नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9203 · वि.सं. २०७१

नि.नं. 9203 — मोही कायम

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ विवादित जग्गामा दिव्यकुमारीको भौतिक उपस्थिति कहिँकतै कहिल्यै स्थापित गराउन सकेको देखिँदैन । पुनरावेदक पक्षले उक्त दावीको जग्गामा आफ्नो मोही हक रहेको कुरा स्थापित नगरी अर्काले मोही नामसारीलगायतका दर्ता प्रक्रियामा प्रश्न उठाँउदा निजहरूको हक पुग्न सक्ने होइन । विवादित जग्गाको यी पुनरावेदकका फुपूले बाली बुझाएको भन्ने पुनरावेदकको जिकिर रहे पनि सो कुरा कतैबाट पुष्टि भएको नदेखिने । § दिव्यकुमारी उपाध्याय जोताहा कायम भै हालसम्म पनि निज जोताहा कायम भएको कहीं कतैबाट प्रमाणित भएको देखिन्न । जग्गानापीको समयमा पुनरावेदकका फुपू दिव्यकुमारी उपाध्यायको नाम मोही जोताहाको नाउँमा कतै पनि उल्लेख भएको देखिँदैन तथा पुनरावेदक दावीको जग्गाको खास जोताहा भन्ने कतै पनि प्रमाणित हुन नसकेको । (प्रकरण नं.६) § विवादित जग्गाको खास जोताहा मोही तुलसीनारायण नकर्मी नै वैधानिक मोही कायम हुने ठहर्‍याई भएको भूमिसुधार कार्यालय, काठमाडौंको मिति २०५८।१२।१३ को निर्णय र सो निर्णयलाई सदर गर्ने गरी पुनरावेदन अदालत, पाटनबाट भएको मिति २०६४।१०।२७ को फैसला मिलेकै देखिँदा सदर हुने भई माथि विवेचित आधारसमेतबाट यस अदालतबाट प्रदान भएको निस्सासँग सहमत हुन नसकिने । (प्रकरण नं.१०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9203
मुद्दाको विषयमोही कायम
निर्णय वर्ष / मिति2070/09/28
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ | माननीय न्यायाधीश श्री तर्कराज भट्ट
मुद्दा नं.०६६-CI-०३३६
उद्धरण सन्दर्भने.का.प. २०७१, नि.नं. 9203
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्