§ प्रतिवादी र निजका पिता चेतबहादुर श्रेष्ठबीच २०६३।४।१४ मा मानो जोडिएको लिखत पारित भए पनि सोही मितिमा प्रस्तुत अंश चलन मुद्दा दायर भएको देखिएको र अंश चलन मुद्दा दायर हुनुअगावै प्रतिवादी मानबहादुर र निजका पिता चेतबहादुर श्रेष्ठको बीचमा मानो जोडिएको लिखत पारित भ…
§ जबर्जस्ती करणीमा वीर्य स्खलन हुनु स्वभाविक हुन्छ तर वीर्य स्खलन हुनैपर्छ भन्ने अनिवार्यता भने हुँदैन । मुलुकी ऐन, जबर्जस्ती करणीको महलको १ नं. को स्पष्टीकरणको (ग) मा “योनीमा लिङ्ग केही मात्र प्रवेश भएको रहेछ भने पनि यस नम्बरको प्रयोजनको लागि करणी गरेको मानिन…
§ बालकको खुसी र निजले व्यक्त गरेका आधारमा परिवारका सदस्यलाई रोजेका व्यक्तिलाई नै संरक्षकत्व प्रदान गर्नु उचित हुने हुँदा निवेदिकाले व्यक्तिगत आत्मतुष्टिका लागि बालकको संरक्षण आफूले प्राप्त गर्नुपर्ने भन्ने निवेदन जिकिरसँग सहमत हुन नसकिने । (प्रकरण नं.९)
§ मातृ ऐनको प्रस्तावना तथा उद्देश्यविपरीत नहुने गरी प्रतिष्ठानले आफ्नो सेवा सञ्चालनार्थ आवश्यक पर्ने कार्यविधि, नियम वा नियमावली तर्जुमा गरी नियमन गर्न सक्ने । § चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ऐन, २०६३ को दफा १२(छ) र १३(१) बमोजिम प्रतिष्ठानलाई आवश्यक पर…
§ फौजदारी अभियोगमा वादी पक्षले प्रतिवादीमाथि लगाएको कसुरलाई शङ्कारहित तवरले प्रमाणित गर्ने भार वादी पक्षमा हुन्छ । अपराध पुष्टि गर्ने क्रममा शङ्काको गुञ्जायस रहनुहुँदैन । शङ्काको स्थिति उत्पन्न भएको अवस्थामा त्यसको फाइदा अभियुक्तमा जाने । § वादी पक्षले यी पुनर…
§ पुनरावेदकले आफ्नी श्रीमतीको हत्या योगेशचन्द्र महतोको नेतृत्वमा रहेको सुरक्षा फौज अन्तर्गतका ५ जना सादा पोशाकका सुरक्षाकर्मीहरूले गरेको भनी किटान गरी जाहेरी दिन जाँदा सो जाहेरी दर्ता गरी सबुद प्रमाण सङ्कलन गर्ने, घटनास्थल प्रकृति मुचुल्का तयार गर्ने, Post Mor…
§ आधिकारिक निकायले कानूनबमोजिमको प्रक्रिया पूरा गरेर पैठारी गरेको मोटरसाइकललाई सुरू दर्ता भएको अभिलेख फेला नपरेको भन्ने आधारमा मात्र कुनै पनि नागरिकले कानूनबमोजिमको प्रक्रिया पूरा गरी खरिद गरेको आफ्नो सम्पत्तिको दर्ता नामसारी गरी स्वामित्व प्राप्त गर्नबाट रोक…
§ कर्मचारीको सरूवा गर्ने अधिकारप्राप्त अधिकारीले सरूवा गर्दा निजामती ऐन, २०४९ तथा निजामती सेवा नियमावली, २०५० द्वारा भौगोलिक क्षेत्रमा बस्नुपर्ने भनी तोकिएको समयावधि, कर्मचारीको उमेर तथा कर्मचारीको बाँकी नोकरी अवधि जस्ता कुराहरूलाई ध्यान दिनुपर्नेमा सोतर्फ कृष…
§ कसैबाट कुनै लागु पदार्थ फेला परेमा निजले सो पदार्थ कानूनबमोजिम प्राप्त गरेको वा राखेको हो भन्ने कुराको प्रमाण निजले नै पेस गर्नुपर्ने, पेस गर्न नसकेमा र अन्यथा प्रमाणित भएमा बाहेक निजले यस ऐनअन्तर्गत सजाय हुने अपराध गरेको मानिने व्यवस्था गरी प्रमाणको भार प्र…
§ मृतक बोल्न नसक्ने ५ वर्षीय अपाङ्ग तथा अबोध बालक रहेका र निजले प्रतिवादीलाई केही गरे बिराएको देखिँदैन । यस्तो अबोध तथा सबैको मायाका आकाङ्क्षी बालकप्रति प्रतिवादीलाई रिस उठ्नु भनेको प्रतिवादीको निर्दयी स्वभावको द्योतक हो । समाजमा यस प्रकारका अनुत्तरदायी, क्रूर…
§ प्रतिवादीहरू हालसम्म पनि पक्राउ परेका अवस्था नहुँदा निज प्रतिवादीहरू कहाँ छन् भन्ने सम्म पनि सुरू अनुसन्धान अधिकारी र मुद्दा हेर्ने निकायले यकिन गर्न नसकी बिना आधार र कारण मुद्दा दायरसम्म गरेको देखिएकाले निजहरूको हकमा कसुर स्थापित हुन सक्ने अवस्था नहुँदा नि…
§ प्रतिवादीले मोही प्रमाणपत्र प्राप्त नगरेको भए पनि लामो समयदेखि वादीको घरबारी भन्दा बाहेकको जग्गा जोतभोग गर्दै आएको एवम् जग्गाधनीले बाली बुझी भरपाई दिँदै आएबाट यी प्रतिवादी मोही होइनन् भनी निष्काशन गर्ने हो भने भूमिसम्बन्धी कानूनी व्यवस्था वैयक्तिक हक एवम्…
§ कुनै कसूरका सम्बन्धमा पछि जारी भएको ऐनले चाहे त्यो Condified नयाँ कानून होस् वा Consolidated कानून होस् वा संशोधित दफा होस्, सजाय घटाएको वा अभियुक्तलाई सुविधा दिएको छ भने कानूनमा स्पष्टरूपमा अन्यथा व्यवस्था गरेकोमा वाहेक अन्य अवस्थामा सिद्धान्ततः त्यस्तो पछि…
§ मादक पदार्थ सेवन गरी उत्तेजित अवस्थामा वारदात स्थलमा उपस्थित रहेका यी प्रतिवादीले आफूले लगाएका कपडा खोली घटनास्थलमा यत्रतत्र फालेको अवस्थामा बरामद भएका र जन्तीमा आएका मानिसहरूले आफूलाई कुटपीट गरेका भन्ने निजको भनाइ रहेको देखिँदा प्रतिवादीको शरीरमा देखिएका चो…
§ लापरवाहीको मापदण्डले नै प्रतिवादीलाई समेटेको छ । सवारी कसुरका कसुरदारलाई कडा सजाय गरी कसुरदारबाट थप कसुर नहोस् भन्ने परिणाम प्राप्त गर्नका लागि सजायको निरोधात्मक सिद्धान्तको प्रयोग गर्नु अनिवार्य हुने । § सवारी दुर्घटनाको दुष्परिणाम जनधनको ठूलो क्षति भएको र…
§ सरूवा गर्न सहमति माग भएका कर्मचारीलाई हालको परिस्थितिमा सो कार्यालयमा राखिराख्न उपयुक्त नभएको भनी उल्लेख भै गएको र सामान्य प्रशासन मन्त्रालयले पनि च.नं. २२२ मिति २०६६।१२।२० को सरूवा सहमतिपत्रमा निजलाई सरूवा गर्न नि.से.ऐन, २०४९ को दफा १८(४) तथा नि.से.नि., २०५…
§ एउटै अदालतमा परेका दुई मुद्दाहरूमध्ये म्याद तामेल हुँदा एउटामा प्रतिवादी र प्रतिवादीको घर फेला पर्ने र अर्कोमा फेला नपर्ने हुन सक्तैन । बेरीतपूर्वक तामेल भएको बेपत्ते म्याद बदर गरी पुनः इतलायनामा म्याद दिने गरेको आदेश कानून र प्राकृतिक न्यायको सिद्धान्त अनुर…
§ विशुद्ध आपराधिक प्रकृतिको प्रस्तुत रिट निवेदनसँग सम्बन्धित ज्यान मार्ने उद्योग मुद्दा सरकारबाट कुनै उचित आधार र कारणबेगर नै फिर्ता लिने निर्णय गरिएको देखिँदा प्रतिपादित नजिर सिद्धान्तको विपक्षी नेपाल सरकारबाट स्पष्ट उल्लङ्घन हुन गएको अवस्था देखिने । (प्रकरण…
§ विवादित जग्गामा दिव्यकुमारीको भौतिक उपस्थिति कहिँकतै कहिल्यै स्थापित गराउन सकेको देखिँदैन । पुनरावेदक पक्षले उक्त दावीको जग्गामा आफ्नो मोही हक रहेको कुरा स्थापित नगरी अर्काले मोही नामसारीलगायतका दर्ता प्रक्रियामा प्रश्न उठाँउदा निजहरूको हक पुग्न सक्ने होइन ।…
§ प्रतिवादीलाई भएको सर्वस्वसहित जन्मकैदको सजाय सर्वस्व र जन्मकैद दुई अलग अलग सजायको संयुक्त रूप हो । सर्वस्वहरणतर्फको सजायमा आर्थिक विषयवस्तुको प्राधान्यता रहने र प्रतिवादीको साम्पत्तिक अधिकारमा राज्यले कानूनतः प्रतिबन्ध गरी निजको सम्पत्ति राज्यकोषमा दाखिल गरा…
§ अदालतको फैसलाले लागेको जरिवानासमेत तिर्न बुझाउन नसक्ने भनी यी निवेदकले उक्त फैसलामा उल्लेख भएको रोशन श्रेष्ठ आफू रोशन श्रेष्ठ नै भएको र आफूलाई सजाय भै बेरूजु भएको कुरा स्वीकार गरेको उक्त कागजको व्यहोराबाट देखिएको छ । फैसलाले लागेको जरिवाना तत्काल बुझाउन नसक्…
§ कानूनी व्यवस्थामा प्रयोग भएको “प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि” भन्ने शब्दावलीको शाब्दिक व्याख्या गर्दा यसले आयकर ऐन, २०५८ को माथि उल्लिखित व्यवस्थालाई प्रस्तुत सन्दर्भमा निष्प्रभावी गराएको देखिने । § गाडीलाई धितो राखी कर्जा लिएका ऋणीले बैङ्कला…
§ वादीले दिएको फिरादपत्र जिल्ला अदालतबाट प्रकाशित सूचना म्यादमा निवेदकको ठेगाना मकवानपुर जिल्ला, हेटौंडा नगरपालिका वडा नं. ८ पशुपतिनगर भनी उल्लेख गरिएको देखिन्छ । तर निवेदकले निवेदनमा आफ्नो ठेगाना ललितपुर जिल्ला, ललितपुर उपमहानगरपालिका वडा नं. २२ तपाहिती भनी उ…
§ सद्दे कीर्ते के हो भनी सहीछापको जाँच गर्दा भरपाईमा लागेको ल्याप्चे छापको जात र पर्याप्त भेटिएका रेखाका गुणहरूसँग नमूनाको बायाँ ल्याप्चे छापको जात र पर्याप्त भेटिएको रेखाका गुणहरूसमेत आपसमा भिडी मिलेको भन्ने रेखा तथा लेखा विशेषज्ञको राय रहेको देखिन आयो । बन्द…