नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9195 · वि.सं. २०७१

नि.नं. 9195 — लेनदेन

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ सद्दे कीर्ते के हो भनी सहीछापको जाँच गर्दा भरपाईमा लागेको ल्याप्चे छापको जात र पर्याप्त भेटिएका रेखाका गुणहरूसँग नमूनाको बायाँ ल्याप्चे छापको जात र पर्याप्त भेटिएको रेखाका गुणहरूसमेत आपसमा भिडी मिलेको भन्ने रेखा तथा लेखा विशेषज्ञको राय रहेको देखिन आयो । बन्दसवालद्वारा विशेषज्ञको बकपत्र गराइएकोमा निजले सोही राय ठीक रहेको भनी बकपत्रसमेत गरेको देखिन्छ । वादीसँग प्रतिवादीले लिएको रकमको सावाँ व्याज बुझाइसकेको भरपाई पेस गरेको र उक्त भरपाई वादीले नै गरिदिएको भन्ने देखिएको अवस्थामा वादीले दावीबमोजिमको रकम प्रतिवादीबाट भराई पाउने देखिन नआउने । (प्रकरण नं. ४) § प्रतिवादीले वादी दावीबमोजिमको लिखत अनुसारको रकम बुझाइसकेको भन्ने कुराको विवादरहित तवरले पुष्टि गर्ने भरपाई मौकामा पेस गर्न नसकी पुनरावेदन अदालतमा पेस गरेकोमा मात्र प्राविधिक कारण देखाई त्यस्तो भरपाई लिखतलाई प्रमाणमा ग्रहण नगरी निर्णयमा पुग्दा त्यसले न्यायको मर्म नै मर्न जाने हुँदा पक्षले तत्काल प्राप्त गर्न नसकेको भरपाईलाई पछि पुनरावेदन अदालतमा पुनरावेदन गर्दा पेस गरेको आधारमा मात्र प्रमाणमा लिन नमिल्ने भन्नु कानूनी दृष्टिबाट समेत न्यायसङ्गत नहुने । (प्रकरण नं. ५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9195
मुद्दाको विषयलेनदेन
निर्णय वर्ष / मिति2071/03/30
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री देवेन्द्रगोपाल श्रेष्ठ | माननीय न्यायाधीश श्री जगदीश शर्मा पौडेल
मुद्दा नं.०६६-CI-०३५०
उद्धरण सन्दर्भने.का.प. २०७१, नि.नं. 9195
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्