सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)

सर्वोच्च अदालतका ने.का.प. नजिर तथा सिद्धान्त सार सूची

निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।

कुल १०,५५३ नजिर अभिलेखमध्ये पृष्ठ ३९१ / ४४०

नि.नं. 1185वि.सं. २०३५संयुक्त इजलास

ज्यान

(१) मर्ने र अभियुक्तको बीचमा कुनै रिस झगडा नभएको, चुच्चो भएको फलामेडण्डी चलाई ज्यान मारेको छ भने ज्यानसम्बन्धीको १४ नं. प्रयोग हुन नसक्ने । (प्रकरण नं. १६)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1184वि.सं. २०३५संयुक्त इजलास

अंश र सो मुद्दाबाट उठेको नाता कायम गरिपाउँ भन्ने

(१) प्रतिवादीको नजिक हकवाला मिसिलबाट देखिन आउँदा आउँदै वेरीतको तामेली नोटीस म्यादबाट हाजिर हुन आएकालाई मुद्दा सकार गराई निर्णय गरेको गैरकानूनी देखिन आउने । कानूनबमोजिम वादी प्रतिवादीका पेटवोलीबाट देखिएका अंशियारसमेत जो बुझ्नुपर्ने बुझी पारिरहेको जालसाजी मुद्दा…

नजिर सार पढ्नुहोस् →
नि.नं. 1183वि.सं. २०३५संयुक्त इजलास

प्रतिषेधलगायत जो चाहिने आज्ञा आदेश पूर्जी जारी गरिपाउँ (

(१) हकसमाप्त हुने दर्तावाला मोहीको निवेदनबाट गरेको कारवाही गैरकानूनी हुने । (प्रकरण नं. १२)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1182वि.सं. २०३५संयुक्त इजलास

प्रतिषेधको आदेश जारी गरिपाउँ

(१) औद्योगिक व्यवसाय ऐन, २०१८ को साविक दफा ९ (क) (२०२५ सालमा संशोधन हुनुअघिको) बमोजिम वर्ष ५ को करमा पक्राउ गर्ने गरेको निर्णय र लिलाम बिक्री गर्ने गरेको कारवाही अनधिकृतको देखिने । (प्रकरण नं. १४)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1181वि.सं. २०३५संयुक्त इजलास

उत्प्रेषणको आदेश जारी गरिपाउँ

(१) जिमिदार तालुकमा आई बन्दोवस्त भएअनुसार ०२६ सालमा दाखिल खारेज भएको छ, बदर गराउनेतर्फ दा.खा.बमोजिम निवेदकलाई, बुझी ज.ध.प्र.पूर्जा दिएको यसबाट शाखा अधिकृतले हक वेहकको निर्णय गरेको नभई भइरहेको दा.खा.बमोजिम ज.ध.प्र.पूर्जा दिएको देखिने । (प्र.नं. ९)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1180वि.सं. २०३५संयुक्त इजलास

...

(१) स्थानीय पञ्चायतमा धरौट राख्ने भन्नाले जग्गा रहेको पञ्चायतमा धरौट राख्नुपर्नेमा नराखी अर्कै पञ्चायतको उपप्रधानपञ्च जिम्मा राखेकोलाई धरौट राखेको भन्न नमिल्ने । (प्रकरण नं. ७)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1178वि.सं. २०३५संयुक्त इजलास

उत्प्रेषणको आदेश जारी गरिपाउँ

(१) पुनरावेदन गर्ने म्याद नभएको बाटै पुनरावेदन गर्न पाउने कानून प्रदत्त अधिकार लुप्त हुन नसक्ने । (प्रकरण नं. १४)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1177वि.सं. २०३५पूर्ण इजलास

जग्गा बाली

(१) विर्ता उन्मूलन ऐन जारी हुनुभन्दा अगाडि नै अदालतमा फिराद दर्ता भई विवाद उठेको मुद्दामा कुनै विचार गर्न नमिल्ने, मुद्दा अदालमा दायर हुँदाको अवस्थाको कानूनी स्थितिलाई नै हेरी निर्णय गर्नुपर्ने । (प्रकरण नं. ३२)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1176वि.सं. २०३५संयुक्त इजलास

उत्प्रेषणको आदेश जारी गरिपाउँ

(१) भूमिसम्बन्धी ऐन, २०२१ को दफा ३४ को उपदफा (१) र (२) को कारोवार गरी भरपाई र कबुलियतनामा समेत पेश गरेकोमा भू.सं.ऐनको दफा २५ को उपदफा (२) अन्तर्गत मोही भन्नुपर्ने दफा २५ (१) अन्तर्गत मोही भनी नं. सम्म गलत उल्लेख भएको भन्नुपर्ने । (प्रकरण नं. ८)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1175वि.सं. २०३५संयुक्त इजलास

उत्प्रेषण वा उपयुक्त आज्ञा आदेश वा पूर्जि जारी गरिपाउँ भन्ने

(१) ऐनले प्रदान गरेको हक (जसलाई कुनै कानूनले निष्क्रिय गरेको छैन) लाई लिएर उक्त ऐन संशोधन हुनुभन्दा अगाडि नै वा अन्य ऐन आउनुभन्दा अगाडि नै आयकर छुटको लागि माग नगरेको भनी ऐनले दिइराखेको हकबाट वञ्चित गर्न नमिल्ने । (प्रकरण नं. १५)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1174वि.सं. २०३५संयुक्त इजलास

उत्प्रेषणको आदेश जारी गरिपाउँ

(१) भूमिसम्बन्धी ऐन, ०२१ को दफा ३४ अनुसार कबुलियत गरी गराई लिएदिएको हुनुपर्छ । त्यसको अभावमा मोहियानी हक प्राप्त हुन नसक्ने । (प्रकरण नं. १०)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1173वि.सं. २०३५संयुक्त इजलास

राजकाज

(१) श्री ५ महाराजाधिराजबाट माफी बक्सिसकेपछि पुनरावेदनलाई तामेलीमा राख्नुपर्नेमा सोबमोजिम नगरी पुनरावेदकले तारेखमा छाडेको भनी उल्लेख गरी कैद र जरीवानासमेत गर्ने गरेको इन्साफ मिलेको नदेखिने । (प्रकरण नं. १०)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1172वि.सं. २०३५संयुक्त इजलास

लेनदेन

(१) तमसुक गरी लेनदेन भएको होइन । जग्गा खरिद–विक्री गर्ने उद्देश्यले बैनाको रुपमा रुपैयाँ लेनदेन भएको उक्त स्थितिमा लेनदेन व्यवहारको २ नं. को हदम्याद लगाई गरेको इन्साफ मिलेको नदेखिएको । (प्रकरण नं. १०)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1171वि.सं. २०३५संयुक्त इजलास

उत्प्रेषणको आदेश जारी गरिपाउँ

(१) भू.सं.ऐन, २०२१ को दफा २७ र भू.सं.नियमावली, २०२१ को नियम १३ अनुसार स्थानीय प्रचलित मूल्य कायम गर्दा उक्त स्थानमा खरिद बिक्री हुँदा साँध सँधियार बुझ्नु परे दुबै पक्ष राखी मूल्य कायम गर्नुपर्ने । सोबमोजिम निवेदकलाई नराखी एकतर्फि कारवाहीबाट मूल्य कायम गरेको उप…

नजिर सार पढ्नुहोस् →
नि.नं. 1170वि.सं. २०३५संयुक्त इजलास

लुटपिट

(१) लुटपिटको ६ नं. ले खानेबाट बिगो भराउनु पर्ने हुनाले वादीले सबूद प्रमाण पुर्‍याउन नसकेको कलममा यसले यो बिगो खाएकोछ भनी ठहर गर्न नमिल्ने । (प्रकरण नं. ६)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1169वि.सं. २०३५संयुक्त इजलास

उत्प्रेषणको आदेश जारी गरिपाउँ

(१) मोहीको मृत्युपछि जग्गाधनीलाई अ.बं.८२ नं. बमोजिम त्यस सम्बन्धमा भु.प्र.का.मा निवेदन दिने अधिकार भएको । (प्र.नं. १४)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1168वि.सं. २०३५संयुक्त इजलास

ज्यान

(१) मुसा मार्ने विष दिनु वा मुसा मार्न भनी अरूलाई त्यस्तो विष दिनु आपराधिक क्रिया नहुने । बिना प्रयोजन कसैको ज्यान लिन साधारणत कोही पनि सरिक हुँदैन । बिनाप्रमाण कसैलाई कसुरदार ठहर्‍याउन न्यायसंगत नहुने । (प्र.नं. १६)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1167वि.सं. २०३५संयुक्त इजलास

चोरी

(१) चोरीको २४ नं. को अवस्थाको विद्यमानताको अभावमा निवेदकलाई सजाय गर्न नमिल्ने । (प्र.नं. १६)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1166वि.सं. २०३५पूर्ण इजलास

लिखत बदर

(१) धर्मपुत्रको महल ४ नं. को प्रयोजनको लागि बाटा घाटामा फालेको बालकलाई पालेको रहेछ भने त्यो पक्का धर्मपुत्र ठहर्ने । धर्मपुत्रको ४ नं. ले बाटाघाटामा फालेको बाबु आमाको ठेगाना नभएको आश्रयहिन बालकको सम्बन्धमा मानवीय आधारमा धर्मपुत्रको हैसियतको श्रृजना गरेको देखिन…

नजिर सार पढ्नुहोस् →
नि.नं. 1165वि.सं. २०३५संयुक्त इजलास

उत्प्रेषणको आदेश जारी गरिपाउँ

(१) मोहीको मृत्युपछि जग्गाधनीलाई अ.बं.८२ नं. बमोजिम त्यस सम्बन्धमा भु.प्र.का. मा निवेदन दिन अधिकार भएको । (प्र.नं. १३)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1164वि.सं. २०३५संयुक्त इजलास

उत्प्रेषण मिस्रित परमादेश समेत जारी गरिपाउँ

(१) श्री ५ को सरकारको निर्णयले औद्योगिक व्यवसाय ऐन, २०३१ को दफा ९ (१) को उपदफा (८०) को सुविधा हनन भएकोले भन्सार संसोधन सहितको ऐन, २०१९ तथा अन्य प्रचलित कानूनबमोजिम पुनरावेदन लाग्नसक्ने अवस्था भएको भन्न नमिल्ने । (प्र.नं. ९)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1163वि.सं. २०३५संयुक्त इजलास

उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा आदेश वा पूर्जी जारी गरिपाउँ

(१) नगरपञ्चायतको ईलाकाभित्र व्यापार गर्ने व्यापारीहरूलाई नगर पञ्चायत कार्य व्यवस्था नियमावलीको नियम ७ ले लाग्ने करको अपवादको रुपमा नियम ८ ले दैनिक उपभोग्य अत्यावश्यक पदार्थहरू जस्तै नून, खाने तेल, मट्टितेल, चामल आदि पदार्थहरूका सम्बन्धमा कर नलाग्ने व्यवस्था भए…

नजिर सार पढ्नुहोस् →
नि.नं. 1162वि.सं. २०३५संयुक्त इजलास

प्रतिषेध लगायत जो चाहिने आज्ञा आदेश वा पूर्जि जारी

(१) आफ्नो हक पुगेको जग्गा आफ्नो इच्छाअनुसार बिक्री व्यवहार गरेकोमा हकदैया पुग्ने कसैको उजूर भए ऐनबमोजिम अदालतबाट गराई माग्नु पर्ने विषयमा भ्र.नि.ऐन, २०१७ को दफा ७ (२) अन्तर्गत कारवाई चलाउन मिल्ने विषयको उजूरी नदेखिएको । (प्र.नं. ६)

नजिर सार पढ्नुहोस् →