नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10027 · वि.सं. २०७५

नि.नं. 10027 — उत्प्रेषण / परमादेश

सिद्धान्त / नजिर सार (Headnote Summary)

राज्यको कुनै निकाय वा अधिकारीले आफ्नो कर्तव्य पालनको सन्दर्भमा कुनै कानूनविपरीतको कार्य भएको देखेमा र सो सम्बन्धमा कारबाही गर्न उक्त निकाय वा अधिकारीलाई क्षेत्राधिकार नभएमा साधिकार निकायमा कानूनी कारबाहीको लागि लेखी पठाउन नमिल्ने भन्ने देखिन आउँदैन तर उक्त सिफारिसलाई मात्र आधार लिई साधिकार निकायले निर्णय वा कारबाही गर्न मिल्ने भने हुँदैन । साधिकार निकायले उक्त निर्णय के कुन तथ्य, प्रमाण र कानूनमा आधारित रहेर गरिएको हो भन्ने कुराको जवाफ उक्त निर्णयमार्फत दिनु नै पर्ने हुन्छ । यो मान्यता ‘आधार र कारणयुक्त निर्णय’ (Reasoned Decision) हुनुपर्ने भन्ने प्राकृतिक न्यायको सिद्धान्त (Principle of Natural Justice) अन्तर्गतको सुनुवाइको सिद्धान्त (Theory of Hearing) सँग पनि सम्बन्धित हुने । (प्रकरण नं.५) प्रशासकीय र न्यायिक निकायबाट कुनै व्यक्तिको हकाधिकारमा असर र प्रभाव पर्ने गरी निर्णय गरिन्छ भने त्यस्तो अधिकारीले स्वच्छ कारबाही गरी निर्णयमा पुगेको देखिनु पर्दछ । निर्णयमा यस किसिमको निष्पक्षता र स्वच्छता कायम गर्नको लागि जसका विरूद्ध कानूनी दायित्व बहन गराउने गरी निर्णय गरिन्छ उसलाई आफ्नो दाबी वा भनाइ राख्ने र प्रमाण पेस गर्ने समुचित मौका प्रदान गरिनु पर्दछ भन्ने प्राकृतिक न्यायको सिद्धान्तअन्तर्गतको सुनुवाइको सिद्धान्तसँग सम्बन्धित छ । यसले निर्णय प्रक्रियालाई स्वच्छ (Fair), न्यायिक (Just) र निष्पक्ष (Impartial) बनाउन मद्दत गर्ने हुन्छ । यसैलाई कानूनको उचित प्रक्रिया (Due Process of law) पनि भनिन्छ । कानूनको उचित प्रक्रिया (Due process of law or Procedure established by law) र प्राकृतिक न्याय सिद्धान्तको परिपालना नगरी गरिएका निर्णय उचित नभई मनोगत रूपमा भएको मानिने । (प्रकरण नं.९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10027
मुद्दाको विषयउत्प्रेषण / परमादेश
निर्णय वर्ष / मिति2074/12/12
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री दीपक कुमार कार्की | माननीय न्यायाधीश श्री  प्रकाशमान सिंह राउत
मुद्दा नं.०७०-WO-०६३४
उद्धरण सन्दर्भने.का.प. २०७५, नि.नं. 10027
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्