नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9213 · वि.सं. २०७१

नि.नं. 9213 — लागु औषध सेतो हेरोइन

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ कसैबाट कुनै लागु पदार्थ फेला परेमा निजले सो पदार्थ कानूनबमोजिम प्राप्त गरेको वा राखेको हो भन्ने कुराको प्रमाण निजले नै पेस गर्नुपर्ने, पेस गर्न नसकेमा र अन्यथा प्रमाणित भएमा बाहेक निजले यस ऐनअन्तर्गत सजाय हुने अपराध गरेको मानिने व्यवस्था गरी प्रमाणको भार प्रतिवादीमा राखेको देखिने । § औषधसम्बन्धी अपराध निरपेक्ष दायित्वअन्तर्गत पर्ने अपराध भएको हुनाले जसबाट लागु औषध बरामद भएको छ, निजले सो लागु औषध कानूनबमोजिम प्राप्त गर्न वा राख्न पाउने हो भनी तथ्ययुक्तरूपमा प्रमाणित गर्न नसकेमा सोबाट सिर्जित दायित्वबाट उन्मुक्ति पाउन सक्ने अवस्था नहुने । § उल्लिखित कानूनी व्यवस्था अनुसार आफू निर्दोष रहेको प्रमाण पुर्‍याउने भार प्रतिवादीमा नै निहित रहेकोमा सो अनुसार यी पुनरावेदक प्रतिवादीले तथ्ययुक्त प्रमाण प्रस्तुत गरी आफू निर्दोष रहेको कुरा प्रमाणित गर्न सकेको नपाइने । (प्रकरण नं. ४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9213
मुद्दाको विषयलागु औषध सेतो हेरोइन
निर्णय वर्ष / मिति2071/05/11
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री गोविन्दकुमार उपाध्याय | माननीय न्यायाधीश श्री देवेन्द्रगोपाल श्रेष्ठ
मुद्दा नं.०६८-CR-१०६७
उद्धरण सन्दर्भने.का.प. २०७१, नि.नं. 9213
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्