नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9211 · वि.सं. २०७१
नि.नं. 9211 — गैंडाको खाग ओसार पसार
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ प्रतिवादीहरू हालसम्म पनि पक्राउ परेका अवस्था नहुँदा निज प्रतिवादीहरू कहाँ छन् भन्ने सम्म पनि सुरू अनुसन्धान अधिकारी र मुद्दा हेर्ने निकायले यकिन गर्न नसकी बिना आधार र कारण मुद्दा दायरसम्म गरेको देखिएकाले निजहरूको हकमा कसुर स्थापित हुन सक्ने अवस्था नहुँदा निज प्रतिवादीहरू भूपेन्द्र शाही र पेमा लामाले आरोपित कसुरको दायित्वबाट उन्मुक्ति पाउने नै देखिने । (प्रकरण नं. ६) § दशीको रूपमा बरामदी गैंडाको खाग गैंडाको सक्कली खाग होइन भनी विशेषज्ञले दिएको राय सम्बन्धमा विचार गर्दा, प्रस्तुत मुद्दामा संलग्न प्रतिवादीहरूमध्ये निजहरूको परस्पर बयान र संलग्नताको आधारमा हेर्दा मुख्य आरोपी देखिएका प्रकाश बुढा र दानसिंह चैसिरले बरामदी खागलाई मौकामा सक्कली होइन भनी जिकिर लिन सकेको नपाइने । § आफूले प्राप्त गरको सो सामानलाई अनुपम वस्तुको रूपमा स्वीकार गरी अन्तिम अवस्थासम्म ओसार पसार र कारोबारको प्रयास गरेको देखिने । § बरामदी खागलाई नक्कली हो भनी सजायबाट उन्मुक्ति पाउँन मौकामा जिकिर लिन सकेको पाइँदैन । पछि खागको परीक्षण हुँदा खाग नक्कली हो भनिए तापनि विशेषज्ञको बन्द सवालबाट भएको बकपत्र हेर्दा निजलाई जिरह हुन सकेको अवस्था नदेखिएको र गैंडाको खाग नक्कली हो कि ? भन्ने बयानको क्रममा प्रश्न उठेपछि मुद्दा हेर्ने अधिकारी वन अधिकृतको इजलासबाट जाँच गर्न पठाउने विधिवत् कुनै आदेश नभई प्रतिवादीहरू स्वयम्ले जाँच गराई पाउँ भन्ने निवेदनको आधारमा बीचैबाट जाँच गर्न पठाएको देखिने । § प्रतिवादीहरूले गैंडाको खाग सक्कली खागको रूपमा अवैध कारोबारको कार्य गरेको परिप्रेक्ष्यमा पछि आएर एउटा निवेदनको भरमा जाँच गराउने माग गरेको देखिँदा त्यसमा विवन्धनको सिद्धान्तसमेत आकर्षित हुन सक्ने अवस्था हुँदा, सो जाँच परीक्षणलाई विवादरहित रूपमा स्वीकार गर्न सकिने अवस्था नदेखिने । (प्रकरण नं. ७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 9211 |
|---|---|
| मुद्दाको विषय | गैंडाको खाग ओसार पसार |
| निर्णय वर्ष / मिति | 2071/04/18 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री दीपकराज जोशी | माननीय न्यायाधीश श्री गोविन्दकुमार उपाध्याय | माननीय न्यायाधीश श्री सलाहुद्दीन अख्तर सिद्धिकीको संयुक्त राय बाझी फैसला भै न्याय प्रशासन ऐन | माननीय न्यायाधीश श्री सलाहुद्दीन अख्तर सिद्धिकीको मिति २०६९।८।२५ को रायसित सहमत हुन सकिएन । | माननीय न्यायाधीश श्री दुर्गाप्रसाद उप्रेतीको राय सदर कायम गरिपाउँ भनी गर्नुभएको बहस जिकिरसमेत सुनी पुनरावेदन अदालत | माननीय न्यायाधीश श्री दुर्गाप्रसाद उप्रेतीले उल्लिखित प्रतिवादीहरूको अतिरिक्त प्रेमबहादुर पाल र नैनसिंह ठगुन्नासमेतका प्रतिवादीहरूलाई अभियोग दावीबमोजिम हदैसम्म सजाय गर्ने ठहर् | माननीय न्यायाधीश श्री सलाहुद्दीन अख्तर सिद्दिकीको राय तथा सुरू जिल्ला वन कार्यालयको मिति २०६८।३।३० को निर्णय बदर गरी पुनः निर्णयको लागि पठाउने ठहर् |
| मुद्दा नं. | ०७०-MS-०००५ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७१, नि.नं. 9211 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
