नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10035 · वि.सं. २०७५

नि.नं. 10035 — अंश दर्ता

सिद्धान्त / नजिर सार (Headnote Summary)

अंशबन्डा वा मानो छुट्टिएको लिखत कानूनबमोजिम रजिस्ट्रेसन नभएको अवस्थामा विधिवत् अंशबन्डा भएको वा मानो छुट्टिएको भनी मान्न नमिल्ने । (प्रकरण नं.३) मानो छुट्टिएको लिखतले मान्यता प्राप्त गर्न अनिवार्यरूपमा रजिस्ट्रेसनको महलको १ नं. अनुसार पारित भएको हुनुपर्दछ । व्यवहार प्रमाणबाट कार्यान्वयन नै हुन नसकेको, अस्तित्वमा नै नआएको घरसारमा भएको भनिएको अंशबन्डाको लिखतका आधारमा मानो छुट्टिएको मिति कायम गर्न नमिल्ने । (प्रकरण नं.४) स्वआर्जन गरेको भन्ने कुरा सो सम्बन्धमा जिकिर लिने पक्षले नै प्रमाणित गर्नु पर्दछ । त्यसरी अन्यथा प्रमाणित गरिएको अवस्थामा बाहेक एकाघर सगोलमा रहँदा आर्जन गरेको जुनसुकै अंशियारका नाउँमा दर्ता रहेको भए पनि सबै अंशियारको बराबर हक लाग्ने सम्पत्ति हो भनी अदालतले अनुमान गर्नुपर्ने । कसैको निजी आर्जनको सम्पत्तिलाई पैतृक (अंशबन्डा लाग्ने) सम्पत्तिमा मिसाइयो (Blended in Common Stock) भने त्यस्तो सम्पत्तिले समेत पैतृक सम्पत्ति अर्थात्‌ सबै अंशियारको हक लाग्ने साझा सम्पत्तिको स्वरूप धारण गर्दछ । यो अंशसम्बन्धी विधिशास्त्रीय मान्यता हो । त्यसैले कुनै निजी आर्जनको सम्पत्ति बन्डा नलाग्ने मानिनका लागि त्यस्तो सम्पत्तिमा अन्य अंशियारहरूको समेत साझा हक लाग्ने पैतृक सम्पत्ति मिसाइएको (Blended) हुन नहुने । (प्रकरण नं.५) पारित लिखतमा “बकसपत्र” भन्ने शब्द प्रयोग गरिएको छ भन्दैमा एकासगोलका अंशियारका नाउँमा रहेको सम्पत्तिलाई निजी आर्जनको, बन्डा नलाग्ने सम्पत्ति भन्न हुँदैन । बकसपत्र दिनुको प्रयोजन पनि तार्किक रूपमा पुष्टि हुनुपर्ने । (प्रकरण नं.६) अन्य अंशियारको समेत अंश हक लाग्ने सम्पत्ति कुनै अंशियारले अर्को अंशियारलाई बकसपत्र गरी दिँदैमा त्यस्तो सम्पत्ति बन्डा नलाग्ने हुँदैन । एक अंशियारले अर्को अंशियारलाई बकसपत्रकै माध्यमबाट अन्य अंशियारहरूको समेत अंशहक लाग्ने सम्पत्ति हस्तान्तरण गरेको र त्यस्तो बकसपत्र लिखत कायम रहेको (बदर नभएको) अवस्थामा पनि सो सम्पत्ति अंशबन्डा लगाउन कानूनी बाधा नपर्ने । (प्रकरण नं.८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10035
मुद्दाको विषयअंश दर्ता
निर्णय वर्ष / मिति2075/03/18
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री ईश्‍वरप्रसाद खतिवडा | माननीय न्यायाधीश डा. श्री आनन्दमोहन भट्टराई | माननीय न्यायाधीश श्री देवराज श्रेष्ठ | माननीय न्यायाधीश श्री हरिकुमार पोखरेल
मुद्दा नं.०६६-CI-११५१ | ०६६-CI-११५२ | ०६७-CI-१०६८
उद्धरण सन्दर्भने.का.प. २०७५, नि.नं. 10035
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्