नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1197 · वि.सं. २०३५
नि.नं. 1197 — .......
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) अदालतको आदेशको उपेक्षा गर्नु उचित नहुने । (प्र.नं. ६) (२) बेञ्चले एकपटक आदेश जारी गरिसकेपछि त्यो आदेश तामेल नगरी त्यसै राख्न नमिल्ने। (प्र.नं. ७) (३) सर्वोच्च अदालतको अवहेलनामा सजाय गर्ने अधिकार बन्देजयुक्त छ भन्ने सम्झन नमिल्ने (प्र.नं. १२) (४) वाक स्वतन्त्रतासम्बन्धी विशेषाधिकारमा “पूर्ण” शब्द जोडिएको कारणले मात्र यो विशेषधिकार असिमित र अगम्य छ भन्न नमिल्ने । (प्र.नं. १५) (५) असंवैधानिक दावीलाई अदालतले स्वीकार गर्न नसक्ने । (प्र.नं. १७) (६) राष्ट्रिय पञ्चायत प्रति कुनै उत्तरदायित्व बहन गर्नु नपर्ने सर्वोच्च अदालतका न्यायाधीशको सम्बन्धमा त्यहाँ कुनै छलफल गर्न नसकिने । (प्र.नं. १७) (७) राष्ट्रिय पञ्चायत आफैले संविधानमा व्याख्या गरी त्यसको रुप वा प्रकृति निश्चित गर्न नसक्ने । (प्र.नं. १९) (८) राष्ट्रिय पञ्चायतमा कसैले धारा ४५(३) को प्रतिकूल अदालतको अवहेलना हुने कुरा बोलेकोले निजले धारा ५१(१) अन्तर्गत अदालती कारवाई विरुद्धको उमुक्ति प्राप्त गर्न नसक्ने । (प्र.नं. २३) (९) सर्वोच्चअदालतमा दायर रही विचाराधिन रहेको मुद्दालाई लिएर संविधानको धारा ४५ को उपधारा (४) को प्रतिकूल राष्ट्रिय पञ्चायतमा कुनै प्रश्न उठाउन नमिल्ने । (प्र.नं. २३) (१०) अदालतले प्रतिशोधको भावना लिएर वा आवेशमा आएर कुनै कारवाई वा निर्णय गर्दैन । (प्र.नं. २६) (११) विषय परिस्थितिलाई चर्काउने वा नचाहिंदो होहल्ला वा विवादलाई बढाउने कार्य अदालतले गर्दैन । (प्र.नं. २६) (१२) अन्य मुलुकहरुमा कसले कसको प्रभुता स्वीकार गर्यो भन्ने हेरी देखा सिखी गर्ने गुन्जाईस संविधानले नदिने । (प्र.नं. ३१)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 1197 |
|---|---|
| मुद्दाको विषय | ....... |
| निर्णय वर्ष / मिति | 2035/09/25 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह | माननीय न्यायाधीश श्री स.ईश्वरीराज मिश्र | माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय | माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री वासुदेव शर्माले यस अदालतले जारी गरेको अन्तरिम आदेश समेतको उल्लंघन गरी विशेषाधिकार समितिले गरेको सम्पूर्ण कारवाई असंवैधानिक गैरकानूनी र अनाधिकृत देखिन्छ । धारा ५१ ले राष्ट्रिय पञ्चायतका सदस्यहरुलाई जो उन्मूक्ति | माननीय न्यायाधीश श्री हेरम्बराजले | माननीय न्यायाधीश श्री वासुदेव तथा निवेदक श्री सर्वज्ञरन तुलाधरउपर कारवाई चलाउनु संविधानसंगत हो वा होइन | माननीय न्यायाधीश श्री वासुदेव शर्माले यस मुद्दामा आ | माननीय न्यायाधीश श्री हेरम्बराजको राय मनासिव छ । |
| उद्धरण सन्दर्भ | ने.का.प. २०३५, नि.नं. 1197 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
