(१) सर्वोच्च अदालतको आदेशानुसार भूमिप्रशासन कार्यालयले निवेदकलाई पुनः बुझ्नुपर्ने व्यवस्था कानूनले गरेको नदेखिँदा प्रतिवाद गर्न पाइन भन्ने निवेदकको भनाई युक्तिसंगत नदेखिने । (प्र.नं. ९) (२) भूमिप्रशासन कार्यालयले निवेदकको मोहियानी कायमै राख्ने गरेको निर्णय बदर…
(१) राजीनामा पेश गर्ने व्यक्तिको पदाधिकार समाप्त भएको सम्झनुपर्ने र पदाधिकार समाप्त भइसकेकोमा माथिल्लो पदमा बढुवा हुने अधिकार पनि स्वतः समाप्त हुने । (प्रकरण नं. ९)
(१) गाउँपञ्चायत (छैठौं) संशोधन) ऐन, २०३३ ले मूल ऐनको दफा ४ को संशोधित दफा १८ मा गाउँपञ्चायतको प्रधानपञ्चलाई निलम्वन गर्ने अधिकार जिल्लापञ्चायतलाई भएको देखिन नआउने । (प्रकरण नं. १०)
(१) साहु रहेको इलाकाको रजिष्ट्रेशन गर्ने अड्डामा धरौट राख्न पर्ने, थैलीमा मुख नमिलेमा ऐनबमोजिम अदालतमा नालिस गर्ने कार्यविधि सुरु गर्नुपर्ने सो नगरी अदालतमा प्रवेश गर्छ भने लेनदेन व्यवहारको १६ नं. को सुविधा प्राप्त हुन नसक्ने । (प्रकरण नं. १५)
(१) अदालतको आदेशको उपेक्षा गर्नु उचित नहुने । (प्र.नं. ६) (२) बेञ्चले एकपटक आदेश जारी गरिसकेपछि त्यो आदेश तामेल नगरी त्यसै राख्न नमिल्ने। (प्र.नं. ७) (३) सर्वोच्च अदालतको अवहेलनामा सजाय गर्ने अधिकार बन्देजयुक्त छ भन्ने सम्झन नमिल्ने (प्र.नं. १२) (४) वाक स्वतन्…
(१) कुनै अधिकारीको गल्ती वा भूलले कुनै निजामती कर्मचारीलाई कानूनी हकबाट वञ्चित गर्न नसकिने । निजामती सेवा ऐन र नियमावलीमा व्यवस्थित सिद्धान्त र नियमहरु कुनै अधिकारी वा कार्यालयको स्वेच्छा अनुसार निष्क्रिय हुने गरी कानूनको व्याख्या गर्न वा कुनै परिपाटी कायम गर्…
(१) भूमिसम्बन्धी (संशोधन सहित) ऐन, २०२१ को दफा २६(१) ले निर्देश गरेअनुसार मोही हुनेको पत्नी वा अन्य छोराहरु छन छैनन र जग्गाधनीले कसलाई रोज्न चाहेको छ इत्यादि ऐनले निर्देशन गरेको कार्यवाही गरी निर्णय गर्नुपर्ने । (प्र.नं. ८)
(१) अस्पष्ट आदेशले प्रतिकूल अनुसार पर्ने व्यक्तिलाई कारण र आधार बताउनुपर्ने प्राकृतिक न्यायको सिद्धान्तको आवश्यकता पूरा गरेको सम्झन नमिल्ने । (प्रकरण नं. ३०) (२) अधिकारक्षेत्रात्मक तथ्य (Jurisdictional Fact) को उल्लेख नगरी दिइएको आदेश अधिकारक्षेत्रात्मक त्रुटी…
(१) हिन्दु समाजमा घरको मुख्यकर्ता पितालाई मानिने...अंशबण्डा हुन बाँकी छ भन्न मिल्ने नदेखिने । (प्रकरण नं. १४) (२) चिठ्ठीबाट सगोलमा रहेभएको भनी ठहर गर्न मिल्ने देखिन नआउने । (प्र.नं. १६)
(१) मेलामा वादविवाद उठी झगडा भई कुटपिट हुन गएकोले कुटपिट गरेको भन्ने देखिन नआई आफूलाई कुटपिट गरेको कुटाइको रिसको वेगले प्र.ले लाठी प्रहार गरेको चोटबाट मर्न गएकोलाई ज्यानसम्बन्धीको १४ नं. बमोजिम कैद वर्ष १० गर्ने गरेको इन्साफ मनासिव ठहर्ने । (प्रकरण नं. ३१)
(१) आफ्नो सीमानाभित्र नपरेको जग्गालाई आफ्नो हकको भनी दावी गरेको पुग्न नसक्ने । जग्गामा नै हक नपुग्ने भएपछि हक नपुग्ने जग्गाको बाली लुटपिट गरेको भन्ने–दावी नलाग्ने । (प्रकरण नं. १५)
(१) हचुवा किसिमले न्यायिक मनको अभावमा आय निर्धारण समितिले आयकर निर्धारण गरेको र तत्काल प्रचलित कानूनबमोजिम सजाय गर्नुपर्नेमा नगरी आयकर ऐन, २०३१ को दफा ५९ (२) बमोजिम जरिवाना असुल गर्ने गरेको–कानून व्याख्यासम्बन्धी ऐनको दफा ४ को समेत–त्रुटि हुन आएको पाइने । (प्र…