नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10030 · वि.सं. २०७५
नि.नं. 10030 — लिखत दर्ता बदर दर्ता
सिद्धान्त / नजिर सार (Headnote Summary)
२०४४ सालको बन्डा मुचुल्काको अस्तित्व रहे भएसम्म दाबी जग्गा सम्बन्धमा अंशियार वादी पक्षलाई प्रतिकूल पार्ने गरी गरे भएको कुनै पनि व्यवहार सदर हुनसक्ने अवस्था नदेखिँदा मुलुकी ऐन लेनदेन व्यवहारको महलको ४० नं. र जग्गा पजनीको महलको १७ नं. अनुसार फिराद दायर गर्न पाउने नै अवस्था देखिन आउने । २०४४ सालको बन्डा मुचुल्काबाटै स्पष्ट रूपमा अरू अंशियारको समेत भाग लाग्ने गरी तर्फसमेत खुलाई बन्डा मुचुल्कासमेत भइसकेको अवस्थामा फिल्डबुकमा आफ्नो नाम उल्लेख भएकै आधारमा प्रतिवादीले नाउँसारी गराउँदैमा वादीको अंश हक समाप्त हुने भन्न मिल्ने नदेखिने । (प्रकरण नं.५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10030 |
|---|---|
| मुद्दाको विषय | लिखत दर्ता बदर दर्ता |
| निर्णय वर्ष / मिति | 2073/11/09 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री मीरा खड्का | माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ | माननीय न्यायाधीश श्री महेन्द्रराज गौतम | माननीय न्यायाधीश श्री एकराज आचार्य | माननीय न्यायाधीश श्री तेजबहादुर कार्की |
| मुद्दा नं. | ०६७-CI-११६२ | ०६७-CI-११६३ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७५, नि.नं. 10030 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
