नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10022 · वि.सं. २०७५

नि.नं. 10022 — गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको

सिद्धान्त / नजिर सार (Headnote Summary)

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पुनरावेदन पत्र दर्ता शाखामा बुझाइसकेपछि दर्ताको प्रक्रियामा गइसकेको मान्नुपर्ने हुन्छ । यस अदालतको पुनरावेदन दर्ता शाखामा वादी पक्षले पुनरावेदन पत्र बुझाई भरपाई लिएको र यस अदालतको पुनरावेदन दर्ता शाखाबाट अदालतको दर्ता दायरीमा रीतपूर्वक दर्ता नभएकै कारणले हदम्यादभित्र पुनरावेदन पर्न नआएको भनी अर्थ गर्न नमिल्ने । (प्रकरण नं.४) अदालतमा दाखिल भई अदालतले आफ्नो नियन्त्रण (Custody) मा लिइसकेको लिखत पुनरावेदन शाखामा पछि दर्ता हुन गएको मितिलाई हदम्यादको गणना गर्न मिल्ने होइन । अदालतको कार्यबोझ, बिदा पर्न गएको अवस्था तथा मानवीय भुलको कारणबाट पनि अदालतमा दाखिल भइसकेको लिखत स्रेस्तामा रीतपूर्वक समयमा दर्ता गर्न कठिनाई हुन जाने अवस्थालाई परिकल्पना गरेर उक्त मुलुकी ऐन, अ.बं. १८ नं. को कानूनी व्यवस्था भएको देखिन्छ । अन्यथा अदालतमा लाभ माग्न आउने व्यक्तिको कुनै गल्ती नभएको स्थितिमा पनि अड्डाको भुलको कारण न्याय प्राप्त गर्ने हकमा कुठाराघात पर्न जाने हुन्छ । त्यसैले अड्डाको भुलको कारणले कसैको हक अधिकारमा असर पर्न जाने अवस्था हुन नहुने । (प्रकरण नं.६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10022
मुद्दाको विषयगैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको
निर्णय वर्ष / मिति2073/09/14
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री दीपककुमार कार्की | माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ | माननीय न्यायाधीश डा. श्री आनन्दमोहन भट्टराई | माननीय न्यायाधीश श्री सुशीला कार्की | माननीय न्यायाधीश श्री तर्कराज भट्ट
मुद्दा नं.०७१-NF-०००२
उद्धरण सन्दर्भने.का.प. २०७५, नि.नं. 10022
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्