नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10028 · वि.सं. २०७५
नि.नं. 10028 — अपहरण, कर्तव्य ज्यान
सिद्धान्त / नजिर सार (Headnote Summary)
मृतकलाई मिति २०६७।५।३ गते षड्यन्त्रपूर्ण ढंगबाट छलकपट, झुक्यानमा पारी नेपालगञ्ज स्थित निजको घरबाट व्यापार गर्ने बहानामा नेपालको सीमा कटाई भारतको रूपैडिया हुँदै लखनउ लगी हत्या गरेबाट अपहरण तथा शरीर बन्धक लिनेको महलको १ नं. को कसुर नेपालमा नै भएको र सोही महलको ११ नं. ले नेपालबाहिर लैजाने कार्य गरेमा नेपालभित्रै कसुर गरेसरह मानी सजाय गर्न मिल्नेसमेत देखिने । प्रतिवादीबाट अपहरण गर्ने, सम्पत्ति लिने, खाने, मास्ने र हत्या गर्नेसमेतका जुन कसुर भएको भनी अभियोग पत्र पेस भएको छ सो एउटै कारोबार (Single transaction) को शृङ्खला हुँदा यहाँ भारतमा लास फेला परेको भन्ने मात्र कारणले नेपालमा मुद्दा नचल्ने भन्न मिल्ने देखिँदैन । त्यसो भन्ने हो भने कसैलाई नेपालमा नै अपहरण गरी हत्या गरेमा मुद्दा चल्न सक्ने तर विदेश लगी हत्या गरेमा मुद्दा नचल्ने एउटा विसङ्गतिपूर्ण निर्णय निष्कर्षमा हामी पुग्छौं, जुन कानून, न्याय र न्यायका मान्यता प्राप्त सिद्धान्तसमेत अनुकूल हुने नदेखिने । (प्रकरण नं.४)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10028 |
|---|---|
| मुद्दाको विषय | अपहरण, कर्तव्य ज्यान |
| निर्णय वर्ष / मिति | 2074/03/21 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री केदारप्रसाद चालिसे | माननीय न्यायाधीश डा. श्री आनन्दमोहन भट्टराई | माननीय न्यायाधीश श्री दिनेशप्रसाद यादव |
| मुद्दा नं. | ०७१-CR-०५४५ | ०७१-CR-०६२४ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७५, नि.नं. 10028 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
