नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9215 · वि.सं. २०७१
नि.नं. 9215 — परमादेश
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ आधिकारिक निकायले कानूनबमोजिमको प्रक्रिया पूरा गरेर पैठारी गरेको मोटरसाइकललाई सुरू दर्ता भएको अभिलेख फेला नपरेको भन्ने आधारमा मात्र कुनै पनि नागरिकले कानूनबमोजिमको प्रक्रिया पूरा गरी खरिद गरेको आफ्नो सम्पत्तिको दर्ता नामसारी गरी स्वामित्व प्राप्त गर्नबाट रोक लगाउन मिल्ने भनी अर्थ गर्न नमिल्ने । (प्रकरण नं.३) § निवेदकबाट मोटरसाइकल दर्ता गरी ब्लु बुक र नम्बर उपलब्ध गराई दिनु भनी विपक्षीहरूका नाममा परमादेशको आदेश जारी गरिपाउँ भन्ने मात्र माग गरेको तर आफूलाई असर पर्ने गरी यातायात व्यवस्था विभागबाट भएको निर्णयलाई बदरतर्फ उत्प्रेषणको माग गरेको निवेदनबाट नदेखिएको अवस्थामा परमादेशको आदेश जारी भए पनि यातायात व्यवस्था विभागको निर्णय यथावत् कायमै रही आदेशको औचित्य नै नरहने हुँदा विपक्षी झिकाउने आदेश गर्दा लिइएको आधारसँग सहमत हुन नसकिने । (प्रकरण नं.४)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 9215 |
|---|---|
| मुद्दाको विषय | परमादेश |
| निर्णय वर्ष / मिति | 2071/05/02 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र | माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज |
| मुद्दा नं. | ०६८-CI-१३७० |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७१, नि.नं. 9215 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
