नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8959 · वि.सं. २०७०

नि.नं. 8959 — उत्प्रेषण समेत

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ साधिकार निकायबाट अनुमती प्राप्त गरी व्यवसाय सञ्चालन गरी तोकिएको समयमा नवीकरण समेत गरिएको अवस्थामा व्यवसाय सञ्चालन गर्ने व्यक्तिको अधिकार स्वतः सिर्जना हुन जाने र त्यस्तोमा व्यवसाय सञ्चालनका वैध अपेक्षाहरू जागृत हुनुलाई अस्वाभाविक भन्न नमिल्ने । (प्रकरण नं.४) § कुनै पनि व्यवसाय सञ्चालनका लागि कानूनले गरेको प्रक्रिया र कार्यविधि निश्चित् गर्नका लागि कानूनअनुरूपको प्रक्रिया र विधिको अवलम्बन अपरिहार्य मानिन्छ । राज्य संयन्त्रभित्रका प्रत्येक अङ्गले आफ्नो कार्यक्षेत्र र कर्तव्य के हो भन्ने नबुझी जथाभावी रूपमा आफूलाई क्रियाशील गराउँदा त्यसले कानूनको शासनको मर्यादा भत्कन जाने । (प्रकरण नं.७) § व्यवसाय सञ्चालनका सिलसिलामा कम्पनीबाट तोकिएका शर्तहरूको पालना भयो भएन भन्ने मूल्याङ्कन र अनुगमन गर्ने अधिकार मन्त्रालयलाई रहे भएकै देखिन्छ । तर ती शर्तहरू अनुसार व्यवसाय सञ्चालन भयो भएन भन्ने तर्फ मूल्याङ्कन नै नगरी केवल सार्वजनिक लेखा समितिको निर्देशनलाई आधार बनाइएको अवस्थामा त्यस्तो निर्देशित निर्णयलाई साधिकार निकायले आफ्नो कानूनप्रदत्त अधिकारको प्रयोग गरी भएको निर्णयको संज्ञा दिन नमिल्ने । (प्रकरण नं.८) § नियम बनाउने आफ्नो कानूनी कर्तव्य लामो अवधिसम्म पूरा नगरी अकर्मण्य भएर रहने अनि नियम र कार्यविधि निश्चित नभएसम्मका लागि भनी व्यवसाय नै बन्द गर्ने गरी गरिएको निर्णयलाई कानूनअनुरूपको निर्णय मान्न नमिल्ने । (प्रकरण नं.९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8959
मुद्दाको विषयउत्प्रेषण समेत
निर्णय वर्ष / मिति2069/11/09
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ
मुद्दा नं.०६७-WO-०८९३
उद्धरण सन्दर्भने.का.प. २०७०, नि.नं. 8959
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्