नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1148 · वि.सं. २०३५

नि.नं. 1148 — उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा आदेश वा पुर्जी जारी पाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) भूमिसम्बन्धी ऐन, २०२१ को दफा १४ बमोजिम गरेको निर्णयउपर दफा १४ (२) ले तोकिएको अदालतमा पुनरावेदन लाग्ने देखिएको । (प्रकरण नं. १५) (२) पुनरावेदन गर्न अन्य उपचार छँदाछँदै सो मार्ग अवलम्वन नगरी दिएको रिट निवेदनमा नै नेपालको संविधानको धारा ७१ ले विवादास्पद हक भएको निवेदकलाई मद्दत गर्न नमिल्ने (प्र.नं. १५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1148
मुद्दाको विषयउत्प्रेषण वा अन्य उपयुक्त आज्ञा आदेश वा पुर्जी जारी पाउँ
निर्णय वर्ष / मिति2035/04/20
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री वासुदेव शर्मा | माननीय न्यायाधीश श्री ईश्वरीराज मिश्र | माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री हेरम्बराजको राय र कानूनको असंवैधानिकता र मौलिक हकको प्रचलनको प्रश्न उठाई परेको यो निवेदनपत्रको सम्बन्धमा पुनरावेदनको वैकल्पिक उपचार रिट अधिकारक्षेत्र ग्रहण गर्नको लागि बाधक हुँदैन भन्ने कुरा नेपालको संविधानको धारा ७१ को अध्ययनले नै प्रष्ट गर्दछ । भूमिप्रशासकले दफा १५ बमोजिम जग्गा प्राप्त गर्ने निर्णय गरेको र दफा १५ बमोजिम गरेको निर्णयउपर पुनरावेदन लाग्ने व्यवस्था भूमिसम्बन्धी ऐन | माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्यायको राय भई ०३४।३।३०।५ मा निर्णय भएको रहेछ । | माननीय न्यायाधीश श्री हेरम्बराजको राय र कानूनको असंवैधानिकता र मौलिक हक प्रचलनको प्रश्न उठाई परेको निवेदनपत्रको सम्बन्धमा पुनरावेदनको वैकल्पिक उपचार रिट अधिकारक्षेत्र ग्रहणको लागि वाधक हुँदैन । भूमिप्रशासकले दफा १५ बमोजिम विवादग्रस्त जग्गा प्राप्त गर्ने निर्णय गरेको र उक्त दफा १५ बमोजिम गरेको निर्णयउपर पुनरावेदन गर्ने व्यवस्था भूमिसम्बन्धी ऐन | माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्यायको राय भई मतैक्य हुन नसकी निर्णयार्थ पेश हुन आएको देखियो ।
उद्धरण सन्दर्भने.का.प. २०३५, नि.नं. 1148
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्