सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)

सर्वोच्च अदालतका ने.का.प. नजिर तथा सिद्धान्त सार सूची

निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।

कुल १०,५५३ नजिर अभिलेखमध्ये पृष्ठ ३८९ / ४४०

नि.नं. 1233वि.सं. २०३६संयुक्त इजलास

उत्प्रेषणको आदेश जारी गरिपाउँ

(१) जग्गा नाप जाँच ऐन, २०१९ को संशोधन सहितको दफा ८ अनुसार दिएको निवेदन उपर ऐन बमोजिम प्रमाण बुझी निर्णय गर्नुपर्नेमा नगरेको त्रुटिपूर्ण देखिने । (प्रकरण नं. ७)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1232वि.सं. २०३६संयुक्त इजलास

उत्प्रेषणको आदेश जारी गरिपाउँ

(१) भूमी प्रशासन ऐन, २०२४ को दफा ४ अनुसार दर्ता नभएकोमा भूमी सम्बन्धी ऐन, २०२१ को दफा २ को खण्ड (ख) अनुसार मोही हुने प्रश्न नै नउठ्ने हुँदा मोहियानी हक पाएको भन्न नमिल्ने । (प्रकरण नं. ११)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1231वि.सं. २०३६संयुक्त इजलास

उत्प्रेषणको आदेश जारी पाउँ

(१) अदालतमा उठेको खिचोला मुद्दामा मोहियानीको विवाद सिर्जना गरी निरोपणको लागि मिसिल भूमिप्रशासन कार्यालय समक्ष पठाउने गरेको निर्णय त्रुटिपूर्ण देखिने । (प्रकरण नं. ११)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1230वि.सं. २०३६संयुक्त इजलास

उत्प्रेषणको आदेश जारी पाउँ

(१) हक स्थापित भई नसकेको कुरालाई लिएर हक प्रचलन गराई पाउँ भनी आएको निवेदनबाट संविधानको धारा ७१ अन्तर्गत हक प्रचलन गराउन नमिल्ने । (प्रकरण नं. ९)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1229वि.सं. २०३६संयुक्त इजलास

उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ

(१) नोकरीबाट राजीनामा गरी अवकाश पाएपछि निजामती सेवा नियमावली, २०२१ अनुसार पाउँने सुविधाहरू निवेदकले उपभोग गरिसकेको भएपछि निवेदकको हकमा कुनै अघात परेको भन्न सकिने अवस्था नहुने । (प्रकरण नं. ११)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1228वि.सं. २०३६संयुक्त इजलास

ज्यान

(१) करणीको कुराको आशंकामा सोधपुछ गर्दागर्दै मर्नेले एक्कासी खुर्पाले काट्न आँटेको अवस्थामा उठेको रिसको आवेशमा हिर्काएको चोटबाट मरेकोमा ज्यान सम्बन्धीको १४ नं. बमोजिम सजाय हुने । (प्रकरण नं. १९)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1227वि.सं. २०३६संयुक्त इजलास

जग्गा खिचोला

(१) सबूद प्रमाणको आधारमा मिति यकिन गरी हदम्यादभित्र उजूर परेको छ छैन हेरी मात्र निर्णय दिनु पर्ने । (प्रकरण नं. ११)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1226वि.सं. २०३६संयुक्त इजलास

खिचोला

(१) नाउँसारी नभएसम्म जग्गामा हक प्राप्त हुन नसक्ने भएमा राजीनामाबाट प्राप्त हुन आएको हक निष्क्रिय हुनजाने हुनाले राजीनामाबाटै अ.बं.८२ नं. बमोजिम नालिस गर्न हकदैया पुग्ने नै देखिन आउने । (प्रकरण नं. १०)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1225वि.सं. २०३६संयुक्त इजलास

प्रतिषेधको आदेश जारी गरिपाउँ

(१) घर पसलबाट उठाइपाउँ भन्ने सम्बन्धको मुद्दा हेर्ने अधिकार जिल्ला अदालतको अधिकारक्षेत्र भित्र पर्ने । घर पसलमा बसेको व्यक्तिले गरी दिएको कागज बमोजिम खाली गरी नदिएकोमा अदालतमा उजूर गरी निर्णय गर्नुपर्ने । (प्रकरण नं. ११)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1224वि.सं. २०३६संयुक्त इजलास

माना चामल

(१) वादीले आफ्नो दावीलाई समर्थित गराउने सबूद प्रमाणको अभावमा वादी दावी अनुसार प्रतिवादीबाट माना चामल भराई दिन न्यायोचित नपर्ने । (प्रकरण नं. १०)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1222वि.सं. २०३५संयुक्त इजलास

उत्प्रेषणको आदेश जारी गरिपाउँ

(१) जग्गामा हक वेहकको प्रश्न उपस्थित भएको देखिएपछि अदालतबाट निर्णय गराई आउनु भनी सुनाई दिनुपर्ने । (प्र.नं. ९)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1221वि.सं. २०३५संयुक्त इजलास

ज्यान

(१) ठोस तथा तथ्ययुक्त प्रमाणको अभावमा केवल पोलको आधारमा दोषी ठहराउन नमिल्ने । (प्र.नं. २०) (२) अदालतको वातावरण स्वेच्छाचारी वातावरणसमेत नहुने हुँदा अदालतमा भएको बयानलाई स्वेच्छाले भएको हैन भन्न नमिल्ने । (प्र.नं. २०)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1220वि.सं. २०३५संयुक्त इजलास

उत्प्रेषण परमादेशको आदेश जारी गरिपाउँ

(१) जग्गाधनीले रैकरमा परिणत नगरेको हुँदा मोहीका नाउँमा जग्गा रैकरमा परिणत गरिपाउँ भन्ने उजूरी लिई तत्सम्बन्धी कार्यवाही गरी निर्णय गर्न पाउने अधिकार भूमिप्रशासकलाई रहेको। (प्र.नं. ७)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1219वि.सं. २०३५पूर्ण इजलास

निखनाई पाउँ

(१) रजिष्ट्रेशनको ३५ नं. अनुसार निखनाई पाउँ भन्ने उजूरी रजिष्ट्रेशन भएको वा साहू रहेको इलाकाको रजिष्ट्रेशन गर्ने अड्डामा दरखास्त दिँदा थैली धरौटी राख्नु पर्दछ । थैली थाहा पाउन रजिष्ट्रेशनको २६ नं. बमोजिम नक्कल लिन वा हेर्न सकिने भएबाट सो थाहा पाउन आफूले उद्योग…

नजिर सार पढ्नुहोस् →
नि.नं. 1218वि.सं. २०३५संयुक्त इजलास

उत्प्रेषण वा जुन उपयुक्त हुन्छ आज्ञा आदेश जारी गरिपाउँ

(१) लेनदेनसम्बन्धी उजूरीसुन्ने अधिकार कानूनले अञ्चलाधीशलाई प्रदान नगरेको । (प्र.नं. ६)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1217वि.सं. २०३५संयुक्त इजलास

उत्प्रेषणको आदेश जारी गरिपाउँ

(१) भूमिसम्बन्धी ऐन, २०२१ को दफा २७ (१) मा जग्गावालाले बसोबास गर्न घरबारीको लागि मोहीले कमाएको जग्गा झिक्न पाउँ भनी निवेदन दिएमा मोहीलाई तोकिएको दरले हुन आउने जग्गाको मोलको सयकडा २५ क्षतिपूर्तिको रुपमा जग्गावालाबाट दिलाई काठमाडौं उपत्यकामा पाँच रोपनीसम्म जग्गा…

नजिर सार पढ्नुहोस् →
नि.नं. 1215वि.सं. २०३५संयुक्त इजलास

उत्प्रेषण लगायत जो चाहिने आज्ञा आदेश जारी गरिपाउँ

(१) नगरपञ्चायत ऐनको दफा ४९(२) अनुसार अदालतबाट हक बेहक छुट्याई आएपछि मात्र नक्शा पासको कारवाई गर्नुपर्ने । (प्र.नं. १०)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1214वि.सं. २०३५संयुक्त इजलास

....

(१) निवेदकले निजको बाबु मरेपछि ०२४ सालदेखि ०३३ सालसम्म बाली बुझाई लिएको भरपाईबाट नै जग्गाधनीले...निवेदकलाई पत्याएको मान्नुपर्ने । (प्र.नं. ७)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1213वि.सं. २०३५संयुक्त इजलास

राजकाज

(१) सरकारी निति वा प्रशासकीय काम कारवाही कानूनी तवरले परिवर्तन गराउने उद्देश्य लिई स्वास्थ्य एवं संयम पूर्ण परिभाषामा आलोचना गरेमा राजकाज (अपराध र सजाय) ऐन, २०१९ को दफा ६(२) को अपराध गरेको भन्न नमिल्ने । (प्र.नं. २८)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1212वि.सं. २०३५संयुक्त इजलास

.......

(१) न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १३(३) अन्तर्गत क्षेत्रीय अदालतले पुनरावेदनको अनुमति दिएको मुद्दामा मुद्दा किनारा गर्दा तल्लो अदालतको फैसलामा कुनै कानूनी त्रुटि नदेखेमा सो कुरा फैसलामा उल्लेख गरी मुद्दा किनारा गर्न सक्नेनै भएको । (प्र.नं. ११)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1211वि.सं. २०३५संयुक्त इजलास

ज्यान

(१) घर पछाडि लुकाइराखेको रगत लागेको बसिल्ला फेला परेको भन्ने हकमा रगत कहिले लागेको र के को रगत हो सो कुराको जाँचसमेत भएको देखिँदैन, यस स्थितिमा प्रहरीका समक्ष गरेको बयानको आधारमा मात्र कसूरदार ठहराउन न्यायोचित नपर्ने । (प्र.नं. २०)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1210वि.सं. २०३५पूर्ण इजलास

उत्प्रेषणको आदेश जारी गरिपाउँ

(१) सर्वोच्च अदालतले आफूसमक्ष पुनरावेदन गर्ने अनुमति दिएकोमा मात्र पुनरावेदन लाग्नेछ भन्ने व्यवस्था भएको र त्यस्तो पुनरावेदन गर्ने अनुमति पाई पुनरावेदन दिने व्यवस्थालाई निश्चित कानूनी उपचारको व्यवस्था भएको भन्न मिल्ने नदेखिने । (प्र.नं. १४)

नजिर सार पढ्नुहोस् →