्थ्य वा प्रदूषित कुन रूपमा पुगेको छ, पानी वितरण गर्ने खानेपानीको पाइपको अवस्था जीर्ण भै फेर्नुपर्ने अवस्था भएको छ वा छैन, खानेपानीको वितरण गरेको पाइप काटेर अनियमित तरिकाले कसैले पानी चुहावट गरेको छ, छैन भन्ने जस्ता कुराहरूको नियमित रूपमा अनुगमन तथा जाँच गर्नुपर्ने । (प्रकरण नं.६) § उपभोक्ताहरूलाई नियमित रूपमा शुद्ध र तोकिएको मापदण्डअनुरूपको खाने पानी आपूर्ति गर्ने दायित्व भएको हुनाले तत्सम्बन्धमा प्राप्त सिकायत वा उजूरीहरू, सार्वजनिक सञ्चार माध्यमहरूमा आएका सूचनाहरू समेतको सम्बोधन गर्ने उजूरी सुनुवाई संयन्त्र (Complain Hearing Mechanism) खडा गरी त्यसमा सम्बन्धित विशेषज्ञको अतिरिक्त उपभोक्तावर्गको प्रतिनिधित्व हुने प्रावधानसमेत मिलाई क्रियाशील गराउने र त्यसबाट भए गरेको कानूनी कारवाही जनसाधारणको सूचनाको लागि नियमित रूपमा प्रकाशन गर्ने व्यवस्था मिलाउन जो जे गर्नुपर्छ गरी उपभोक्ताहरूलाई नियमित रूपमा गुणस्तरयुक्त पानी आपूर्ति गर्नु भनी विपक्षीहरूको नाममा निर्देशात्मक आदेश जारी हुने । (प्रकरण नं.७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 8946 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषणयुक्त परमादेश |
| निर्णय वर्ष / मिति | 2069/08/26 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ | माननीय न्यायाधीश श्री प्रकाश वस्ती |
| मुद्दा नं. | ०६५-WO-०१०७ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७०, नि.नं. 8946 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
