§ आमासँग अनुचित यौन सम्बन्ध राख्ने नियामतलाई मार्ने ईरादा पूरा गर्ने क्रममा अर्को अपराध समेत हुन गएको देखिएकोले यस्तो स्थितिमा सर्वस्वसहित जन्मकैदको सजाय गर्दा चर्को पर्न जाने भएकाले प्र.लाई १० वर्ष कैदको सजाय हुने ठहर्ने । (प्रकरण नं. १३)
§ पहिले सोही कार्यालयबाट निर्णय भइसकेको भन्ने सो निर्णय गरिएको मुद्दामा निवेदिकालाई जारी गरेको म्याद कानूनबमोजिम नभएको भनी अ.बं. २०८ नं. बमोजिम निवेदिकाको प्रतिवादी दर्ता गरेपछि पहिले निर्णय गरेको भए पनि उक्त अ.बं. २०८ नं. अनुसार सो मुद्दामा प्रतिवादी जिकिर सम…
§ धर्मपुत्रको लिखतसम्म पास भएको र धर्मपुत्रको महलको दफा १२ बमोजिम निवेदक एउटा छोरा मात्र देखिँदा उक्त लिए दिएको लिखत बदर भएको हुँदा त्यस्तो बदर लिखतबाट निवेदकको छोरा सरह हक पुग्न नसक्ने । (प्रकरण नं. ९)
§ कानूनबमोजिम परेको उजूरीमा दावी बमोजिम बाली भराई मोही निष्कासन हुने नहुने के हो ? त्यसको निर्णय गर्नुपर्ने हुन्छ । तर त्यसतर्फ सबूत प्रमाण बुझी निर्णय गरेको देखिँदैन । यसबाट प्रत्यर्थी भूमिसुधार कार्यालयले निर्णय गर्न इन्कार गरेको भन्नु पर्ने । (प्रकरण नं. ९)
§ रिसइवीको सबूत पनि दाखिल हुन नसकेकोले अ.बं. १८८ नं. बमोजिम सजाय घटाइएको छ । १० वर्षको कैदको सजायको लगत कायम गरी जन्म कैदको लगत कट्टी गरी दिने । (प्रकरण नं. ४०)
§ विवादको जग्गाको २ नं. अनुसूची लगत प्रकाशित नभएको प्रमाण लगाई भू.सु.का.सप्तरीले निर्णय गरेको देखिन्छ । अ.बं.१३९ नं. बमोजिम बुझी निर्णय गर्नुपर्नेमा सो नगरी गरेको निर्णय त्रुटिपूर्ण देखिने । (प्रकरण नं. ११)
§ बाबुको मृत्यु पछि भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१)को प्रकृया नअपनाई मोही कायम हुने गरी मुद्दा सकार गराई मोही बेदखली ठहर्याई गरेको निर्णय त्रुटि देखिने । (प्रकरण नं. ८)
§ दुवै तर्फका गुठियार धेरैजना भएकोले दुवै तर्फका थकालीका नाउँमा दर्ता प्रमाणित भएको श्रेस्तामा नाम थपी दिने गरी मालपोत कार्यालय काठमाडौंले गरेको निर्णयबाट निवेदकको हक हनन् भएको नदेखिने । (प्रकरण नं. ८)
§ भूमिसम्बन्धी ऐन, २०२१ को दफा ३६ को उपदफा २ को प्रतिबन्धात्मक वाक्यांशमा “तर आफूले बुझाउनु पर्ने कूतको सयकडा ९० प्रतिशत भन्दा कम हुने गरी धरौटी दाखिल गरेको देखिए मोहीले यस उपदफा बमोजिम कूत बुझाएको मानिने छैन” भन्ने समेत उल्लेख भएकोले निर्णय बदर हुने । (प्रकरण…
§ वादी प्रतिवादीमा उल्लिखित व्यक्तिलाई मात्र अड्डा अदालतले बुझ्न पर्ने । (प्रकरण नं. १२) § पति पत्नीको संयुक्त परिश्रमबाट कमाई आइरहेको जग्गामा पछि विपक्षीले कमाई आएकोले निजको नाउँमा मोहियानी प्रमाणपत्र दिएकोलाई भूमिसम्बन्धी ऐनको २५(१) को त्रुटि भयो भनेर भन्न स…
§ कानूनी मान्यता प्राप्त बकसपत्रमा उल्लेख भएको व्यहोराबाट उक्त सम्पत्ति पेवा भई स्त्री अंश धनको ४।५ नं. अनुसार आफूखुस गर्न पाउनेमा कुनै कानूनी अड्चन पर्न सक्ने अवस्था देखिन नआउने । (प्रकरण नं. १८) § शंकायुक्त स्थितिको कागज प्रतिवादीको विरूद्ध प्रमाण लाग्न सक्न…
§ अंश नभए पनि मानु छुट्टिई भिन्न बसेको वा खती उपती आफ्नो–आफ्नो गरी आफ्नो हिस्सा भाग मात्र राखी खान पिउन गरेकोमा एकै ठाउँमा भए पनि कुनै छुट्टी भिन्न भएको ठहर्दैन त्यस्तोमा कमाएको धन र लाएको ऋण आफ्नो–आफ्नो हुने । (प्रकरण नं. १३)
§ वाली बुझाएको रसिद भर्पाई समेत नहुँदा प्रकाशित अनुसूची २ को नाताबाट निवेदकको जग्गाको मोहियानी हकको प्रमाणपत्र गरी दिने ठहराएको भू.सु.का.सप्तरीको निर्णय त्रुटिपूर्ण देखिने । (प्रकरण नं. १०)
§ भु.सं.ऐन, २०२१ को दफा २५(२) अन्तर्गतको मोही हुनलाई सोही ऐनको दफा ३४(१) बमोजिम कबूलियत हुनु पर्ने र त्यस्तो कबूलियतको प्रतिलिपि स्थानीय पञ्चायतमा समेत दाखिल भएको हुनु पर्ने । (प्रकरण नं. ११)
§ तपसीलका साक्षीहरूमा भलादमी तीनजना र स्थानीय गाउँ पञ्चायतका सदस्य पनि बसी तामेल भएको देखिनाले म्याद अ.बं.११० नं. को रीतपूर्वक तामेल नभएको भन्न नमिल्ने । (प्रकरण नं. १०)
§ जवरजस्ती घर बनाएको भन्ने समेत सबूत प्रमाणबाट देखिन आएका आधारमा मुलुकी ऐन घर बनाउनेको ४ नं. अन्तर्गत घर भत्काई दिने ठहर्याई गरेको इन्साफ मनासिब ठहर्ने । (प्रकरण नं. १०)
§ डाँका मुद्दामा कैद वर्ष ६ र रू.१,४०७।३७ जरिवाना तथा सोही डाँका मुद्दामा बागमती विशेष अदालतबाट रु.४००। जरिवाना गर्ने गरी फैसला भएपछि सो कैद भुक्तान नहुँदै चोरी मुद्दामा काठमाडौं जिल्ला अदालतबाट भएको फैसलाका लगतहरू थपी जम्मा कैद १६ वर्ष ६ महीना कैदको लगत कसेको…