नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10044 · वि.सं. २०७५

नि.नं. 10044 — मोही कायम नामसारी दर्ता

सिद्धान्त / नजिर सार (Headnote Summary)

दर्तावाला मोहीले वास्तविकरूपमै गुठी अधीनस्थ जग्गाको जोतभोग पनि गरिरहेको र साथै जोताहा मोहीले गुठी अधीनस्थको जग्गा जोत्‍न छाडी मोही हक दर्तावाला मोहीलाई लिखितरूपमै समर्पण गरेको अवस्थामा गुठी संस्थान ऐन, २०३३ को दफा २६ बमोजिम दर्तावाला मोहीको मोही हक स्थापित हुँदैन भनी ऐ. दफा २६ को व्यवस्थालाई शाब्दिक व्याख्याका आधारमा संकुचन गरिए वास्तविक न्यायको मर्मविपरीत हुन जाने । (प्रकरण नं.६) वस्तुतः गुठी संस्थान ऐन, २०३३ को दफा २६ ले जोतभोग गर्ने वास्तविक मोहीले मोहीयानी हक पाउने कानूनी निश्चितता प्रदान गरेको र दर्तावाला मोहीले जग्गाको जोतभोग गरेको अवस्थामा निज सो जग्गाको जोताहा मोहीमा परिणत हुन नसक्ने भनी स्पष्टरूपमा रोक नलगाएको स्थितिमा जग्गामा जसको जोतभोग प्रमाणित भइरहेको हुन्छ त्यही व्यक्ति नै वास्तविक मोही हो भनी मान्न न्यायोचित र कानूनको भावना र मर्मअनुकूल हुन जाने । (प्रकरण नं.१०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10044
मुद्दाको विषयमोही कायम नामसारी दर्ता
निर्णय वर्ष / मिति2075/03/24
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री तेजबहादुर के.सी. | माननीय न्यायाधीश श्री विश्वम्भर प्रसाद श्रेष्ठ
मुद्दा नं.०६८-CI-०१४३ | ०६४-NF-०००४ | ०६५-NF-००१०
उद्धरण सन्दर्भने.का.प. २०७५, नि.नं. 10044
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्