उत्प्रेषणको आदेश जारी गरिपाउँ
(१) भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) (ग) ले व्यवस्था गरेअनुसार मरिसकेको मोहीलाई भागेको वा वेपत्ता भएको मोहीसरह मान्नु पर्ने । (प्र.नं. ७)
नजिर सार पढ्नुहोस् →सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)
निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।
कुल १०,५५३ नजिर अभिलेखमध्ये पृष्ठ ३९२ / ४४०
(१) भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) (ग) ले व्यवस्था गरेअनुसार मरिसकेको मोहीलाई भागेको वा वेपत्ता भएको मोहीसरह मान्नु पर्ने । (प्र.नं. ७)
नजिर सार पढ्नुहोस् →(१) छुट्टा छुट्टै व्यक्तिको छुट्टाछुट्टै परेको उजूरी निवेदनको छुट्टा छुट्टै मिसिल गडा गरी छुट्टा छुट्टै निर्णय दिनुपर्ने । (प्र.नं. ९)
नजिर सार पढ्नुहोस् →(१) लिलाम भएको जग्गाको बालीको सम्बन्धमा लिलाम बदर नभएसम्म लिलाममा लिने व्यक्तिले जग्गाको बाली खान पाउने नै भएको । (प्र.नं. १०)
नजिर सार पढ्नुहोस् →(१) चोरीको १३ नं. बमोजिम फैसला गरी २ पटक चोरी गरेको कायम नगरेसम्म तेस्रोपटकको सजाय गर्न मिल्ने नदेखिने । (प्र.नं. १९)
नजिर सार पढ्नुहोस् →(१) अदालतमा हकवेहक मुद्दा परी अदालतबाट पाएको फैसलालाई प्रमाणमा लिई कानूनबमोजिम निर्णय गर्नुपर्ने । (प्र.नं. ११)
नजिर सार पढ्नुहोस् →(१) आधार नै नदेखाई निर्णय गरिन्छ भने त्यस्तो निर्णयलाई न्यायिक तरिकाले निर्णय गरेको भन्न नमिल्ने । (प्र.नं. १०)
नजिर सार पढ्नुहोस् →(१) कम्तीमा एकजना पञ्चसदस्यको रोहवरमा म्याद तामेल गर्नुपर्ने अनिवार्य व्यवस्था कानूनले गरेको देखिने । (प्र.नं. ९)
नजिर सार पढ्नुहोस् →(१) जालसाजी भन्नु परेको लिखतको व्यहारलाई नै निखन्न नआएकोले अ.बं.८२ नं. ले प्रस्तुत फिराद दावी लाग्न सक्ने नदेखिएको । (प्रकरण नं. १५)
नजिर सार पढ्नुहोस् →(१) स्थानीय पञ्चायतले आफ्नो प्रतिनिधित्व गर्नसक्ने गरी नतोकेको अवस्थामा वडा सदस्यले कूत धरौट राखेको र मोहीले निजलाई धरौट राख्न दिएको कानूनसंगत भन्न नमिल्ने । (प्र.नं. ९)
नजिर सार पढ्नुहोस् →(१) शुद्ध व्यवहारबाट राजीनामा गराई लिएको भए प्रतिवादी फिराउँदा लिनु दिनु भएको रकमको अङ्क फरक पर्न अवश्यै नपर्ने । सद्दे साँचो व्यवहारबाट लिखत भएको भए नालिस गरी सो लिखत पास गराउन सक्नु पर्ने । (प्रकरण नं. १५)
नजिर सार पढ्नुहोस् →(१) मोहियानी हक बेच बिखन नहुने भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६ (क) मा कानूनी व्यवस्था भएको र बकसपत्रको नाताले मोहियानी हक प्राप्त भन्न नमिल्ने । (प्र.नं. ९)
नजिर सार पढ्नुहोस् →(१) भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६ को उपदफा (१) ले मोहियानी हकमा अपुतालीको व्यवस्था गरेको नपाईने । (प्र.नं. ९)
नजिर सार पढ्नुहोस् →(१) स्वीकृति बिना घर बनायो भन्ने उजूर नगरपञ्चायतको अधिकार क्षेत्रभित्र नपर्ने । (प्र.नं. ८)
नजिर सार पढ्नुहोस् →(१) भूमिसम्बन्धी ऐन, २०२१ को दफा १४ बमोजिम गरेको निर्णयउपर दफा १४ (२) ले तोकिएको अदालतमा पुनरावेदन लाग्ने देखिएको । (प्रकरण नं. १५) (२) पुनरावेदन गर्न अन्य उपचार छँदाछँदै सो मार्ग अवलम्वन नगरी दिएको रिट निवेदनमा नै नेपालको संविधानको धारा ७१ ले विवादास्पद हक भए…
नजिर सार पढ्नुहोस् →(१) अघिबाट बाबु मरी पछिबाट छोरा मरी अपुताली परे त्यो अपुताली बाबुको छोरीले नपाउने । (प्र.नं. १०)
नजिर सार पढ्नुहोस् →(१) ऐनको हदम्याद भित्र फिराद गरेको नदेखिएमा खारेज गर्न मिल्दैन भन्न मिल्ने नदेखिने। (प्र.नं. १६)
नजिर सार पढ्नुहोस् →(१) निखन्ने अधिकारको दावी गर्ने व्यक्ति खरिद गर्ने व्यक्ति भन्दा नजिकको हकवाला हुनुपर्ने । निखन्ने हकको सृष्टि नै नजिकको हकवालाको रुपमा हुने भएकोले समान हकवालाहरू मध्ये एउटाले खरिद गरेको सम्पत्ति अर्को हकवालाले निखन्ने प्रश्नै नउठ्ने । (प्र.नं. १३)
नजिर सार पढ्नुहोस् →(१) के कति जग्गा मोहियानीमा प्राप्त गरेको हो सो कुरा निर्णयमा उल्लेख भएको नदेखिनाले सो निर्णयलाई हचुवा तवरको निर्णय भन्नु पर्ने । (प्रकरण नं. ९)
नजिर सार पढ्नुहोस् →(१) अञ्चल तथा जिल्ला अदालत नियमावली, २०२० को नियम ५६ (च) बमोजिम पञ्चकृति मोल कायम नगरी लिलाम गरेको कानूनी त्रुटि हुने । (प्र.नं. १९)
नजिर सार पढ्नुहोस् →(१) अनधिकृत कागज गराएको वा फैसला भएको नदेखिएपछि आदेश जारी गर्नु नपर्ने । (प्र.नं. ६)
नजिर सार पढ्नुहोस् →(१) म्यादभित्र ठेक्काबन्दोवस्त हुन नसकेको कारण नदेखाई आफूले नै ठेक्का बन्दोवस्त नगरेकोमा एउटाको सुस्तीले कर्तव्य पालन नगरी अर्कासँग नोक्सान भराउने कार्यलाई न्यायसङ्गत भन्न नमिल्ने । (प्र नं. २२)
नजिर सार पढ्नुहोस् →(१) आयकर ऐन, २०३१ को दफा ४५ तथा नेपाल आयकर नियमहरू, २०२० को नियम ११ (२) ले व्यवस्था गरेबमोजिम आय निर्धारण समितिले आयको हिसाब कसरी गरिएको हो सो हिसाबबाट कसरी आयकर निर्धारण गरिएको हो त्यसको विवरण प्रष्ट देखिने गरी न्यायिक मनको प्रयोग गरी निर्णय गर्नुपर्ने । (प्र…
नजिर सार पढ्नुहोस् →(१) रैति रोजाउन नपर्ने कानूनी व्यवस्था भएकोले रैती रोजाई मर्ने तालुकदारको छोराले तालुकदारी नपाउने ठहराएको मनासिव भन्न नमिल्ने । (प्र.नं. १२)
नजिर सार पढ्नुहोस् →(१) अञ्चल अदालतले अनधिकृत निर्णय गरेकोमा न्यायप्रशासन सुधार ऐन, ०३१ को दफा १५ को उपदफा (३) ले अधिकृत निकाय क्षेत्रीय अदालतबाटै पुनरावेदन कानूनबमोजिम निर्णय गर्नु पर्ने । (प्र.नं. ९)
नजिर सार पढ्नुहोस् →