सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)

सर्वोच्च अदालतका ने.का.प. नजिर तथा सिद्धान्त सार सूची

निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।

कुल १०,५५३ नजिर अभिलेखमध्ये पृष्ठ ३५७ / ४४०

नि.नं. 1990वि.सं. २०४१पूर्ण इजलास

दर्ता बदर हक कायम

§ नापी भई प्रतिवादीले जग्गाधनी पूर्जा समेत प्राप्त गरिसकेपछि जग्गा मिच्नेको हदम्याद नघाई परेको वादीको फिराद खारेज गर्ने गरेको मनासिब हुने । (प्रकरण नं. १५)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1989वि.सं. २०४१पूर्ण इजलास

उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ

§ भन्सारबाट के कस्ता सूचना प्राप्त भएका छन् तथा प्रज्ञापनपत्रहरूबाट के कस्ता कुराहरू देखिएका छन् उक्त निर्णयमा खुल्दैन अधिक विजकीकरण तथा न्यून विजकीकरण गर्ने आम प्रचलन रहेको भन्नेसमेत आधारमा निवेदकले पनि त्यस्तैकिसिमको कार्य गर्‍यो भनी पूर्वधारणा बनाई अजमाइसी…

नजिर सार पढ्नुहोस् →
नि.नं. 1988वि.सं. २०४१पूर्ण इजलास

उत्प्रेषणको आदेश जारी गरिपाउँ

§ कित्ता नापीका अवस्थामा जो जस्तो स्थितिमा रहेको छ सो कायम राख्ने भनी मालपोत ऐन, २०३४ को दफा २४ को उपदफा २,३,४ बमोजिम मालपोत कार्यालयले गरेको निर्णयमा कुनै किसिमको कानूनी त्रुटि नदेखिने । (प्रकरण नं. ९)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1987वि.सं. २०४१पूर्ण इजलास

बाबु कायम गरी अंश दिलाई पाउँ

§ आमाको गर्भबाट बच्चा पैदा हुने हुँदा मातृत्व एउटा निश्चित तथ्यमा आधारित हुने कुरा हो तर पितृत्वको निर्धारण यस्तो वास्तविक तथ्यको आधारमा हुन सक्तैन । यो जहिले पनि अनुमानकै भरमा हुन्छ । (प्रकरण नं. १९)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1986वि.सं. २०४१पूर्ण इजलास

बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरिपाउँ

§ नेपाल नागरिकता ऐन, २०२० को दफा १५ अन्तर्गतको विवादको निरोपण निमित्त न्यायप्रशासन सुधार ऐन, २०३१ को दफा ९ आकर्षित हुने नै देखिने । (प्रकरण नं. १३)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1984वि.सं. २०४१संयुक्त इजलास

ज्यान

§ भात पका भन्दा नमानेकीले तत्काल उठेको रिस थाम्न नसकी मुड्कीले निजको मुख तथा छातीमा हिर्काउँदा मरेकी हो भनेको देखिँदा यस्तो अवस्थामा प्रहरी प्रतिवेदन दावी अनुसार प्रतिवादीलाई सजाय गर्नु न्यायोचित नदेखिने । (प्रकरण नं. १९)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1983वि.सं. २०४१संयुक्त इजलास

नक्सा बेगर ढोका गोठ बनाएको भत्काई पाउँ

§ नक्सा पास गर्नुपर्ने वा नपर्ने निष्कर्षमा पुग्नलाई सो बाटो सार्वजनिक हो होइन भन्ने निर्णय हुनु पर्ने अवस्था पर्छ अधिकार प्राप्त निकायबाट बाटो सार्वजनिक वा निजी के हो सो सम्बन्धमा निर्णय नभएको स्थितिमा उक्त बाटोलाई नगरपञ्चायतले आफैं सार्वजनिक मानी गोठ र गेट भ…

नजिर सार पढ्नुहोस् →
नि.नं. 1982वि.सं. २०४१संयुक्त इजलास

कर्तव्य ज्यान

§ मृतकलाई प्रतिवादीले कर्तव्य गरी मारी झुण्डाएको देखिँदा निजलाई ज्यानसम्बन्धीको १३(१) बमोजिम सर्वस्वसहित जन्मकैद गरेको निर्णय मनासिब ठहर्ने । (प्रकरण नं. २१)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1980वि.सं. २०४१संयुक्त इजलास

उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ

§ भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) बमोजिम साविक मोहीको शेषपछि मोही रोज्ने काम जग्गाधनीको हुने कुरा प्रष्ट छ । यस्तो अवस्थामा मोही नामसारी सम्बन्धी निर्णय गर्नु पूर्व जग्गाधनीलाई बुझी निर्णय गर्नुपर्ने । (प्रकरण नं. १०)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1978वि.सं. २०४१संयुक्त इजलास

उत्प्रेषणको आदेश जारी गरिपाउँ

§ हक बेहक उपस्थित भएको जग्गामा नक्सा पास हुने ठहर्‍याएको नगरपञ्चायतको निर्णयमा नगरपञ्चायत ऐन, २०१९ को दफा ४९(२) को त्रुटि देखिने । (प्रकरण नं. १०)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1977वि.सं. २०४१संयुक्त इजलास

उत्प्रेषणयुक्त परमादेश वा उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ

§ रकम र सरकारी ठेक्का बन्दोबस्त ऐन, २०२० को दफा ७ को उपदफा (१) मा दफा ५ अन्तर्गत प्रकाशित सूचना बमोजिमको रीत नपुगेको टेण्डर उपर ठेक्का दिने कुराका सम्बन्धमा विचार वा कारबाही गरिने छैन भन्ने उल्लेख भएको । (प्रकरण नं. १२)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1976वि.सं. २०४१संयुक्त इजलास

कर्तव्य ज्यान

§ सह–अभियुक्तले पोलेको कुरा अन्य सबूत प्रमाणबाट समर्थित नभएमा सह अभियुक्तको पोलाइलाई मात्र विश्वसनीय मान्न मिलेन । (प्रकरण नं. १८)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1975वि.सं. २०४१संयुक्त इजलास

ज्यान मारी लास दबायो

§ चस्मदिद गवाह तथा अधिकांश सरजमीनका व्यक्तिहरूले प्रतिवादी समेतले मारेको हो भनी देखाउन सकेको छैन यस्तो अवस्थामा शुरू जिल्ला अदालतले प्रतिवादीहरूलाई सफाई दिने ठहर्‍याएको ईन्साफ मनासिब छ । (प्रकरण नं. ७६)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1974वि.सं. २०४१संयुक्त इजलास

उत्प्रेषण मिश्रित परमादेश वा उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ

§ इजाजतपत्र नवीकरणको लागि रीतपूर्वक म्यादैभित्र दर्खास्त दिएकोमा इजाजतपत्र नवीकरण नगर्नु जस्ता काम कारबाहीलाई कानून तथा सूचनाको शर्त अनुरूप भन्न मिलेन । (प्रकरण नं. १३)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1972वि.सं. २०४१संयुक्त इजलास

उत्प्रेषणको आदेश जारी गरिपाउँ

§ भन्सार महसूल नलाग्ने निर्णय भई निकासी भइसकेको मालको भन्सार महसूल छूट भएको भनी सो रकम दिलाउन कुनै कानूनले अधिकार प्रदान गरेको नदेखिने । (प्रकरण नं. ६)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1971वि.सं. २०४१संयुक्त इजलास

कर्तव्य ज्यान

§ तपसील खण्डमा ऐन बमोजिम जन्मकैद मात्र लेखिनु पर्नेमा सर्वस्वसहित भन्ने शब्द ऐन विपरीतको बढी सजाय लेखिएकोले सो शब्दको हदसम्म पूर्वाञ्चल क्षेत्रीय अदालतले गरेको फैसला मिलेको देखिएन । (प्रकरण नं. २२)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1970वि.सं. २०४१संयुक्त इजलास

ज्यान मारी लाश वेपत्ता पार्यो.

§ अ.बं.को २९ नं. को देहाय २ को (१) मा ज्यानसम्बन्धीको महलले सजाय हुने मुद्दा अपराध भएको ईलाकाको अड्डाबाट हेर्नु पर्छ भन्ने उल्लेख भएको पाइने । अपराध गरेको इलाका नेपाल सरहद नभई भारतीय भूमि भन्ने हुँदा खारेज गर्ने गरेको पू.क्षे.अ.को ईन्साफ मिलेकै देखिने। (प्रकरण…

नजिर सार पढ्नुहोस् →
नि.नं. 1969वि.सं. २०४१संयुक्त इजलास

पद कायम

§ पुनरावदेनको अन्तिम टुंगो लागेको मितिदेखि नालेश गर्ने म्याद कायम गर्ने व्यवस्था ऐनमा भएको देखिँदैन । नालेश गर्नुपर्ने म्याद बर्खास्त भएको मितिबाट गणना गर्नुपर्ने । (प्रकरण नं. ९)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1968वि.सं. २०४१संयुक्त इजलास

जालसाज

§ जालसाजी नठहर्‍याइएको र लेनदेन व्यवहारको १० नं. अनुसार वादीको हक जति बदर हुने र थैली बढाए भनेतर्फ साक्षी प्रमाण समेतका अभावमा बढाएको नठहर्‍याई सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतले गरेको ईन्साफ मिलेकै देखिने । (प्रकरण नं. १२)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1967वि.सं. २०४१संयुक्त इजलास

लागु औषधी

§ प्रहरी उपरीक्षक कार्यालयले खानतलासीको कारबाही गर्दा आफ्नो अन्तर्गतका कुनै कार्यालयको कर्मचारीबाट गराउन पाउनेमा कुनै प्रतिवन्ध लागेको नदेखिने । (प्रकरण नं. १८)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1966वि.सं. २०४१संयुक्त इजलास

उत्प्रेषण

§ नियमले स्पष्ट व्यवस्था गरेको सजाय सम्बन्धी कार्यविधिको अनुशरण नगरी रिट निवेदकलाई बढुवा गर्ने गरेको सञ्चालक समितिको निर्णय र त्यस उपर परेको पुनरावेदन सुनी सोही निर्णयलाई सदर गरेको सञ्चालक समितिको निर्णय त्रुटिपूर्ण देखिने । (प्रकरण नं. १०)

नजिर सार पढ्नुहोस् →