सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)

सर्वोच्च अदालतका ने.का.प. नजिर तथा सिद्धान्त सार सूची

निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।

कुल १०,५५३ नजिर अभिलेखमध्ये पृष्ठ ६२ / ४४०

नि.नं. 10045वि.सं. २०७५संयुक्त इजलास

हातहतियार खरखजाना

फौजदारी मुद्दामा कसुरसँग सम्बन्धित बरामदी मुचुल्कालाई महत्त्वपूर्ण प्रमाणको रूपमा लिने गरिन्छ । जुन बरामदी मुचुल्काका प्रतिवादीहरू घटनाका प्रत्यक्षदर्शी हुन् उनीहरूको भनाइले प्रमाण मूल्याङ्कनको रोहमा महत्त्व राख्ने । (प्रकरण नं.८) हातहतियार बरामद भएको अवस्थामा…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10044वि.सं. २०७५संयुक्त इजलास

मोही कायम नामसारी दर्ता

दर्तावाला मोहीले वास्तविकरूपमै गुठी अधीनस्थ जग्गाको जोतभोग पनि गरिरहेको र साथै जोताहा मोहीले गुठी अधीनस्थको जग्गा जोत्‍न छाडी मोही हक दर्तावाला मोहीलाई लिखितरूपमै समर्पण गरेको अवस्थामा गुठी संस्थान ऐन, २०३३ को दफा २६ बमोजिम दर्तावाला मोहीको मोही हक स्थापित हुँ…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10043वि.सं. २०७५पूर्ण इजलास

सवारी ज्यान

सामान्य अर्थमा लापरवाहीपूर्ण कार्य (Reckless Conduct) त्यस्तो कार्य हो जसले परिणामलाई बेवास्ता गर्छ । अर्थात्‌, आफ्नो कार्यको परिणाम यस्तो हुनसक्छ भन्ने जान्दाजान्दै पनि त्यस्तो कार्य नगर्नुपर्ने सकारात्मक दायित्वको उल्लङ्घन गर्छ । सवारी तथा यातायात व्यवस्था ऐ…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10042वि.सं. २०७५पूर्ण इजलास

उत्प्रेषण / परमादेश

विपक्षी निजामती किताबखानाले आफ्नो दायित्व समयमा नै पूरा गर्न नसकेको कारण निवेदक अधिक अवधि कार्यरत रहेको अवस्थामा निवेदकले राज्यकोषबाट प्राप्त गरेको आर्थिक सुविधा फिर्ता गर भन्नु प्राकृतिक न्यायको सिद्धान्तविपरीत हुने । विपक्षी निजामती किताबखानाले निवेदकले पेस…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10041वि.सं. २०७५संयुक्त इजलास

उत्प्रेषण

बैंक तथा वित्तीय संस्थाहरूबाट अंशियारको मन्जुरी बेगर कम्पनी वा सगोलको सम्पत्ति घरको मुख्य व्यक्तिले धितो राखी लिएको ऋणमा रहने र भएका लिलामी काम कारबाही र लिलामीको कार्यमा अन्य अंशियारले हाम्रोसमेत अंश लाग्ने सम्पत्ति हो भनी दाबी गरेको अवस्थामा धितोमा राखेको सम…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10040वि.सं. २०७५संयुक्त इजलास

कर्तव्य ज्यान

भारतको इलाकाभित्र वारदात घटी उपचारकै क्रममा भारतमा नै मृत्यु भएको र नेपालमा ल्याई सतगतसम्म गरेको अवस्थामा नेपालमा मुद्दा चलाउने प्रयोजनका लागि भनी तयार भएका अनुसन्धानका कागज वस्तुनिष्ठ प्रमाणबाट पुष्टि नभएसम्म सोलाई प्रमाणमा लिई क्षेत्राधिकार ग्रहण गर्न न्यायो…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10039वि.सं. २०७५संयुक्त इजलास

परमादेश

लोकतान्त्रिक शासन व्यवस्थाको चरित्र भनेको लोकसम्मती वा जनइच्छाअनुसार चल्नु हो र निर्वाचन नागरिकहरूको आफ्नो इच्छा अभिव्यक्त गर्ने माध्यम हो । लोकतन्त्रमा मतदानमार्फत नै नागरिकहरूले कसलाई प्रतिनिधि छान्ने तथा कस्तो कानून तथा नीति निर्माण गर्ने जस्ता आधारभूत प्रश…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10038वि.सं. २०७५संयुक्त इजलास

कर्तव्य ज्यान

भवितव्य ठहर्न, ज्यान लिने इविलाग वा मनसाय नभएको मात्र होइन प्रतिवादीले गरेको कार्यबाट पीडित मर्ला जस्तो पनि देखिनु हुँदैन । अर्थात्‌ गरेको कुनै कार्यबाट मर्ला जस्तो देखिन्छ, अर्थात्‌ गरेको कार्य र निस्केको परिणामबीच तादात्म्यता देखिन्छ र सोको जानकारी (Knowledg…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10037वि.सं. २०७५संयुक्त इजलास

कर्तव्य ज्यान

जाहेरीलाई अभियोग प्रमाणित गर्ने एक महत्त्वपूर्ण प्रमाण मानिन्छ तर जाहेरी दरखास्तमा उल्लेख भएको बेहोरा अन्य संकलित प्रमाणबाट समर्थित भएको हुनुपर्दछ । जाहेरी दरखास्त स्वयंमा निश्चयात्मक (Conclusive) प्रमाण होइन । अभियोग लगाइएको कुनै पनि व्यक्तिका विरूद्ध प्रमाणक…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10036वि.सं. २०७५संयुक्त इजलास

उत्प्रेषण / परमादेश

कुनै पनि संस्थाले कर्मचारीको नियुक्ति गर्दा केही उद्देश्य राखेको हुन्छ । कर्मचारीसम्बन्धी सेवा सर्तलाई कर्मचारीले पाउने र संस्थाले उपलब्ध गराउने सुविधाहरू लिपिबद्ध गरिराखेको अवस्थामा त्यस्तो सेवा सर्त प्रचलित कानूनसँग नबाझिएसम्म कर्मचारी तथा रोजगारदाता दुवैले…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10035वि.सं. २०७५संयुक्त इजलास

अंश दर्ता

अंशबन्डा वा मानो छुट्टिएको लिखत कानूनबमोजिम रजिस्ट्रेसन नभएको अवस्थामा विधिवत् अंशबन्डा भएको वा मानो छुट्टिएको भनी मान्न नमिल्ने । (प्रकरण नं.३) मानो छुट्टिएको लिखतले मान्यता प्राप्त गर्न अनिवार्यरूपमा रजिस्ट्रेसनको महलको १ नं. अनुसार पारित भएको हुनुपर्दछ । व्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10034वि.सं. २०७५संयुक्त इजलास

लिखत बदर

मूल्यको आधारमा सम्पत्तिको मूल्याङ्कन हुने हो । जग्गाको क्षेत्रफल ज्यादा हुने बित्तिकै वा आधाभन्दा बढी हुने बित्तिकै सम्पत्ति आधा हुने होइन । सम्पत्तिको मूल्याङ्कन क्षेत्रफलको आधारमा नभई खरिद बिक्री हुने मूल्यमा गर्नुपर्ने हुन्छ । सम्पत्तिको अर्थ नै मूल्य हो ।…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10033वि.सं. २०७५संयुक्त इजलास

लागु औषध खैरो हेरोइन

लागु औषध प्रतिवादीले सेवन र बिक्री वितरण दुवै प्रयोजनको लागि ओसार पसार गर्न सक्ने हुँदा त्यसमा निजको साथबाट बरामद भएको लागु औषधको मात्रा र अन्य प्रमाणहरूको आधारमा विचार गरिनुपर्ने । प्रतिवादीको साथबाट लागु औषध बरामद हुनुलाई मात्र लागु औषध नियन्त्रण ऐन, २०३३ को…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10032वि.सं. २०७५संयुक्त इजलास

उत्प्रेषण

व्यवसाय गर्ने हक स्वतन्त्रताको प्रचलनको नामबाट यस्तो अत्यावश्यक सेवा दिने निकायबाट हुने औषधी एवं ‍औषधोपचारसम्बन्धी यन्त्र उपकरण इत्यादिजस्ता सामग्रीमा सार्वजनिक खरिद ऐनका विभिन्‍न प्रावधान तथा कार्यविधि देखाई खरिद प्रक्रिया प्रभावित गर्ने जस्ता परिपाटी वास्तवम…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10031वि.सं. २०७५संयुक्त इजलास

निर्णय दर्ता स्रेस्ता बदर गरी दर्ता गरिपाउँ

वस्तुतः वादीहरूको दाबीबमोजिम विवादित जग्गा निजहरूका पुर्खाले बिर्तामा प्राप्त गरेको भए बिर्ता उन्मुलन ऐन लागू भएपछि आफ्ना नाममा रैकरमा परिणत गराउन जाने भन्ने कुरा अपेक्षित नै हो । सो ऐनले त्यसरी रै.प. गराउन पर्याप्त समयावधि पनि प्रदान गरेकै हो । तर यो वादीहरूल…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10030वि.सं. २०७५संयुक्त इजलास

लिखत दर्ता बदर दर्ता

२०४४ सालको बन्डा मुचुल्काको अस्तित्व रहे भएसम्म दाबी जग्गा सम्बन्धमा अंशियार वादी पक्षलाई प्रतिकूल पार्ने गरी गरे भएको कुनै पनि व्यवहार सदर हुनसक्ने अवस्था नदेखिँदा मुलुकी ऐन लेनदेन व्यवहारको महलको ४० नं. र जग्गा पजनीको महलको १७ नं. अनुसार फिराद दायर गर्न पाउन…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10029वि.सं. २०७५संयुक्त इजलास

मोही दर्ता नामसारी

मोहीको हक जग्गा कमाउने व्यक्तिले कानूनले तोकेको सर्तहरू पालन गरी पूरा गरेको अवस्थामा मात्र प्राप्त हुने हक हो । भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६ अनुसार मोहीले कमाई आएको जग्गामा मोहीसम्बन्धी निजको हक निजपछि निजको एकासगोलका पति, पत्‍नी, छोरा, बाबु, धर्मपुत्र आदिम…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10028वि.सं. २०७५संयुक्त इजलास

अपहरण, कर्तव्य ज्यान

मृतकलाई मिति २०६७।५।३ गते षड्‌यन्त्रपूर्ण ढंगबाट छलकपट, झुक्यानमा पारी नेपालगञ्ज स्थित निजको घरबाट व्यापार गर्ने बहानामा नेपालको सीमा कटाई भारतको रूपैडिया हुँदै लखनउ लगी हत्या गरेबाट अपहरण तथा शरीर बन्धक लिनेको महलको १ नं. को कसुर नेपालमा नै भएको र सोही महलको…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10027वि.सं. २०७५संयुक्त इजलास

उत्प्रेषण / परमादेश

राज्यको कुनै निकाय वा अधिकारीले आफ्नो कर्तव्य पालनको सन्दर्भमा कुनै कानूनविपरीतको कार्य भएको देखेमा र सो सम्बन्धमा कारबाही गर्न उक्त निकाय वा अधिकारीलाई क्षेत्राधिकार नभएमा साधिकार निकायमा कानूनी कारबाहीको लागि लेखी पठाउन नमिल्ने भन्ने देखिन आउँदैन तर उक्त सिफ…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10026वि.सं. २०७५संयुक्त इजलास

निषेधाज्ञा

करारका आधारभूत सर्तको परिपालनाका सम्बन्धमा करार ऐनले व्यवस्था गरेबमोजिम हुने र करारको सर्तअनुरूप करार परिपालनाको साथै करारको अवधि सम्पन्‍न भएपछि करारअनुसार पुनः टेण्डर आह्वान गर्न नपाउने भन्‍न नमिल्ने । करार समाप्त भइसकेपछि करारअनुसार राखिएका कबल पसलहरूको स्वा…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10025वि.सं. २०७५संयुक्त इजलास

मानव बेचबिखन तथा ओसार पसार

वारदात हुँदाका बखत प्रचलनमा रहेको ऐनले जिउ मास्ने बेच्ने कसुरमा निर्धारण गरेको सजायभन्दा पछिल्लो ऐनले निर्धारण गरेको सजाय बढी रहेकोले वारदातका कसुरदारलाई पछि बनेको ऐन (मानव बेचबिखन तथा ओसार पसार (नियन्त्रण) ऐन, २०६४ अनुसार सजाय गर्दा बढी सजाय हुन जाने र त्यसो…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10024वि.सं. २०७५संयुक्त इजलास

उत्प्रेषण / परमादेश

नेपालभित्र बसोबास गर्ने विभिन्‍न जातीय, साँस्कृतिक, आदिवासी समुदायको धार्मिक, साँस्कृतिक महत्त्वका सम्पदा तथा यस्तै चिजवस्तुहरू तिनिहरूको मूल थलोमा नै रहेर सम्पदा जीवन्त बनाउने हुन्छन् । धार्मिक, साँस्कृतिक सम्पदाको महत्त्व त्यसको मूल थलोमा नै उदीयमान हुने र त…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10023वि.सं. २०७५संयुक्त इजलास

उत्प्रेषण / प्रतिषेध

कुनै पनि पदाधिकारीलाई कानूनले तोकेको अवस्थामा सो अवधिसम्म र कानूनले पदावधि नतोकेको अवस्थामा नियुक्ति गर्ने निर्णय गर्दा पदावधि तोकेर नियुक्ति गरिएकोमा त्यस्तो पदावधिसम्म विना कसुर सो पदबाट हटाउन मिल्दैन । त्यस्तो पदाधिकारीलाई हटाउनु पर्ने अवस्थामा समेत सुनुवाइ…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10022वि.सं. २०७५पूर्ण इजलास

गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पुनरावेदन पत्र दर्ता शाखामा बुझाइसकेपछि दर्ताको प्रक्रियामा गइसकेको मान्नुपर्ने हुन्छ । यस अदालतको पुनरावेदन दर्ता शाखामा वादी पक्षले पुनरावेदन पत्र बुझाई भरपाई लिएको र यस अदालतको पुनरावेदन दर्ता शाखाबाट अदालतको दर्ता दायरीमा…

नजिर सार पढ्नुहोस् →