नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9212 · वि.सं. २०७१

नि.नं. 9212 — कर्तव्य ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ मृतक बोल्न नसक्ने ५ वर्षीय अपाङ्ग तथा अबोध बालक रहेका र निजले प्रतिवादीलाई केही गरे बिराएको देखिँदैन । यस्तो अबोध तथा सबैको मायाका आकाङ्क्षी बालकप्रति प्रतिवादीलाई रिस उठ्नु भनेको प्रतिवादीको निर्दयी स्वभावको द्योतक हो । समाजमा यस प्रकारका अनुत्तरदायी, क्रूर तथा हिंस्रक व्यक्तिहरूलाई धर्मको जामा पहिराउनु उचित हुँदैन । यस्ता व्यक्ति धर्मका नाममा कलङ्क हुन् । यस्ता व्यक्ति समाजको शान्ति सुरक्षाका लागि अत्यन्त खतरनाक हुने हुँदा निजहरूलाई कडा दण्डद्वारा निरूत्साही गर्न तथा यस्ता खाले अरू निर्दयी अपराधीहरूमा त्रासको सन्देश जानका लागि फौजदारी न्यायले प्रभावकारी भूमिका खेल्नु जरूरी छ । प्रस्तुत वारदात भनेको जघन्य वारदातभित्रै पर्ने देखिन्छ । आङै सिरिङ्ग हुने यस किसिमको कसुर गर्ने कसुरदारलाई रियायत दिनका लागि मुलुकी ऐन, अ.बं. १८८ नं. को निर्माण भएको होइन । बालक मरिसेकपछि पनि अब मर्‍यो ठीक भयो भन्ने सोचाइ राख्ने प्रतिवादीलाई कम सजाय हुनुपर्छ भन्ने विद्वान्‍‍ अधिवक्ताहरूको बहससँग सहमत हुन नसक्ने । § मृतक अबोध बालकसँग पुनरावेदक प्रतिवादीलाई बिनाकारण रिस उठेको र विभत्स किसमले हत्या गरेको प्रस्तुत वारदातमा ज्यानसम्बन्धीको महलको १४ नं. आकर्षित हुने अवस्था नरहने । (प्रकरण नं. ३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9212
मुद्दाको विषयकर्तव्य ज्यान
निर्णय वर्ष / मिति2072/05/11
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री गोविन्दकुमार उपाध्याय | माननीय न्यायाधीश श्री देवेन्द्रगोपाल श्रेष्ठ
मुद्दा नं.०६९-CR-०७५५
उद्धरण सन्दर्भने.का.प. २०७१, नि.नं. 9212
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्