नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9205 · वि.सं. २०७१
नि.नं. 9205 — उत्प्रेषण/परमादेश
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ एउटै अदालतमा परेका दुई मुद्दाहरूमध्ये म्याद तामेल हुँदा एउटामा प्रतिवादी र प्रतिवादीको घर फेला पर्ने र अर्कोमा फेला नपर्ने हुन सक्तैन । बेरीतपूर्वक तामेल भएको बेपत्ते म्याद बदर गरी पुनः इतलायनामा म्याद दिने गरेको आदेश कानून र प्राकृतिक न्यायको सिद्धान्त अनुरूप भएको नै देखिने । (प्रकरण नं.८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 9205 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण/परमादेश |
| निर्णय वर्ष / मिति | 2070/08/19 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री गिरीश चन्द्र लाल | माननीय न्यायाधीश श्री बैद्यनाथ उपाध्याय |
| मुद्दा नं. | ०६८-WO-१२७९ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७१, नि.नं. 9205 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
