उत्प्रेषण
(१) पहाडी क्षेत्रका आवादी र वन जंगल छुट्याउने समिति, फायल कागजको अवलोकनबाट कुन कानुन अन्तर्गत गठन भएको हो देखिन नआएकोले उक्त समितिले गरेको निर्णय अनधिकृत हुँदा उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. ८)
नजिर सार पढ्नुहोस् →सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)
निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।
कुल १०,५५३ नजिर अभिलेखमध्ये पृष्ठ ३३२ / ४४०
(१) पहाडी क्षेत्रका आवादी र वन जंगल छुट्याउने समिति, फायल कागजको अवलोकनबाट कुन कानुन अन्तर्गत गठन भएको हो देखिन नआएकोले उक्त समितिले गरेको निर्णय अनधिकृत हुँदा उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. ८)
नजिर सार पढ्नुहोस् →(१) भूमिसम्बन्धी ऐन, २०२१ को दफा ७(१)(२) मा उल्लेख भए अनुसार कुनै व्यक्तिको जग्गावालाको हैसियतले २५ विगहा र घरबारीका निमित्त ३ विगहा सम्म राख्न पाउने । (प्रकरण नं. १०)
नजिर सार पढ्नुहोस् →(१) सफाई दिने मौका दिई निवेदकले दिएको स्पष्टीकरणबाट समेत सफाई पाउन सक्ने कानुनी आधारित सबूदका अभावमा कानुनको रीत पुर्याई पदबाट निष्कासन गर्ने गरी दिएको आदेशमा कुनै त्रुटि नभई गैरकानुनी नदेखिने । (प्रकरण नं. ७)
नजिर सार पढ्नुहोस् →(१) कसैले कसैलाई विपक्षी बनाई फिराद वा उजूर दिए जस्तो गरी समिति समक्ष निवेदन दिएको नभई आ–आफ्नो भएको प्रमाण देखाई निवेदन दिएकोले विषयवस्तुको रुपबाट कुनै व्यक्तिले अरु कुनै व्यक्तिउपर कुनै जग्गाको सम्बन्धमा मुद्दा दायर गरेको भन्न सकिने अवस्था छैन । (प्रकरण नं. १…
नजिर सार पढ्नुहोस् →(१) विवादास्पद भएको विषयमा सबूद प्रमाणको आधारमा के कति रकम रिट निवेदकले पाउने हो भनी रिट क्षेत्रबाट निर्णय गर्न नमिल्ने । (प्रकरण नं. ७)
नजिर सार पढ्नुहोस् →(१) निवेदक उपर लगाइएका आरोपहरू अन्य सबूदबाट समर्थित भएको पाइँदैन, यसबाट निर्णयमा उल्लिखित कारणहरूलाई उचित र पर्याप्त कारण भन्न सकिने अवस्था नदेखिने । (प्रकरण नं. १३) (२) स्पष्ट तथ्यमा आधारित नभई दिइएको कारणहरूलाई न्यायोचित कारण भन्न सकिने देखिँदैन । (प्रकरण नं…
नजिर सार पढ्नुहोस् →(१) कुनै जग्गाको दर्ता सम्बन्धी विवादमा हक बेहकको प्रश्न उठेमा उक्त जग्गा पजनीको १७ नं. अनुसार ऐनको म्यादभित्र अदालतमा नालेश गरी निर्णय गराउनु पर्ने । (प्रकरण नं. ९)
नजिर सार पढ्नुहोस् →(१) जग्गामा दुई पक्षको विवाद भएकोमा जग्गा नाप जाँच ऐन, २०१९ संशोधन सहितको दफा ६ को उपदफा (७) अनुसार अदालतबाट अन्तिम निर्णय भई नआए सम्मका लागि दुवै पक्षको प्रमाण बुझी जसको प्रमाण बलियो देखिन्छ उसको नाउँमा जग्गा अस्थायी दर्ता गर्नुपर्ने । (प्रकरण नं. ८)
नजिर सार पढ्नुहोस् →अधिकार विहिन प्रत्यर्थी महाप्रबन्धकद्वारा उठाइएको विभागीय कारवाही र लगाइएको आरोप र प्रस्तावित सजायँको सम्बन्धमा स्पष्टीकरण लिइएको आधारमा रिट निवेदकलाई घटुवा गर्ने गरेको प्रत्यर्थीको निर्णय तथा सो सदर गर्ने गरेको श्री ५ को सरकार कृषि मन्त्रालयको निर्णय समेत कृष…
नजिर सार पढ्नुहोस् →आफूलाई अधिकारक्षेत्र नै नभएको विषयमा प्रत्यर्थी रिट निवेदकलाई विवादीत घरबाट उठाई पाउँ भनी दिएको उजूरी लिई रिट निवेदकलाई झिकाई कारवाही गरी आफ्नो अधिकारक्षेत्र नाघी रिट निवेदकबाट प्रत्यर्थी जिल्ला कार्यालयले गराएको निवेदन जिकिर बमोजिमको कागज तथा तत्सम्बन्धी काम…
नजिर सार पढ्नुहोस् →मृत्यु भएको कारणबाट पद रिक्त हुन आएकोलाई बहाल टुटी पद रिक्त हुन आएको भन्न नमिल्ने । (प्रकरण नं. १८)
नजिर सार पढ्नुहोस् →महा–प्रबन्धकको हैसियतले संचालक समितिको निर्णयसम्म कार्यान्वयन गरेको छु । मैले आफैं निजलाई खारेज गरेको छैन भन्ने उल्लेख गरेको पाइन्छ । तर निज रिट निवेदकलाई दिएको पत्रमा संचालक समितिको निर्णय अनुसार खारेज गरिएको सूचना दिएको भन्ने नभई आफैंले खारेज गरेको भन्ने पत्…
नजिर सार पढ्नुहोस् →अनुशासनहीन कारवाई गर्ने कर्मचारीलाई सफा हात आएको भन्न कुनै अवस्था र हालतमा नसकिने । (प्रकरण नं. १४)
नजिर सार पढ्नुहोस् →आवश्यक सबूद प्रमाण बुझी सो को मूल्यांकन समेत गरी अधिकार प्राप्त अधिकारीले प्रचलित कानुनको परिधीभित्र रही गरेको निर्णयमा कुनै कानुनको त्रुटि भएको नहुँदा निवेदन जिकिर बमोजिम आदेश जारी गर्न नमिल्ने । (प्रकरण नं. १५)
नजिर सार पढ्नुहोस् →उद्योगले औ.व्य.ऐन, २०३८ अन्तर्गतको सुविधा उपयोग गरी आएको भन्ने देखिन आएकोले यस्तो अवस्थाको उद्योगलाई राजपत्रले अन्तःशुल्क सुविधाबाट वञ्चित गराएको छ भन्ने विपक्षीहरूको लिखिन जवाफको जिकिर कानुनसंगत देखिन नआउने । (प्रकरण नं. ७)
नजिर सार पढ्नुहोस् →गुठी संस्थान ऐन, २०३३ र गुठी संस्थान कार्यव्यवस्था विनियमहरूले निर्दिष्ट गरेको कानुनी कार्यविधीहरू अंगाली विवादित जग्गा छुट्याउने गरी प्रत्यर्थी गुठी तहसील कार्यालयबाट भएको निर्णयमा कुनै कानुनी त्रुटि विद्यमान नदेखिने । (प्रकरण नं. १०)
नजिर सार पढ्नुहोस् →कारवाही गरी बदर गर्नसक्ने कानुनी अधिकारको अभावमा भएको निर्णय त्रुटिपूर्ण हुने । (प्रकरण नं. १२)
नजिर सार पढ्नुहोस् →फोरेन्सीक रिपोर्ट अनुसार ब्लड ग्रुप मिल्दैमा पैत्रिकत्व प्रमाणित हुन सक्तैन । (प्रकरण नं. १६)
नजिर सार पढ्नुहोस् →कानुन बमोजिम पुरा गर्नु पर्ने प्रक्रिया पुरा नगरी गरेको निर्णय बदर हुने । (प्रकरण नं. ११)
नजिर सार पढ्नुहोस् →जन्म दिने आमालाई मात्र बच्चा जिउँदो वा मरेको कुन अवस्थामा जन्मेको थियो भन्ने कुरा थाहा हुने र मातृप्रेमको कोमल ह्दय हुने आमाले शिशुलाई कर्तव्य गरी मारिन् होला भनी कल्पना गर्नु पनि स्वाभाविक नहुने । (प्रकरण नं. २१)
नजिर सार पढ्नुहोस् →केवल अनुमानको भरमा निवेदकहरू थुनामै छन् भनी रिट निवेदकको माग अनुसारको बन्दी–प्रत्यक्षीकरणको आदेश जारी गर्नु न्यायोचित नहुने । (प्रकरण नं. ९)
नजिर सार पढ्नुहोस् →तत्काल उठेको रिसबाट मृतकलाई चोट पुर्याएकोले ज्यानसम्बन्धीको १३(३) नं.अनुसारको सजायँ गर्दा चर्को पर्न जाने हुँदा अ.बं.१८८ नं.बमोजिम प्रतिवादीलाई कैद वर्ष १० (दश) सजायँ हुने । (प्रकरण नं. ३८)
नजिर सार पढ्नुहोस् →बाबु बाजेका पालाको बण्डा गर्नु पर्ने अचल सम्पत्ति नभई अंश छुटिई भिन्न भिन्न बसी आफू आफूले अचल सम्पत्ति समेत आर्जन गरी बसेको देखिँदा वादी दावी पुग्न नसक्ने । (प्रकरण नं. १०)
नजिर सार पढ्नुहोस् →अधिकार प्राप्त अधिकारीले गरेको निर्णय त्रुटि नदेखिँदा रिट निवेदन खारेज हुने । (प्रकरण नं. १०)
नजिर सार पढ्नुहोस् →