सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)

सर्वोच्च अदालतका ने.का.प. नजिर तथा सिद्धान्त सार सूची

निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।

कुल १०,५५३ नजिर अभिलेखमध्ये पृष्ठ ३५६ / ४४०

नि.नं. 2014वि.सं. २०४१संयुक्त इजलास

उत्प्रेषण

§ रोपी काटी नोक्सान भएको विषयलाई लिई मुद्दा हेर्ने अधिकार गा.पं.ऐन, ०१८ को दफा ४१(१) को (ख) आलिधुरबारे र (ज) आफ्नो सन्धिसर्पनबारे भन्ने अधिकार क्षेत्र भित्र पर्न आउँछ भन्न नमिल्ने । (प्रकरण नं. ८)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2013वि.सं. २०४१संयुक्त इजलास

उत्प्रेषण

§ हक बेहकको प्रश्न उपस्थित भएकोमा विवादको जग्गा कुनै पक्षको नाममा दर्ता नगरी अदालतबाट हक गराई ल्याउनु भनी सुनाई दिनु पर्ने । (प्रकरण नं. १०)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2012वि.सं. २०४१संयुक्त इजलास

उत्प्रेषण लगायत अन्य आज्ञा, आदेश पूर्जि जारी गरिपाउँ

§ खरिदारले उठाएको टिप्पणीसम्म सदर गरी गरेको त्रुटिपूर्ण निर्णयलाई मनासिब ठहर्‍याएको मं.प.स.को निर्णय न्यायिक सिद्धान्तको अनुकूल मान्न मिलेन । (प्रकरण नं. १०)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2011वि.सं. २०४१संयुक्त इजलास

उत्प्रेषण

§ निवेदकले पेश गरेको कागजातबाट उक्त निर्णय र पत्र देखिन नआएकोले माग गरेको कुराको प्रमाण नै पेश गर्न नसकेको हुँदा निवेदकका माग बमोजिम आदेश गर्न मिल्दैन । (प्रकरण नं. ७)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2010वि.सं. २०४१संयुक्त इजलास

उत्प्रेषण

§ २ नं. अनुसूची प्रकाशित भएको रेकर्डबाट नदेखिएको भन्ने जवाफ प्राप्त भएको देखिँदा मोहियानीको प्रमाणपत्र दिने सम्मको निर्णय बदर हुने । (प्रकरण नं. ८)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2009वि.सं. २०४१संयुक्त इजलास

उत्प्रेषण

§ जो बुझ्नु पर्ने सबूत प्रमाण बुझी मात्र निष्कर्षमा पुग्नु पर्नेमा सो बमोजिम गरेको नदेखिनाले सो सम्बन्धमा सबै कुरा बुझी निर्णय गर्नु भनी परमादेशको आदेश समेत जारी हुने ठहर्छ । (प्रकरण नं. ९)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2008वि.सं. २०४१संयुक्त इजलास

कर्तव्य ज्यान

§ चस्मदिद गवाहको रूपमा प्रस्तुत बकपत्रमा भाग्दै गरेको भनी बकपत्र गरे पनि म मानसिक असन्तुलनमा रहेको छु भन्न सक्दिन भनेबाट निजको बकपत्रमा भर पर्ने आधार नभएको । (प्रकरण नं. १७)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2007वि.सं. २०४१संयुक्त इजलास

उत्प्रेषण

§ ट्रेडमार्क दर्ता गर्न नमिल्ने सूचना दिइसकेपछि मात्र प्रत्यर्थीको माग बमोजिम ट्रेडमार्क दर्ता हुनआएको देखिनाले निवेदकको माग बमोजिमको आदेश जारी गर्न मिलेन । (प्रकरण नं. ९)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2006वि.सं. २०४१संयुक्त इजलास

लिखत पास

§ अंशियारहरू नै लिखतमा मञ्जूरी साक्षी बसेको अंश मुद्दा पर्नुभन्दा अगाडिको लिखत भएको राजीनामामा लेखिएको सम्पूर्ण कित्ताहरू राजीनामामा दिने दाताको नाम दर्ता कायम देखिएबाट त्यस्तो अवस्थामा लिखत पास नहुने भन्ने अवस्था समेत देख्न आउँदैन स्वयं लिखित गरी दिएकोमा स्वी…

नजिर सार पढ्नुहोस् →
नि.नं. 2005वि.सं. २०४१संयुक्त इजलास

अंश

§ आ–आफ्नो नाममा सर्भे नापीमा दर्ता गरी तिरो भरो गरी भोगी आएको र आफ्नो नामको जग्गा साझा संस्थामा धितो बन्धक राखेको भन्ने समेत देखिन आएबाट व्यवहार प्रमाणबाट यी वादी प्रतिवादीहरू बीचमा अंशबण्डा भएको रहेनछ भनी सम्झन न्यायोचित भएन । (प्रकरण नं. १०)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2004वि.सं. २०४१संयुक्त इजलास

कर्तव्य ज्यान

§ पर्याप्त सबूत प्रमाणको अभावमा ज्यान जस्तो गम्भीर अपराधमा सजायको भागी बनाउनु न्यायोचित नहुने । (प्रकरण नं. १४)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2003वि.सं. २०४१संयुक्त इजलास

बन्दीप्रत्यक्षीकरण

§ विवाह भई पति भइसकेको भन्न नसकिने व्यक्तिलाई पति हुँ भनी निजको हकमा रिट निवेदन दिने रिट निवेदकलाई निर्विवाद हक भएको देखिन नआएकाले रिट निवेदन खारेज हुने । (प्रकरण नं. १०)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2002वि.सं. २०४१संयुक्त इजलास

उत्प्रेषणको आदेश जारी गरिपाउँ

§ अधिकार प्राप्त अधिकारीले अधिकार क्षेत्रभित्र रही कानूनबमोजिम गरेको मालपोत कार्यालय मोरङको निर्णय तथा सो निर्णयलाई सदर गरेको निर्णयलाई अन्यथा भन्न सकिने स्थिति नहुँदा रिट निवेदकको माग बमोजिमको आदेश जारी गर्न मिलेन । (प्रकरण नं. १०)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2001वि.सं. २०४१संयुक्त इजलास

अंश

§ अञ्चल अदालबाट हेरी निर्णय गर्नुपर्ने पुनरावेदन क्षेत्रीय अदालतबाट हेरी निर्णय गरेको अधिकार क्षेत्रात्मक त्रुटि भई मिलेको नदेखिँदा सो क्षेत्रीय अदालतले गरेको निर्णय बदर हुने । (प्रकरण नं. ११) पुनरावेदक वादीतर्फबा : विद्वान वरिष्ठ अधिवक्ता श्री कुञ्जबिहारीप्रस…

नजिर सार पढ्नुहोस् →
नि.नं. 2000वि.सं. २०४१संयुक्त इजलास

उत्प्रेषणको आदेश जारी गरिपाउँ

§ भोगबन्धकी थैलीमा निवेदकको के कति हक छ सो कुरा सबूत प्रमाणको आधारमा मात्र यकीन गर्न पर्ने हुन्छ । (प्रकरण नं. १२)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1999वि.सं. २०४१संयुक्त इजलास

उत्प्रेषणको आदेश जारी गरिपाउँ

§ निर्वाचन विशेष अदालतले सबूत प्रमाणको मूल्याङ्कन गरी गरेको निर्णयमा कुनै कानूनी त्रुटि भए गरेको नदेखिँदा रिट निवेदनपत्र खारेज हुने । (प्रकरण नं. ९)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1998वि.सं. २०४१संयुक्त इजलास

कीर्ते जालसाजी

§ राजीनामामा लागेको ल्याप्चे र अदालतबाट लिएको नमूना ल्याप्चेको जात फरक देखिँदा कीर्ते ठहर गरेको मनासिब ठहर्ने । (प्रकरण नं. १३)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1997वि.सं. २०४१संयुक्त इजलास

उत्प्रेषणको आदेश जारी गरिपाउँ

§ पदक प्राप्त गर्न आवश्यक योग्यता पुगेकाहरूलाई उक्त पदक शिक्षा मन्त्रालयबाटै दिने कुरा सर्वविदितै छ भन्नेसमेत त्रि.वि.वि.प.नि.का.जमल समेतको लिखितजवाफमा उल्लेख भएको देखिएकोले निवेदकबाट निवेदनपत्र लिई आवश्यक कारबाही गर्नु भनी शिक्षा तथा संस्कृति मन्त्रालय उच्च श…

नजिर सार पढ्नुहोस् →
नि.नं. 1996वि.सं. २०४१संयुक्त इजलास

उत्प्रेषणको आदेश जारी गरिपाउँ

§ मोही कट्टा भई ज.ध.कै मोही भइसकेको हुँदा एकपटक यस कार्यालयबाट निर्णय भइसकेपछि यही जग्गाको एउटा कारबाही भएकोले अ.बं.८५ नं. ले अर्को निर्णय दिन मिल्ने देखिँदैन । उजूरी तामेलीमा राख्नु भनी भू.सु.का.काठमाडौंले गरेको निर्णयमा कुनै कानूनी त्रुटि भए गरेको नदेखिँदा र…

नजिर सार पढ्नुहोस् →
नि.नं. 1995वि.सं. २०४१संयुक्त इजलास

लिखत पारित

§ लिखतको शिरमा लागेको ल्याप्चे तथा पुछारमा लागेको ल्याप्चे तथा हस्ताक्षर समेत नमिलेको कारणले वेरीतको लिखत देखिएकोले लिखत पास हुने स्थिति नदेखिएकोले वादीले दावी गरेको लिखत पास नहुने ठहर्‍याएको ईन्साफ मनासिब छ । (प्रकरण नं. १५)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1994वि.सं. २०४१संयुक्त इजलास

ज्यान

§ घाउ जाँच फाराममा घाउ चोटको उल्लेख भई धार नभएको चिज सम्भवत लाठीले हानिएको भन्ने समेत उल्लेख भएको देखिएबाट समेत प्रहरीमा भएको निजको साविती बयान समेत स्वेच्छाबाट भएको भन्ने स्थिति रहेन । (प्रकरण नं. १८)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1993वि.सं. २०४१संयुक्त इजलास

उत्प्रेषण लगायतको उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ

§ कबुलियत गरेको कुरा जग्गाधनीले इन्कार गर्दैमा सो इन्कारीकै भरमा निवेदकले जग्गा जोतेको छैन भनी निष्कर्षमा पुग्न मिल्ने देखिँदैन । (प्रकरण नं. १०)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1992वि.सं. २०४१संयुक्त इजलास

उत्प्रेषण लगायतको आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ

§ गाउँ पञ्चायतले विवादको जग्गा निवेदकले जोतेको छैन भनी लेख्दैमा सोही पत्रको आधारमा विवादको जग्गा निवेदकले जोतेको छैन भनी निष्कर्षमा पुग्न मिल्ने देखिँदैन । (प्रकरण नं. ९)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1991वि.सं. २०४१पूर्ण इजलास

उत्प्रेषणको आदेश वा पूर्जि जारी गरिपाउँ

§ अञ्चलाधीश कार्यालयको कोठाभित्र र कार्यालयको प्राङ्गणमा भएको कागजलाई अलग–अलग स्थितिमा राख्न मिल्ने नदेखिने । (प्रकरण नं. ११)

नजिर सार पढ्नुहोस् →