नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10029 · वि.सं. २०७५

नि.नं. 10029 — मोही दर्ता नामसारी

सिद्धान्त / नजिर सार (Headnote Summary)

मोहीको हक जग्गा कमाउने व्यक्तिले कानूनले तोकेको सर्तहरू पालन गरी पूरा गरेको अवस्थामा मात्र प्राप्त हुने हक हो । भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६ अनुसार मोहीले कमाई आएको जग्गामा मोहीसम्बन्धी निजको हक निजपछि निजको एकासगोलका पति, पत्‍नी, छोरा, बाबु, धर्मपुत्र आदिमध्ये जग्गावालाले पत्याएको व्यक्तिलाई प्राप्त हुने कानूनी व्यवस्था भएकोले वादीको पिताको मोही हक कायम भइसकेको अवस्थामा जग्गाधनीले पत्याएमा निजको नाममा नामसारी हुने हो । निजका बाबुले नै मोही हक दाबी गरी हक प्राप्त नगरेको मोही हक स्वर्गीय पिताको नाममा कायम गराई आफ्ना नाममा नामसारी गराइ पाउँ भनी भन्‍नलाई भूमिसम्बन्धी ऐन, २०२१ ले वादीलाई त्यस्तो हक प्रदान गरेको नदेखिने । वादीका बाबुले नै आफ्नो नाममा मोहियानी हक कायम नगराएको अवस्थामा बाबुको मृत्युपछि मृतक व्यक्तिलाई मोही कायम गरी वादीका नाउँमा नामसारी गरी मोही दर्ता गरी दिने अवस्था देखिन नआउने । (प्रकरण नं.४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10029
मुद्दाको विषयमोही दर्ता नामसारी
निर्णय वर्ष / मिति2075/03/19
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री केदारप्रसाद चालिसे | माननीय न्यायाधीश श्री बमकुमार श्रेष्ठ | माननीय न्यायाधीश श्री  मु. साबिक हुसैन | माननीय न्यायाधीश श्री बालकृष्ण उप्रेती
मुद्दा नं.०७२-CI-१८९४
उद्धरण सन्दर्भने.का.प. २०७५, नि.नं. 10029
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्