नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10034 · वि.सं. २०७५

नि.नं. 10034 — लिखत बदर

सिद्धान्त / नजिर सार (Headnote Summary)

मूल्यको आधारमा सम्पत्तिको मूल्याङ्कन हुने हो । जग्गाको क्षेत्रफल ज्यादा हुने बित्तिकै वा आधाभन्दा बढी हुने बित्तिकै सम्पत्ति आधा हुने होइन । सम्पत्तिको मूल्याङ्कन क्षेत्रफलको आधारमा नभई खरिद बिक्री हुने मूल्यमा गर्नुपर्ने हुन्छ । सम्पत्तिको अर्थ नै मूल्य हो । मूल्यको आधारमा हेर्दा आधाभन्दा बढी मूल्यको जग्गा बिक्री गरेको देखिएको अवस्थामा केबल क्षेत्रफललाई मात्र आधार लिई आधाभन्दा कम जग्गा बिक्री भएको भनी व्याख्या गर्नु न्यायसम्मत देखिन नआउने । अचल सम्पत्तिमा आधीभन्दा बढी सम्पत्तिको व्याख्या केवल जग्गाको क्षेत्रफललाई मात्र आधार मानेमा बाटो मोहडातर्फ कित्ताकाट गरी दिएको जग्गाको मूल्य र पछाडिको बाटो मोहडा नभएको भित्री जग्गाको मूल्यमा धेरै फरक हुने हुँदा जग्गाको बिक्री कुन तर्फबाट कित्ताकाट भएको हो सोसमेत अंशबन्डाको १९(१) नं. को व्याख्या गर्दा ध्यान दिनुपर्ने । (प्रकरण नं.४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10034
मुद्दाको विषयलिखत बदर
निर्णय वर्ष / मिति2074/02/08
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्‍ठ | माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी | माननीय न्यायाधीश श्री बलराम विष्‍ट
मुद्दा नं.०६७-CI-०७३४ | ०६७-CI-०९६८
उद्धरण सन्दर्भने.का.प. २०७५, नि.नं. 10034
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्